काँग्रेस नेता डा. शेखर कोइरालाको सनसनीपूर्ण लेख : ओली अधिनायकवादका नौ ढोका

डा. शेखर कोइराला प्रकाशित: २०७५-१-१६ गते | 3728 पटक हेरिएको
काँग्रेस नेता डा. शेखर कोइरालाको सनसनीपूर्ण लेख : ओली अधिनायकवादका नौ ढोका

प्रधानमन्त्री केपी ओली अधिनायकवादतिर अग्रसर हुनुहुन्छ भन्दा एकथरी साथीहरू राजनीतिक खपतका लागि होला भन्ने ठान्छन् । तर, यो विषय यति हलुका छैन । ओलीको कार्यशैली, वैचारिक आधार, व्यक्तित्व, पार्टीको पोजिसन र अन्तर्राष्ट्रिय परिस्थितिको मसिनो विश्लेषण गर्ने हो भने उहाँले कति तीव्र गतिमा अधिनायकवादका कति धेरै ढोका खोलिरहनुभएको छ भन्ने प्रस्ट हुन्छ ।

न्यायालयमाथि खुला दबाब

लोकतन्त्रमा अधिनायकवादको मुख्य बाधक न्यायपालिका हो । न्यायपालिका स्वतन्त्र हुँदासम्म सरकार स्वेच्छाचारी हुन सक्दैन । यही बुझेरै ओली र उहाँका मन्त्रीहरूले योजनाबद्ध रूपमा न्यायपालिकामाथि सार्वजनिक प्रहार गरिरहनुभएको छ । प्रधानमन्त्रीकै सल्लाह र निर्देशनमा न्यायालयलाई लोभ्याउने, तर्साउने र धम्क्याउने काम भइरहेको छ । अर्थमन्त्री, कानुनमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले प्रधानन्यायाधीश र न्यायाधीशहरूको बैठकै राखेर खुला तेजोवध गरेका समाचार लोकतन्त्रका लागि राम्रा लक्षण हुन् भनेर कसैले भन्न सक्दैन । यो अधिनायकवादकै प्रस्ट पूर्वाभ्यास हो ।

असीमित शक्तिको भोक

संसदीय प्रणाली आफैँ प्रधानमन्त्री सर्वेसर्वा हुने पद्धति हो । तर, त्यति अधिकारले प्रधानमन्त्री ओलीलाई पुगेन । उहाँले प्रधानमन्त्रीको अविशिष्ट अधिकारका रूपमा सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउने तयारी गरिरहनुभएको छ । ती निकाय जुनसुकै मन्त्रालयमा भए पनि प्रधानमन्त्रीको दृष्टिबाट कहिल्यै पर थिएनन् । तैपनि, ओलीले ती निकायलाई सीधै आफूमातहत ल्याउनुभयो । यो राष्ट्रपतीय प्रणालीकै पूर्वाभ्यास होइन भन्न सकिन्न ।

ओली अधिनायकवादतिर अग्रसर छन् भन्ने तथ्य जति छिटो बुझ्छौँ र प्रतिरोध गर्छौं, लोकतन्त्र त्यति नै छिटो सुरक्षित हुनेछ

अधिनायकवादको वैचारिक विरासत

वैचारिक रूपमा पनि ओलीलाई अधिनायकवादसँग स्वाभाविक प्रेम छ किनकि उहाँ कम्युनिस्ट हुनुहुन्छ । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनताका ओली र प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका पक्षमा दिएका अभिव्यक्तिलाई पनि यतिखेर गम्भीरतापूर्वक लिनुपर्छ । आजको विश्व परिस्थितिमा सीधै कम्युनिस्ट अधिनायकवादको घोषणा गर्न सक्ने सामथ्र्य उहाँहरूसँग छैन, तर हृदयले उहाँहरू सर्वसत्तावादी कम्युनिस्ट शासनकै पक्षधर हो । सर्वसत्तावादी वैचारिक बिरासतका कारण अधिनायकवादप्रति उहाँहरूको स्वाभाविक सम्मोहन छ ।

