पार्टी एकीकरण भाँड्ने गरेर एमालेको नयाँ प्रस्ताव, जिल्लिए ‘प्रचण्ड’

नेपाल पाना प्रकाशित: २०७४-९-२३ गते | 14780 पटक हेरिएको
पार्टी एकीकरण भाँड्ने गरेर एमालेको नयाँ प्रस्ताव, जिल्लिए ‘प्रचण्ड’

काठमाडौं । चुनावी नतिजाले नयाँ सरकार गठनमा ढिलाइ भएपछि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू पार्टी एकताको मोडालिटी निर्माणमा लागेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनअनुसार दुवै नेतानिकट रहेका केही युवा नेताले पार्टी एकताको मोडालिटी अन्तिम चरणमा पु¥याएका हुन् । चुनावी तालमेलअघि अति गोप्य राखेर अन्तिम निर्णयमा पु¥याएका ओली र दाहालले आफुनिकट नेतालाईसमेत कुनै जानकारी नदिई एकता मोडालिटी बनाउने जिम्मा दिएको र त्यसैअनुसार काम भइरहेको स्रोतले बतायो । एमाले र माओवादी भित्रका कतिपय जिम्मेवार नेतासमेत एकता हुँदा आफ्नो मन्त्री पद र पार्टीमा प्राप्त पद गुम्ने त्रासमा विपक्षमा लागेको तथ्य फेला परेपछि ओली र दाहाल दुवैले एकता पछिको राजनीतिक कार्य्दिशा, सिद्धान्त, सांगठानिक संरचना र नेतृत्वको विषयमा गोप्यता कायम गर्दै गृहकार्य अघि बढाएको स्रोतको भनाइ छ ।

चुनावमा जनताले आफूहरूले अघि सारेको स्थिर सरकार र समृद्धिको मुद्दालाई अनुमोदन गरेको र चुनावअघि नै ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको कारण पार्टी एकता गर्दा प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलका नेता ओली नै रहने विषयमा लगभग सहमति जुटेको छ । स्रोतका अनुसार एकीकरण गर्दा एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने, अध्यक्ष र कार्यवाहक अध्यक्ष रहने वा सहअध्यक्षको व्यवस्था गरी पार्टी सञ्चालनको जिम्मा दिने गरी एकताको मोडालिटी लगभग टुंगिएको छ ।

यो मोडालिटीमा माओवादी अध्यक्ष दाहाल सहमत रहेको ती नेताले बताएकाछन् । त्यसै आधारमा दाहालले केही दिनअघि अध्यक्षविना एकता नहुने भन्ने अडानमा माओवादी नरहेको भनाइ सार्वजनिक गरेको दाहालनिकट एक नेताले बताए । ‘प्रचण्ड स्वयंले चुनावअघि नै प्रधानमन्त्रीमा ओलीको नाम घोषणा गरेको र आमजनताले भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई हेरेकोले उहाँलाई नै संसदीय दलको नेतासहित एकता महाधिवेशनसम्म एकीकृत पार्टीको अध्यक्ष कायम राखेर घोषणापत्रअनुसार स्थिर सरकार निर्माण गरी समृद्धितर्फ जाने गरी दुवै नेताले एकता मोडालिटीमा लगभग टुंगो लगाउने अवस्थामा पुर्याउनुभएको छ,’ प्रचण्डनिकट माओवादी केन्द्रका एक नेताले भने, ‘बाहिर आएजस्तो एकतामा पदीय बाँडफाँट बाधक भन्ने होइन, प्रचण्डले नै ओलीलाई यो प्रस्ताव गर्नुभएको हो, कसैले खेलेर पनि दुई नेताबीच दुरी बढाउन सक्ने अवस्था छैन ।’

