नवराज सिलवाललाई जेल पठाउने एमालेको तयारी

नेपाल पाना प्रकाशित: २०७४-९-२२ गते | 20278 पटक हेरिएको
नवराज सिलवाललाई जेल पठाउने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले ललितपुर १ बाट निर्वाचित सांसद एवं पूर्व डीआईजी नवराज सिलवाललाई जेल पठाउने तयारी गरेको छ।

कम्युनिष्ट विश्लेषक एवं प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले यस्तो खुलासा गरेका हुन्। सांसद सिलवाललाई जेल पाठाएर सो क्षेत्रबाट वामदेव गौतमलाई जिताउने डिजाइन एमालेले बनाएको संग्रौलाको दाबी छ।

नेकपा एमालेप्रति कडा टिप्पणी गर्दै आएका संग्रौलाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘गुण्डा नाइके मनाङ्गेलाई माननीय भन्नुपर्ने, उता कमरेड किर्तेबहादुर राजधानीबाट बाहिरिए भन्ने सुनियो । हिजो ओलीले काँधमा बोक्या प्युसो आज किन फरार हुनुपर्ने अवस्था आयो ? कतै सिलवाललाई जेल पठाएर वामदेवलाई ललितपुरबाट जिताउने डिजाइन त होइन ? एमालेको राजनीति दैवले जानुन् ।’

प्रहरीले पक्राउ पुर्जी काटेपछि सिलवाल यतिबेला मलेसियामा छन् । सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी उनको घर पुगेको थियो। प्रहरी प्रमुख आफूलाई बनाउन भन्दै अदालतमा किर्ते कागज तयार गरेर अदालतमा पेश गरेको खुलासा भएसँगै प्रहरीले सिलवाललाई सरकारी कागज किर्ते गरेको मुद्दामा अनुसन्धान गर्न पक्राउ पुर्जी काटेको छ ।

किर्ते कागज गरेको पुष्टी भएपछि सिलवालको सांसद पद खारेज हुनेछ त्यो अवस्थामा उनेले जितेको क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसको लागि एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने एमालेभित्र चर्चा चलेको छ । गौतम बर्दियाबाट नेपाली काँग्रेस सञ्‍जय गौतमसँग पराजित भएका थिए ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..