जनप्रदर्शनमाथि नियन्त्रण

कहिलेकाहीँ साना निर्णयमा पनि ठूलो नियत उदांगो हुन्छ । लामो समयदेखि जनताले विरोध प्रदर्शन गर्ने केही ठाउँमा ओली सरकारले लगाएको निषेधाज्ञालाई पनि त्यही रूपमा हेर्नुपर्छ । माइतीघर मण्डलाका विरोधसभाहरूले ओली सरकारको ‘आर्थिक क्रान्ति’लाई कहाँनेर समस्या प-यो ? मण्डलामा निषेधाज्ञा किन सरकारका लागि राष्ट्रिय महत्वको विषय भयो ? यसलाई सरकारको नियतसँग जोडेर हेर्नुपर्छ । यो जनताको प्रदर्शनलाई नियन्त्रण गर्ने अधिनायकवादी सोचको उपज हो ।

कमजोर प्रतिपक्ष

सत्ता अधिनायकवादी हुँदै जाँदा स्वाभाविक रूपमा प्रतिपक्षको भूमिका बढ्छ, तर प्रतिपक्षी नेपाली कांग्रेसको संघीय संसद्मा एकतिहाइ उपस्थिति पनि छैन । सातका सात प्रदेशमा ऊ सत्ताबाहिर छ र संख्यात्मक रूपमा कमजोर छ । त्यसमाथि कांग्रेस नेतृत्वसँग अधिनायकवादसँग सीधा लड्ने नैतिक पुँजीको अभाव देखिन्छ । गरिमा गुमाएको नेतृत्व र आफैँमा विभाजित कांग्रेस ओलीका लागि अहिले साह्रै ठूलो पुँजी भएको छ । कांग्रेस नेतृत्व त्यसै पनि संसद्मा हाबी हुने चरित्रको छैन, त्यसैले संसद्को मोर्चामा कांग्रेस सधैँ कमजोर नै छ । यसपटक त झन् संख्यात्मक रूपमा पनि कांग्रेसको अवस्था दयनीय छ ।

ओलीको कार्यशैली, वैचारिक आधार, व्यक्तित्व, पार्टीको पोजिसन र अन्तर्राष्ट्रिय परिस्थितिले अधिनायकवादका धेरै ढोका खोलिरहेको छ

बुद्धिजीवीमाथि खुला घृणा

प्रधानमन्त्रीले बौद्धिक समूहलाई पटक–पटक खुला अपमान गरिरहनुभएको छ । ‘यहाँका बुद्धिजीवी भनाउँदाहरू मुसाले कपडा काटेर दाँत तिखो बनाएजसरी सरकारको विरोध गर्न कलम तिखारेर बसिरहेका छन्’ भन्ने प्रधानमन्त्रीको भाषा आफैँ आपत्तिजनक छ । प्रधानमन्त्रीको यस्तो निम्नस्तरको प्रतिक्रिया निरंकुश सोचको परिणाम हो । अखबारहरूलाई पनि उहाँ ‘राम्रो लेख न’ भनिरहनुभएको छ । के लेख्ने, कस्तो लेख्ने भनेर बुद्धिजीवी र मिडियालाई निर्देशन दिने हक प्रधानमन्त्रीलाई छैन । अखबारमा आफ्नो आलोचना गर्ने लेखकलाई उहाँले सार्वजनिक रूपमै छ्यास्नुभयो । के यो अधिनायकवादी शैली होइन ?

पार्टी र गठबन्धनमा एकल वर्चस्व

प्रधानमन्त्री ओली एमालेका अध्यक्ष मात्रै हुनुुहुन्न, एकल सर्वेसर्वा हुनुहुन्छ । माधवकुमार नेपाल, झलनाथ खनाल र अरू कोही नेता उहाँसँग तर्क गर्ने हैसियतमा देखिनुहुन्न । ओली आज एमालेको अध्यक्ष होइन, अधिनायक नै हुनुभएको छ । र, यसले सत्तामा पनि उहाँको सोच, कार्यशैली र व्यवहार प्रभावित भएको छ । पार्टीभित्र मात्र होइन, वाम गठबन्धनमै पनि उहाँको हैसियत अधिनायकसरह भएको छ । कम्तीमा माओवादी अध्यक्ष प्रचण्डले ओलीको वेगलाई सीमित गर्नुहोला भन्ने मलाई लागेको थियो, तर ओलीले प्रचण्डकै पनि उपेक्षा गरिरहनुभएको देखिन्छ । पार्टीभित्र त उहाँको शैली निरंकुश छँदै थियो, सरकारमा पनि त्यही देखिएको छ ।

