आर्थिक समृद्धिलाई बल पुर्याउने गरी बजेट बनाउन सुझाव

रासस प्रकाशित: २०७५-१-२४ गते | 1852 पटक हेरिएको
आर्थिक समृद्धिलाई बल पुर्याउने गरी बजेट बनाउन सुझाव

काठमाडौँ । मितव्ययितासहितको द्रुत आर्थिक वृद्धि गर्ने गरी आगामी आर्थिक वर्ष २०७५र/०७६ को बजेट तयार गर्न सरकारलाई सुझाव दिइएको छ ।

नेपाल राष्ट्र बैंकले आज यहाँ आयोजना गरेको पूर्वबजेटकालीन अन्तक्र्रियामा सहभागीले देश संघीय शासन प्रणालीमा अगाडि बढेको र जनतामा आर्थिक समृद्धिको उत्कृट चाहना भएकाले त्यसलाई सम्बोधन गर्ने गरी बजेट तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले संघीयता कार्यान्वयनका लागि रु तीनदेखि पाँच खर्ब दायित्व थपिएको, त्यसका लागि राजश्व संकलन र दातृ निकायसँग ऋण तथा सहुलियत लिएर स्रोत जुटाउनुपर्ने अवस्था रहेको बताउँदै आगामी आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्वले आर्थिक वृद्धिदरलाई सघाउनेमा हामी आशावादी छौँ ।”

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान वृद्धि गर्नका लागि यस क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै अस्थिर बैंक व्याजदरका कारण वैदेशिक लगानी ल्याउन कठिनाइ भएकाले त्यस्ता विषयलाई सम्बोधन गर्ने गरी र पूर्वाधार निर्माणमा बजेट केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले सहकारीलाई वित्तीय र गैरवित्तीय क्षेत्र छुट्याउने र त्यसलाई फरक फरक निकायले नियमन गर्नुपर्ने धारणा राख्नुपर्ने बताउनुभयो ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले पारिवारिक पूँजीबाट सञ्चालित साना उद्योगलाई बैंकले ऋण दिनुपर्ने व्यवस्था बजेटले ल्याउनुपर्ने र उद्योगलाई धितो मान्नुपर्नेमा जोड दिनुभयो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंल सबै क्षेत्रका बीमालाई एकीकृत नेतृत्वमा ल्याउनुपर्ने विषयलाई बजेटमा समावेश गराउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र चेम्बर्स अफ कमर्शका तर्फबाट व्यवसायी इच्छाराज तमाङले तरलता व्यवस्थापन तथा कर्जा सुरक्षण नीतिलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्र बैंकले सात वटै प्रदेशमा अन्तक्र्रिया गरेर आएका सुझाव समेटेर अर्थ मन्त्रालयलाई बुझाउनेछ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


१ सय दिनको रोजगारका लागि अर्बाै रकम बिनियोजन, कसले पाउँछ यस्ताे राेजगारी?
१ सय दिनको रोजगारका लागि अर्बाै रकम बिनियोजन, कसले पाउँछ यस्ताे राेजगारी?

काठमाडौं । बेरोजगारलाई सय दिनको रोजगारी दिन सरकारले तीन अर्ब बढी रकम छुट्याएको छ। सरकारले एक सय दिनको रोजगारीको ग्यारेन्टी गरे लगत्तै उक्त रकम छुट्याएको हो। परिवारका कुनैपन..

हिमालयन बैंकमाथि तीन अर्व हिनामिना गरेको आरोप
हिमालयन बैंकमाथि तीन अर्व हिनामिना गरेको आरोप

काठमाडौं। म्याक्स मनि एस.डी.एच.डिले हिमालयन बैंकका बिरुद्धमा तीन अर्व रुपैया बिगो दाबी गरेको छ ।  रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस.डी.एच.डिका लगानीकर्ता अब्दा हमिदल..

खोटाङमा एडिबी सहयोग
खोटाङमा एडिबी सहयोग

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि एशियाली विकास बैंक ९एडिबी० ले सहयोग गर्ने भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास वि..

राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु
राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु

भद्रपुर । राष्ट्रिय वाणिज्य बंैक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बंैकिङ कार्य सरल र..