स्रोतका अनुसार अब हुने वान टु वान वार्तामा ओली र दाहालले यो मोडालिटीलाई अन्तिम रूप दिनेछन् । ‘स्थिर सरकारमार्फत समृद्धिको जनचाहना पूरा गर्न पार्टी एकतापछि केपी ओली नै अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री बन्ने, प्रचण्ड कार्यवाहक अध्यक्ष वा सहअध्यक्षमा रहेर सरकारमा रहँदासम्म पार्टी हेर्ने र एकता महाधिवेशनपछि अध्यक्षको जिम्मेवारी लिने वा एकतासँगै संक्रमणकालीन व्यवस्थाअनुसार दुवै जना अध्यक्ष रहने गरी मोडालिटी करिब तयार भएको छ, यसैमा सहमति हुन्छ भन्ने दुवै दलका नेताको बुझाइ छ, यद्यपि, दुई नेताले योभन्दा फरक निर्णय लिएमा पनि कसैको विमति रहन्न,’ एकताका लागि दबाब दिँदै आएका माओवादी केन्द्रका एक नेताले भने । उनका अनुसार अहिले दुई नेताले विशेष सतर्कता अपनाएका कारण दुवै पार्टीमा रहेका एकताविरोधीहरू कसरी भाँड्न सकिन्छ भन्दै लागेका छन् । यही योजनाअनुसार विभिन्न प्रस्ताव अघिसार्ने गरेको र दुई नेताबीचसमेत फुट पार्न चाहिरहेको उनको बुझाइ छ ।

एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले यसअघि नै एकता गर्दा दुवै जना अध्यक्ष रहने र महाधिवेशनपछि एक जनाले नेतृत्व लिने प्रस्ताव राखिसकेका छन् । घोषणापत्र कार्यान्वयन गर्दै जनतामा पलाएको सपना पूरा गर्ने गरी सरकार गठनका लागि ओलीलाई अध्यक्षसहित दलको नेता र प्रधानमन्त्री बनाउने विषयमा दोस्रो तहका नेताहरुले बहस गरिरहेका छन् । स्रोतका अनुसार ओली र दाहाल भने एकतापछि आफ्नो स्थान सुरक्षित हुनुपर्ने भन्दै दुवैतर्फ भइरहेको चलखेलप्रति पछिल्लो दिन निकै सचेत बनेका छन् । ‘एमालेमा बढी चलखेल भयो, एकताका लागि योजना बनाउने र हदैसम्मको लचकता देखाउने ओलीलाई नै देखाएर भाँडिएको सन्देश दिने भित्री योजनाबारे दुवै नेता जानकार छन्, विशेषत प्रचण्ड बढी सतर्क बन्नुभएको छ,’ ती नेताले भने । ‘केपी ओली अध्यक्ष रहँदासम्म पार्टी एकता गर्नुहुन्न भन्ने प्रस्ताव एमालेका केही नेताले राखेकै हुन्, त्यसलाई चिर्दै दुई नेताले पार्टी एकताको घोषणासहित चुनावी तालमेल गर्नुभएको हो, अहिले एकता भाँडियोस् भनेर हिजो ओली नेतृत्वमा रहँदासम्म गर्नुहुन्न भन्ने नेताहरू लागेको देखिन्छ भन्ने निष्कर्ष हामीलाई प्रचण्डले सुनाउनुभएको छ,’ दाहालनिकट अर्का नेताले भने । ती नेताका अनुसार एमाले भित्रका एकताविरोधीहरू ओलीलाई कमजोर पार्न अहिले माओवादीसँग खेल्ने काम गरिरहेका छन् । ‘जसले एकताको इनिसियसन लियो, उसैलाई कमजोर पार्न चलखेल भएको देखिन्छ, यसलाई ओली र प्रचण्ड दुवै कमरेडले बुझ्नुभएको छ,’ उनले भने । स्रोतका अनुसार केही समययता ओली–दाहालबीच भेटघाट नभए पनि निरन्तर फोन सम्पर्कमा रही मोडालिटीबारे छलफल भइरहेको छ ।

दुवै नेता सहमति गरेर जानकारी दिने योजनामा रहेको उनले बताए । दुवै नेताले एमाले र माओवादीमा रहेका वरिष्ठ नेताहरूको भूमिका कसरी व्यवस्थापन गर्ने भन्नेबारेसमेत छलफल अन्तिम निष्कर्ष्तिर पु¥याएका छन् । सबै नेतालाई सम्मानजनक भूमिका दिने गरी गृहकार्य गर्नुभएको छ, समृद्धिको नेतृत्वदायी भूमिकामा पहिलो पुस्ताका सबैको योगदान रहने गरी छलफल चलेको हो,’ उनले भने ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..