स्वभावको अधिनायकवाद

व्यक्तित्व धेरै कुरामा निर्णायक हुन्छ । पछिल्लो समयमा ओलीको व्यक्तित्व जसरी निर्माण गरिँदै छ, त्यो पनि चिन्ताजनक छ । ओलीलाई प्रश्नभन्दा माथि राख्न खोजि“दै छ । पार्टीका कुनै नेताले ओलीमाथि प्रश्न गर्न सक्ने परिस्थिति छैन । फेरि ओली सार्वजनिक अभिव्यक्तिमा पनि अत्यन्त रुखो र अमर्यादित हुनुहुन्छ । मधेस आन्दोलनताकाका उहा“का अभिव्यक्ति सम्झौँ । पार्टीभित्र होस् वा बाहिर, उहाँको स्वभाव निषेध गरेर र पेलेर जाने खालको छ । स्वभावले नै उहाँ अधिनायकवादी हुनुहुन्छ ।

अधिनायकहरूका हातमा विश्व

अहिलेको विश्व परिस्थितिले पनि ओलीलाई हौस्याएको हुनुपर्छ । यतिखेर संसार नेताहरूले होइन, अधिनायकहरूले हाँकेका छन् । चीन, भारत, टर्की, रुस, फिलिपिन्स र अमेरिकामा समेत त्यही देखिन्छ । अमेरिकामा ट्रम्प राष्ट्रवादको आवरणमा अधिनायकवाद स्थापित गर्ने होड चलेको छ । ओली आफूले अधिनायकवाद लाद्ने इच्छा देखाइरहनुभएको छ । परिस्थिति पनि त्यहीअनुसारको बन्दै गएको देखिन्छ । अहिले विश्वको परिस्थिति पनि त्यस्तै बन्दै गएको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, चीनमा सी जिनपिन, फिलिपिन्समा रोड्रिगो दुतेर्ते, टर्कीमा राष्ट्रपति यर्डोगान र रुसमा पुटिन अहिले आफ्नै पार्टीभन्दा बलिया भएका छन् । ओली पनि राष्ट्रवाद र लोकप्रियतावादको घोडा चढेर अधिनायकवादमा पुग्ने कोसिसमा हुनुहुन्छ ।

हामी नेपाली विभिन्न संकेतलाई वेलैमा बुझ्दैनौँ र पछि पछुताउँछौँ । ओली सरकार अधिनायकवादतिर अग्रसर छ भन्ने तथ्य हामी जति छिटो बुझ्छौँ र प्रतिरोध गर्छौं, लोकतन्त्र त्यति नै छिटो सुरक्षित हुनेछ ।

(डा. कोइराला कांग्रेस केन्द्रीय सदस्य हुन् ।)

यो  लेख हामीले आजको नयाँ पत्रिकाबाट साभार गरेका छौ  

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्..

ओलीको ईच्छा, मोदीको दिक्षा
ओलीको ईच्छा, मोदीको दिक्षा

दुई दिने राजकिय भ्रमणको सिलसिलामा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालमा छन । सन २०१४ मा प्रधानमन्त्रिमा निर्वाचित भए यता भारतिय प्रधानमन्त्रि मोदिको यो तेश्रो नेपाल भ्रमण..

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र
प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र

काठमाडौं ।  विगत ३० वर्षदेखि भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरु तथा स्थानीय भूटानी आदिवासीहरुको निर्वासन, मानवअधिकार तथा भुटान फिर्ति अभियानका अभियन्ता रिजालले भारत..

अर्थमन्त्री खतिवडालाई मुलुककाे अर्थतन्त्र उकास्नाकाे लागि खुल्ला पत्र लेख्दै यी नेपाली नागरिकले दिए यस्तो सुझाब !
अर्थमन्त्री खतिवडालाई मुलुककाे अर्थतन्त्र उकास्नाकाे लागि खुल्ला पत्र लेख्दै यी नेपाली नागरिकले दिए यस्तो सुझाब !

खुला पत्र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफूलाई राष्ट्रवादी नेताको रुपमा चिनाउँदै आएका छन्। तर उहाँ सच्चिकै राष्ट्रवादी हुन कि राष्ट्रवादी नेताको खोल मा..