भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

नेपाल पाना प्रकाशित: २०७५-१-७ गते | 356910 पटक हेरिएको
भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मुलुकलाई ढाँटेको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतका दलहरूले चासोसमेत राखेका छैनन् ।

२०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको पालादेखि एमालेले उठाउँदै आएको १९५० को सन्धि संशोधनलाई गोलमोटल भाषामा आजसम्म भएका सम्पूर्ण सन्धि सम्झौता एकमुष्ट रिभ्यु गर्नेगरी थन्क्याइएको छ । गत शनिबार सम्पन्न ईपीजी बैठकको निर्णयपछि पदाधिकारीहरूको सकिनै लागेको कार्यकाल लम्बिएको छ भने कोसी हाइड्याम निर्माणमा भारतले प्रधानमन्त्री ओलीलाई सहमत गराएको छ ।

भारत भ्रमणबाट फर्केको पर्सिपल्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  आकस्मिक पत्रकार सम्मेलनको आयोजना ग¥यो । तर पत्रकार सम्मेलनको मुख्य एजेन्डा प्रधानमन्त्री ओलीको भारत भ्रमण थिएन । पत्रकार सम्मेलनको मुख्य एजेन्डा थियो– ‘एक साताअघि अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको श्वेतपत्र ।’ कांग्रेसले पत्रकार सम्मेलन गरेको भोलिपल्ट एक साक्षात्कार कार्यक्रममा सत्ताको नेतृत्व गरिरहेको पार्टी एमाले उपाध्यक्ष भीम रावलले भारत भ्रमणका क्रममा के के सहमति तथा सम्झौता भयो ? नेपालका तर्फबाट के के कुरा उठाइयो ? यथाशीघ्र प्रधानमन्त्रीज्यूले देशवासीसमक्ष जानकारी दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीको भारत भ्रमणका सन्दर्भमा चर्को असन्तुष्टि जाहेर गरेपछि एमाले उपाध्यक्ष रावलसँग केही संवाददाता र निकट कार्यकर्ताले अनौपचारिक जिज्ञासा राखेका थिए । अफ द रेकर्ड भन्दै उनले भने–‘उठाउनुपर्ने मुद्दा र गर्नुपर्ने सहमति भएन, नउठाउनुपर्ने मुद्दा र गर्नु नपर्ने सहमति भएको छ, यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही बोल्ला भन्ने ठानेको थिएँ, तर कांग्रेसको रहस्यमय मनौतापछि कुरा उठाउन बाध्य भएँ ।’

समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा गरेका सहमतिको विषयमा सत्तारुढ एमाले र माओवादी केन्द्रभित्रै चर्को असन्तुष्टि सुरु भएको छ ।

भारत भ्रमणका क्रममा जारी १२ बुँदे संयुक्त विज्ञप्तिमा जलमार्ग र रेलमार्ग  निर्माणबाहेक उल्लेखनीय कुराहरू केही पनि छैनन् । भारत भ्रमणमा जानुपूर्व संसद्लाई जानकारी गराउँदा नै प्रधानमन्त्री ओलीले– ‘नयाँ सम्झौता केही गर्दिनँ, पुराना सम्झौता कार्यान्वयन नै मुख्य एजेन्डा हुनेछ’ भनेका थिए । संयुक्त विज्ञप्ति पनि महाकाली पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विषयबाहेक प्रधानमन्त्री ओलीले सदनमा दिएको जानकारीभन्दा पृथक् छैन । तर गोप्य रूपमा धेरै नै गम्भीर सहमति भएको समाचार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा बोल्दै केही रहस्य प्रकट गरेका थिए ।

उनले भनेका थिए– ‘केही सहमतिहरू लिखित रूपमा आउन बाँकी छन्, तिनलाई उछाल्नु आवश्यक छैन ।’ लिखित रूपमा आउन बाँकी सहमतिहरू के के होलान् ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पहुँच अब सगरमाथादेखि सागरसम्म भन्नुको रहस्य के होला ? भन्ने ठूलो जिज्ञासा यतिबेला मुलुकको राजनीतिक तथा कूटनीतिक वृत्तमा उत्पन्न भएको छ ।

