‘पाष्टर’ र ‘अनुयायी’ काे चर्तिकला, कारागारभित्रै धर्मप्रचार

पत्रपत्रिका प्रकाशित: २०७५-१-२६ गते | 10622 पटक हेरिएको
‘पाष्टर’ र ‘अनुयायी’ काे चर्तिकला, कारागारभित्रै धर्मप्रचार

सुर्खेत : ६ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्मप्रचार’ को केन्द्र बनाउँदै आएका छन्।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्। कतिसम्म भने कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पुर्‍याएर उपचार गराउनुको सट्टा पाष्टरहरु बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ।

 कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका ‘पाष्टर’ र ‘अनुयायी’ लाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ।

‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरु जेलभित्रै धर्मप्रचार गर्छन्। कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन्। जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्।

त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायत सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्।  जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायतका सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्।

छ वर्षदेखि कारागारमा ‘सहयोग’ गर्दै आएको अनुग्रह चर्चका पाष्टर मनोज पुलामी सहयोगसँगै धर्म प्रचार गर्ने गरेको बताउँछन्। ‘सहयोग र प्रेमबाट कैदी–बन्दीहरुको जीवन परिवर्तन गर्न प्रभुको सन्देश बाँड्ने गरेका छौँ’ उनले भने, ‘अहिले धेरैजसो कैदी–बन्दीहरु प्रभुलाई पुकार्दै प्रार्थना गर्नुहुन्छ।’ नागरिक दैनिकमा खबर छ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


१६५ वर्ष पुरानो मुलुकी ऐन बिस्थापित गर्दै आजबाट नयाँ कानुनी युग सुरु
१६५ वर्ष पुरानो मुलुकी ऐन बिस्थापित गर्दै आजबाट नयाँ कानुनी युग सुरु

काठमाडौं । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता(२०७४, मुलुकी देवानी संहिता..

प्रधानमन्त्री ओलीले गरिबलार्इ छुट्याइएकाे भाग नै खाेेसेर दिदैछन् प्रदेश प्रमुख र  मुख्यमन्त्रीलाई
प्रधानमन्त्री ओलीले गरिबलार्इ छुट्याइएकाे भाग नै खाेेसेर दिदैछन् प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई

काठमाडौं । सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । सरकारले सहरी गरिब, सुक..

नेकपा (विप्लव) समुहलाई तह लगाउन यस्तो सरकारको खतरनाक रणनीति !
नेकपा (विप्लव) समुहलाई तह लगाउन यस्तो सरकारको खतरनाक रणनीति !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्ल..

नेपाली जनतालाई ओली सरकारको अर्को ठुलो उपहार: सोसल मिडियामा पनि कर लगाउने यस्तो छ तयारी
नेपाली जनतालाई ओली सरकारको अर्को ठुलो उपहार: सोसल मिडियामा पनि कर लगाउने यस्तो छ तयारी

काठमाडौं । सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निका..