पूर्वअधिराजकुमारीलाई अाइलाग्याे अापत, ३५ दिने “अल्टिमेटम” !

पत्रपत्रिका प्रकाशित: २०७५-१-२५ गते | 5081 पटक हेरिएको
पूर्वअधिराजकुमारीलाई अाइलाग्याे अापत, ३५ दिने “अल्टिमेटम” !

काठमाडाैं।सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको हो।

सिंहले सर्वोच्चमा दायर गरेको पुनरवलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र ‘विजया घर’ नेपाल ट्रस्टको नाममा राखिनु संवैधानिक रहेको फैसला गरेको थियो। फैसला भएको एक वर्ष वितिसक्दा समेत घरजग्गा खाली नभएपछि नेपाल ट्रस्टले सिंहलाई घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेट दिएको हो।

प्रेरणा राज्यलक्ष्मी सिंहलाई घर जग्गा खाली गराइदिन काटिएको पत्रमा भनिएको छ– नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मार्गस्थित नक्सा नं. ११०३–१२, कित्ता नं. २५ क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्ग मिटर (१५ रोपनी)को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनुभएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रस्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको उत्प्रेषणको मागदाबीसमेत पुनरवलोकन हुँदा माग दाबी नपुगी ट्रस्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसलाअनुसार उक्त पत्र काटिएको उल्लेख छ।

ट्रस्टको कार्यालयले आइतबार काटेको पत्रमा पत्र प्राप्त भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरूपले खाली गराउन आग्रह गरेको छ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ । 


कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च
कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार मूल्यबृद्धि नियन्त्रणमा असफल भएपछि बजारमूल्य आकाशिँदै भइरहेको छ । दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामा..

ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने
ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने

काठमाडौं  । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरिरहेका कारण प्रदेश सरकारहरू संघीय सरकारलाई बाइपास गर्दै अगाडि बढ्न थाल..

यसरी मनाउँदैछन शीर्ष नेताले दशै
यसरी मनाउँदैछन शीर्ष नेताले दशै

काठमाडौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानम..

ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा
ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकसँग कुटनीतिक सम्बन्ध सुमधुर गर्नमा पनि असफल भएको छ । कुटनीतिक असफलताका कारण केही दिनअघि छिमेकी भारतस..