नेपालका तर्फबाट उठाउनै पर्ने कुन कुन विषय प्रधानमन्त्री ओलीले उठाएनन् ? भन्ने सन्दर्भमा एमाले उपाध्यक्ष रावलले महाकाली पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन, भारतीय बाँधका कारण नेपालको तराईको सीमावर्ती क्षेत्रमा देखिएको डुवानको समस्या र भारतले विराटनगरमा अनाधिकृत रूपमा सञ्चालनमा ल्याएको मुकामलगायतका मुद्दा नउठाएकोमा रोष प्रकट गरेका छन् । समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महाकाली पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र कोसी  तथा कर्णाली हाइड्याम्प परियोजना एउटै प्याकेजमा अघि बढाउने गम्भीर सम्झौता भारतसँग गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले ‘नेपालको पहुँच अब सगरमाथादेखि सागरसम्म’ भनेर अभिव्यक्ति दिनु र जलमार्गको कुरा संयुक्त विज्ञप्तिमा उल्लेख गर्नुको रहस्य यही हो ।

प्रधानमन्त्री ओलीले यसपटक भारतसँग नेपालको जलस्रोतको बारेमा जुन प्रकृतिको सम्झौता गरेर स्वदेश फर्के, त्यही प्रकृतिको सम्झौता यदि नेपाली कांग्रेसको प्रधानमन्त्रीले गरेको हुँदो हो त एयरपोर्टमा नओर्लँदै कम्युनिस्टहरूले सडकमा टायर बालिसकेका हुन्थे । मुलुकलाई अस्तव्यस्त बनाइसकेका हुन्थे ।

२०५० सालमा टनकपुर सम्झौता गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वदेश फर्केपछि जे हालत भएको थियो, त्यही हालत यतिबेला हुन्थ्यो ।

टनकपुर सम्झौताको विरुद्धमा कम्युनिस्टहरूले सडकमा आगो बालेपछि र सर्वोच्च अदालतले टनकपुर सम्झौता खारेज गरिदिएपछि मुलुकमा संसद् विघटन र मध्यावधि निवाचनको परिवेश तयार भयो । मध्यावधि निर्वाचनपछि बनेको एमालेको अल्पमतको सरकारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री माधवकुमार नेपालले टनकपुर मात्रै होइन, सिंगै महाकाली प्याकेजको सन्धि गर्ने सहमति भारतलाई दिए । महाकाली सन्धिको प्रारूप यही थियो ।

टनकपुरलाई पनि महाकालीको प्याकेजमै मिसाइयो । कम्युनिस्टमार्फत नेपालका नदीनाला कब्जामा जमाउन सजिलो हुने बुझाईमा भारत पुगेको त्यसैबेलादेखि हो ।

जसरी २०५२ सालमा अल्पमतको सरकार हुँदा एमालेले टनकपुरलाई महाकाली प्याकेजमा मिसाएको थियो, यतिबेला ओलीले कोसी र कर्णालीलाई पनि महाकाली प्याकेजमा मिसाएका छन् । कोसी, कर्णाली हाइड्याम्प र महाकाली पञ्चेश्वरलाई सँगसँगै अघि बढाउने भारतीय सर्त प्रधानमन्त्री ओलीले स्वीकारेका छन् । राणाकालदेखि नै भारत यो दाउमा थियो ।  यो  प्रस्ताव  नस्वीकारेका कारण नै छिट्टै राणा शासन ढलेको जानकारहरू बताउँछन् ।

बीपी कोइरालाको सरकार ढलेर २०१७ सालमा ‘कु’ हुनुको पछाडिको एउटा कारण पनि कोसी, कर्णाली हाइड्याम्प बनाउने भारतीय प्रस्ताव नै रहेको जानकारहरू बताउँछन् । पञ्चायती व्यवस्था लागू गरेपछि राजा महेन्द्रले कोसी बेसिनमा विकास निर्माणका आयोजना सञ्चालन नगर्ने भारतीय सर्त स्वीकार गरे पनि नदीलाई भने जोगाइराखेका थिए ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


कांग्रेस महामन्त्री कोइरालाले निकालेकाे प्रेस बक्तब्य पढेर अाेलीकाे उड्याे साताेपुत्लाे !!!
कांग्रेस महामन्त्री कोइरालाले निकालेकाे प्रेस बक्तब्य पढेर अाेलीकाे उड्याे साताेपुत्लाे !!!

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकार चरम अधिनायकवाद सर्वसत्तावादी क्रियाकलपा गरिरहेकाेले आन्दोलनको आहवान गर्दै प्रेस वक्तव्य जारी गरेका छन् ।कांग्रेसम..

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास
सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?
गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !
यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..