कांग्रेसको पराजयबारे रामचन्द्र पाडेलले खोले अहिलेसम्मकै ठूलो राज, ओली-प्रचण्डलाई चुनौती

नेपाल पाना प्रकाशित: २०७५-१-३ गते | 4650 पटक हेरिएको
कांग्रेसको पराजयबारे रामचन्द्र पाडेलले खोले अहिलेसम्मकै ठूलो राज, ओली-प्रचण्डलाई चुनौती

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईवटा कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक हुन थालेकाले दुईपार्टी मिलेर कम्युनिजम कस्तो हुन्छ भन्ने देखाउन चुनौती दिएका छन् ।

‘एमाले र माओवादी मिलेर कम्युनिज्म कस्तो हुन्छ भनेर देखाउनुस, मैले हेर्न चाहेको छु,’ पोखरामा सोमबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘कम्युनिष्ट लोकतन्त्रको भर्‍याङ चढेर सत्तामा पुग्छ, अनि माथि उक्लेपछि त्यही भर्‍याङ बिर्सन्छ। यस्तो चरित्र कम्युनिष्टले देखाउँछन् ।’

कम्युनिष्टले जहिलेपनि कर्मचारीतन्त्रलाई साथ लिएर विश्वका मजदुर एक होऔं भन्दै सत्तामा पुग्ने गरेको आरोप पौडेलले लगाए । ‘सधैं ट्रेड युनियनको आन्दोलको भरमा कम्यूनिष्ट सत्तामा पुग्ने गरेको छ,’ उनले भने, ‘अनि सत्तामा पुगेपछि त्यही ट्रेड युनियनलाई बिर्सन्छ ।’

उनले जनताको मन कब्जा गर्न नसक्दा तीनवटै निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको बताए । आन्तरिक रुपमा पार्टीभित्र मात्र वर्चस्व जमाएको, तर, जनताको मनमा वर्चस्व जमाउन कांग्रेस नेतृत्वले नसकेको उनले बताए । त्यसले गर्दा निर्वाचन परिणाम निराशाजनक आएको उनको भनाई थियो ।

आफ्नै पार्टीका केही नेताप्रति लक्षित गर्दै पौडेलले अरु ९एमाले र माओवादी० मिलेकोले हामी ९कांग्रेस० हार्‍यौं भन्न नहुने बताए। ‘अबपनि अरु दल मिलेर बलियो भएकोले हामी कमजोर बनेका हौ भनेर नभनौ,’ कांग्रेस निकटको नेपाल निजामति कर्मचारी युनियन (संघ) को सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले भने, ‘हामीले आम जनताको विश्वास जित्न नसकेको हारेका हौ भनेर स्वीकार्नुपर्छ ।’

‘कांग्रेसका नेताले पार्टी कब्जा गर्नुको साटो जनताको मन कब्जा गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो,’ उनले भने, ‘जनताको मन त कब्जा नै भएन।’ कांग्रेसले पञ्चायत, आतंकबाद, माओवादसँग लडेकोले यति बलियो पार्टीको विपक्षमा ५१ प्रतिशत भन्दा बढी जनता हुनु आश्चर्यजनक भएको पौडेलले बताए। ‘कांग्रेससँग कम्तिमा ७५ प्रतिशत जनता हुनुपर्ने हो । तर, अहिले हारेपछि अरु मिलेर आएकोले हामी हार्‍यौं भनेर पन्छिएका छौ,’ उनले भने, ‘अरु मिलेर आएपनि हामी सबै पहिल्यैदेखि एकैठाउँ हुँदा त कम्तिमा ७५ प्रतिशत जनता हाम्रो पक्षमा हुनुपर्ने हो । तर, हामीले जनताको मन जित्न नसकेकै हो ।’

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


कांग्रेस महामन्त्री कोइरालाले निकालेकाे प्रेस बक्तब्य पढेर अाेलीकाे उड्याे साताेपुत्लाे !!!
कांग्रेस महामन्त्री कोइरालाले निकालेकाे प्रेस बक्तब्य पढेर अाेलीकाे उड्याे साताेपुत्लाे !!!

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकार चरम अधिनायकवाद सर्वसत्तावादी क्रियाकलपा गरिरहेकाेले आन्दोलनको आहवान गर्दै प्रेस वक्तव्य जारी गरेका छन् ।कांग्रेसम..

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास
सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?
गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !
यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..