प्रचण्डलाई आफ्नैको दबाब

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-१-३ गते | 372 पटक हेरिएको
प्रचण्डलाई आफ्नैको दबाब

काठमाडौं। भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन्। यसपटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सुकुटे पुगेका छन्।

पूर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले-माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ। एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्रका नेताको ‘दबाब’ तीव्र छ। एकीकरण हुँदा सैद्धान्तिक रूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष त छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठूलो दबाब नेता व्यवस्थापनमा परेको छ। उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफूलाई कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाब दिइरहेका छन्।

दाहाल आफैं पनि पार्टी एकतापछिको आफ्नो स्थान र भूमिकाबारे पिरलोमा रहेको उनीनिकट नेताहरूको भनाइ छ। ‘अध्यक्षज्यू रिफ्रेस हुन सुकुटे पुग्नुको खास कारण पनि यही हो’ दाहाल नजिकका एक नेताले भने, ‘पार्टी एकता नगर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट दिइएको दबाबका कारण धेरथोर तनाव होला तर यसलाई उहाँले इग्नोर गरिरहेजस्तो लाग्छ।’

एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित दुवै कार्यदलको सुझावका आधारमा वैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गरिएको थियो। तर, पार्टी नेताको व्यवस्थापनमा समस्या देखिएपछि दाहालले पछिल्लोपटक ‘बराबरी’ का आधारमा एकता गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।

 दुई दलबीच एकता गर्न बनेको कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समितिको प्रस्ताव गरेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार माओवादी केन्द्रको मात्र ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति, ३ सय ९९ सदस्यीय पोलिटब्युरो र ३४ सदस्यीय स्थायी समिति छ। पार्टी एकताका क्रममा माओवादी केन्द्रका अधिकांश नेताको तह ‘घटुवा’ हुने निश्चित भएपछि पार्टीभित्र उत्पन्न तरंगले अध्यक्ष दाहाल तनावमा छन्।

एमाले एक नेताका अनुसार पार्टी एकताका लागि एमालेतर्फ कुनै समस्या छैन। तर, दाहालले आन्तरिक व्यवस्थापन कसरी गर्छन् भन्नेमा ९ गतेको एकता घोषणामा भरपर्ने एमालेका ती नेताको भनाइ छ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणअगावै पार्टी एकताको कोसिस गरे पनि दाहालले आन्तरिक व्यवस्थापन गर्न नसक्दा त्यतिखेर एकता घोषणा नभएको एमाले नेताको भनाइ छ। ‘केन्द्रीय कमिटीमा सम्मानजनक व्यवस्थापन गर्ने नीतिगत निर्णय हुन्छ’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकता हुन्छ, आन्तरिक तयारी भइरहेका छन्।’

पार्टी एकीकरण प्रक्रिया संवादविहीन रहकै अवस्थामा दाहाल सिन्धुपाल्चोकको सुकुटे पुगे पनि एक÷दुई दिनभित्र एमाले अध्यक्ष ओली र दाहालबीच कुराकानी हुने नेताहरू बताउँछन्। पार्टी एकताका कारण उत्पन्न तनावबाट मुक्त हुन र थप गृहकार्य गर्न दाहाल सुकुटे पुगेको माओवादी केन्द्रका नेताको भनाइ छ। दाहालसँगै माओवादी केन्द्रका नेता अग्नि सापकोटा पनि सुकुटेमै छन्। सुकुटेमा दाहालले एकताबारे गृहकार्य गर्ने नेताहरूको बुझाइ छ। यसअघि दाहाल तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्ने बेलामा पनि सुकुटे गएका थिए।

पार्टी एकताको गृहकार्य गर्न बनेको कार्यदल र राजनीतिक प्रतिवेदन कार्यदलका प्रतिवेदन बुझ्ने क्रममा वैशाख ९ गते कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन एमाले माओवादी पार्टी एकता गर्ने घोषणा गरिएको थियो।

एमाले संसदीय दलका उपनेता एवं कार्यदलका नेता सुवास नेम्बाङले प्रधानमन्त्री ओलीको भारत भ्रमण र प्रधानमन्त्रीको रारा भ्रमणका कारण पार्टी एकता प्रक्रियामा केही ढिलोजस्तो देखिए पनि ओली र दाहालबीच केही दिनभित्रै बैठक बस्ने बताए।

‘आज-भोलिमै दुई नेता बस्नुहुन्छ। त्यसपछि एकता संयोजन समितिको बैठक बस्छ। पूर्वनिर्धारित वैशाख ९ गते नै पार्टी एकता घोषणा हुन्छ,’ नेम्बाङले भने।

पार्टी एकताबारे छलफल गर्न एमालेले यसै साता पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माओवादी नेता मणि थापाले भने वैशाख ९ गते नै एकता घोषणा गर्न आवश्यक गृहकार्य पूरा हुने सम्भावना नरहेको बताए।

ओली-दाहाल भेटका शृंखला

- चैत १२ गते :

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष एकीकृत पार्टीका कमिटीमा दुवै पक्षका बराबरी संख्याका नेता-कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव

- चैत १५ गते :

प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नै पार्टी एकता गर्ने प्रस्ताव प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीका कारण टरेको

- चैत २० गते :

एमाले-माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुने।

- चैत २१ गते :

एमाले-माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो।

- चैत २२ गते :

एमाले-माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकताको घोषणा गर्ने भएका छन्। बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए।

- वैशाख ३-४ गते वार्ता हुँदै

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष एकीकृत पार्टीका कमिटीमा दुवै पक्षका बराबरी संख्याका नेता-कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव

- चैत १५ गते :

प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नै पार्टी एकता गर्ने प्रस्ताव प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीका कारण टरेको

- चैत २० गते :

एमाले-माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुने।

- चैत २१ गते :

एमाले-माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो।

- चैत २२ गते :

एमाले-माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकताको घोषणा गर्ने भएका छन्। बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। (अन्नपूर्ण पोस्ट दैनिक)

- वैशाख ३-४ गते वार्ता हुँदै

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


अाेली र प्रचण्डबीच यस्ताे टकराब, पार्टी एकता नहुनुका चार कारण यी हुन्
अाेली र प्रचण्डबीच यस्ताे टकराब, पार्टी एकता नहुनुका चार कारण यी हुन्

  काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ। बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथ..

के कारणले चिप्लियो मालिन्दो विमान ?
के कारणले चिप्लियो मालिन्दो विमान ?

काठमाडौं। काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज बिहीबार राति अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घन्टा विमा..

बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै
बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै

काठमाडौं। स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेक..

हिन्दू धर्मावलम्बीलार्इ खुसीकाे खबर! बाइबल बाँड्ने आईएनजीओलाई देश निकाला
हिन्दू धर्मावलम्बीलार्इ खुसीकाे खबर! बाइबल बाँड्ने आईएनजीओलाई देश निकाला

 काठमाडौं : सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ।  विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा..