ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

नेपाल पाना प्रकाशित: २०७५-१-७ गते | 10336 पटक हेरिएको
ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूको मनमा चिसो पसेको छ ।

त्यति मात्रै होइन अर्को ठूलो कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि स्थापना दिवसका कार्यक्रममा गएनन् । प्रचण्डले पनि मधेसी दल राजपालाई कुनै महत्व नदिएको एकजना माओवादी नेताले बताएका छन् ।

काठमडौंको ज्ञानेश्वरस्थित एक पार्टी प्यालेसमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री ओली गएनन् । ओलीले आफू नगए पनि आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पठाइदिएका थिए । ओलीसहित सरकारका सबै मन्त्रीहरूलाई राजपाले निम्तो पठाएको थियो । तर, राजपाको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले खासै महत्व नदिएर मधेस र मधेसी जनताको मन फेरि एक पटक दुखाएको टिप्पणी कार्यक्रममा सहभागी कार्यकर्ताहरूले गरेका थिए ।

त्यति मात्रै होइन एमालेबाट कुनै पनि ठूला नेता शुभकामना दिन राजपाको कार्यक्रममा गएनन् । कार्यक्रम सम्पन्न हुनै लाग्दा एमालेका उपमहासचिव विष्णु पौडेल पुगेका थिए । एमाले र माओवादीका मन्त्रीका साथै नेताहरूले राजपालाई बहिष्कार गरेकोमा राजपाका केही नेताहरूले चिन्ता जनाएका छन् ।

ओली नेतृत्वको कम्युनिष्ट सरकार गठनका बेला राजपा नेपालले विनासर्त सरकारलाई समर्थन गरेको थियो । सरकार बनाउन संसदमा ओलीको पक्षमा मतदान गरेको थियो ।

यद्यपि, राजपा नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका थिए । 

देउवाले राजपाका नेताहरूसँग भेटेर स्थापना दिवसको शुभकामना दिनुका साथै केही राजनीतिक कुरा गरेका थिए ।

हुन त स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राजपाका अध्यक्ष महन्थ ठाकुर पनि अनुपस्थित थिए । उनी उपचारका क्रममा नयाँदिल्लीमा छन् । ठाकुर मात्रै होइन अर्का नेता महेन्द्र राय यादव पनि उपचारका क्रममा दिल्लीमा छन् । 

कार्यक्रममा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव तथा उनीहरूका पत्नी मञ्चमा आसिन थिए ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !
प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ । स्थानीय निर्वाचनमा बिबादित रहेको&n..

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !
बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !

काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् । स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्..

नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !
नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध..

जोशीको निर्णय रोक्न ओलीले समितिका सदस्यलार्इ नजरबन्द गर्दै गरे यस्तो ठुलो षड्यन्त्र
जोशीको निर्णय रोक्न ओलीले समितिका सदस्यलार्इ नजरबन्द गर्दै गरे यस्तो ठुलो षड्यन्त्र

काठमाँडौ । प्रधानमन्त्री केपी ओलीले सर्वसत्तावादी र अधिकनायकवादीको झल्को देखाउँदै संसदीय सुनवार्इ विशेष समितिका सदस्यहरुलार्इ नजरबन्द  गरेका छन्। स्रोतका अनुसार समितिक..