अर्थमन्त्री खतिवडालाई मुलुककाे अर्थतन्त्र उकास्नाकाे लागि खुल्ला पत्र लेख्दै यी नेपाली नागरिकले दिए यस्तो सुझाब !

नेपाल पाना प्रकाशित: २०७५-१-१४ गते | 2204 पटक हेरिएको
अर्थमन्त्री खतिवडालाई मुलुककाे अर्थतन्त्र उकास्नाकाे लागि खुल्ला पत्र लेख्दै यी नेपाली नागरिकले दिए यस्तो सुझाब !

खुला पत्र


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफूलाई राष्ट्रवादी नेताको रुपमा चिनाउँदै आएका छन्। तर उहाँ सच्चिकै राष्ट्रवादी हुन कि राष्ट्रवादी नेताको खोल मात्र ओढेका हुन्। यदि उहाँ राष्ट्रवादी नेता हुनुहुन्छ भने किन भारतको पैसा नेपालमा चल्न दिइरहेका छन्। यदि भारतीय पैसा नेपाल चल्छ भने नेपाली पैसा पनि भारतमा चल्नु पर्ने हो तर त्यस्तो छैन।

यदि प्रधानमन्त्री ओली आफुलाई राष्ट्रवादी नेता भन्छन भने किन भारतको अर्थतन्त्रमा नेपालको अर्थतन्त्र टिकाएका छन्।भातरको अर्थतन्त्रमा गटबढ हुँदा नेपालको अर्थतन्त्रमा पनि गटबढ हुन्छ। यसको कारणको कि नेपाल भारतमा पर निरर्भर छ। यदि नेपाल भारतमा पर निर्भर छैन भने किन चीन लगायतका देशबाट आवश्यक पर्ने बस्तु मगाउन सक्दैन्। त्यसैले अब नेपालको पैसा डलर र युवानमा साट्नको लागि सरकारले दिर्घकालिन योजना बनाउनु पर्छ।

मुलुकको अर्थतन्त्र नाजुक अबस्थामा पुगेको दाबी सहित आर्थिक क्षेत्रको विद्वान् मानिने अर्थमन्त्री युवराज खतिवडाले श्वेत पत्र जारी गरेका छन् ।
किन नाजुक छ नेपालका अर्थतन्त्र ? के भारतसँग ब्यापार सम्बन्ध गाँसेकोले हो ? यदि हो भनेकसरी मुलुकको अर्थतन्त्र उकास्ना सकिन्छ त्यतातिर सोच्न अति आवश्यक छ।

त्यसैले ओली नेतृत्वको सरकारमा रहेका अर्थमन्त्री खतिवडाले अब मुलुकको अर्थतन्त्र उकास्नाको लागि नेपालको पैसा डलर र युवान सँगसाट्न सकिने गरी कदम चाल्नु पर्छ। तर अर्थमन्त्री खतिवडाले जारी गरेको श्वेत पत्र सरकारै अर्को निकाय तथ्यांक विभागले झूठ करार गरेको छ। अर्थमन्त्रीको तथ्यांकलाई चुनौती दिँदै विभागले सार्वजनिक गरेको आर्थिक अभिलेखले अर्थतन्त्रको आकार बढेको देखाएको छ। आर्थिक वृद्धि दर पनि करीब ६ प्रतिशत पुग्ने अनुमान गरेको छ।

यसमा कति सत्यता छ त्यो मलाई थाहा छैन तर राष्ट्रवादी नेताको पहिचान भनेको देश समृद्धि बनाउन लाई जस्तो सुकै कदम चाल्ने सक्ने हुनुपर्छ। त्यसैले अब नेपालको अर्थतन्त्र भारत सँग मात्र नजोडेर डलर र युवानसँग जोड्न सके राम्रो हुने थियो। त्यसैले अब अर्थमन्त्री खतिवडालाई मुलकलाई आर्थिक रुपले समृद्ध बनाउन भारत बाहेक अन्य देशको अर्थतन्त्रसँग तुलना गरेर नेपालको अर्थतन्त्रलाई अगाडी लिएर जानु पर्छ।

अर्थमन्त्री खतिवडाले गत चैत १६ गते श्वेतपत्र सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्र नाजकु अवस्थामा पुगेको जिकिर गरेका थिए। प्रतिपक्षी नेपाली कांग्रेसले भने वास्तविक आर्थिक स्थिति लुकाएर सरकारले श्वेत पत्रको नाममा ‘लालपत्र’ निकालेको आरोप लगाएको थियो।

नेपालीहरु भारतमा निर्वाध रुपमा आवतजावत गर्न पाउँछन तर चीनमा त्यति सजिलो तवर जान सक्दैनन्। यसको खास कारण हो की नेपाल भारत प्रति केही हद सम्म नरम भएर बसेको छ।

प्रधानमन्त्री ओली आफुलाई राष्ट्रवादी नेता भन्छन् तर नेपालको पैसा चीन र अमेरिका सँग साट्न सक्दैनन्।किन भारतमै साट्न पुग्छन् भन्नुको अर्थ नेपाललाई आवश्यक पर्ने अधिकाँस चिजबस्तु भारतबाटै नेपाल आउँछ ।अनि कसरी राष्ट्रवादी नेता भए किन नेपालको पैसा डलर र युवान सँग साट्न सक्दैनन्।

राष्ट्रवादी नेता जहिले पनि राष्ट्रको हित कसरी हुन्छ त्यतातिर धेरै सोच्ने गर्छ त्यसैले अबकाे याे अाेली नतृत्वकाे सरकाले नेपाली पैसा डलर र युवान सँग कसरी साट्न सकिन्छ र मुलुककाे अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ त्यतातिर विशेष रुपमा ध्यान दिएर अगाडी बढ्नु पर्छ।

नेपाली नागरिक

 

 


नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?
नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?

माननीय सांसद नवीना लामा ज्यू नमस्कार, कुशल रही कुशलताको कमना गर्दछु । तपाईंलाई सम्बोधन गरेर यो खुल्ला पत्र लेख्न धेरै दिनदेखि हिम्मत जुटाउन सकिरहेको थिएन तर आज हिम्मत..

प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।
प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।

आदरणीय प्रधानमन्त्री ज्यू, तपाईको जनकपुर आगमन र प्रदेश सभालाई सम्बोधन गर्ने खबर विभिन्न संचार माध्यमबाट अवगत भयो। प्रधानमन्त्रीको आगमन प्रदेशवासीको लागी हर्ष र उल्लासको विषय..

डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?
डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?

अादारणीय डा. गाेविन्द केसी ज्यू, डा. गाेविन्द केसी ज्यू तपाइकाे देशलार्इ अझैपनि खाँचाे रहेका छ। तपार्इ अगाडी अाएर देशमा रहेका बेथितिलार्इ ठिक पार्न सक्ने क्षमतावान हुनुहुन..

‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..