चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा

नेपाल पाना प्रकाशित: २०७५-१-९ गते | 1357 पटक हेरिएको
चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुटनीतिक अड्चन आइपरेको छ।

प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएपछि उनी दोधारमा परेका हुन्।

 परराष्ट्रमन्त्रालयका अनुसार मोदीको नेपाल भ्रमण वैशाख अन्तिम साता वा जेठ पहिलो साता गर्ने गरी तयारी थालिएको छ।  मन्त्रालयका सचिव शंकरदास बैरागीले मिति तय नभए पनि तयारी भने चलिरहेको बताए। 

तर, मोदीलाई नेपालमा स्वागत गर्ने कि पहिले चीन जाने भन्ने अन्योल रहेको छ।

भारतको संस्थापन पक्ष र प्रधानमन्त्री ओलीबीच रहेको शंका उपशंका मेटाउन पनि प्रधानमन्त्रीस्तरीय भ्रमण विगतकै योजनाको कार्यान्वयन रहेको बुझाइ केही विश्लेषकको छ। 

गत चैत तेस्रो साता भारतले तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री  ओलीले सवैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भुगोलले सानोठूूलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएको बताएका थिए।
 
तर, महिना दिन नबित्दै उक्त भनाईविपरितका कुटनीतिक व्यवहार देखिएको हो।


 


ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा
ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा

जुम्ला । संघीय सरकारले आवश्यक ऐन कानून नबनाउँदा प्रदेश सरकार अन्योलमा परेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् । संघमा रहेको प्रधानम..

चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते
चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते

चितवन – इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्..

दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू
दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू

काठमाडौं । विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दि..

सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..