वाम एकतामा कहिले घाम कहिले पानी: ओली– प्रचण्ड खटपट !

पत्रपत्रिका प्रकाशित: २०७५-१-२७ गते | 1268 पटक हेरिएको
वाम एकतामा कहिले घाम कहिले पानी: ओली– प्रचण्ड खटपट !

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीको हैसियतमा बजेटसम्बन्धी छलफलमा बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किए । सत्तासाझेदार दलका हैसियतले बजेटमा छलफल हुने अपेक्षा गरेका दाहाल ओलीको छलफलमा औपचारिकता मात्र पूरा गरेर फर्किए ।

बजेट मात्र होइन, राष्ट्रिय योजना आयोगमा नियुक्तिलगायत महत्त्वपूर्ण निर्णय गर्दासमेत ओलीले दाहालसँग परामर्श गरेका थिएनन् ।

‘बजेटबारे माओवादीसँग कुनै परामर्श भएको छैन,’ माओवादीका एक नेताले भने, ‘बजेट मात्र होइन, प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोग गठन गर्दासमेत दाहालसँग परामर्श गरेनन् ।’ यसबारे दाहालले ओलीसँग चासो राखेका थिए, ‘हामीसँग परामर्शमा गठन गरेको भए हुन्थ्यो, यो त्यति ठीक भएन ।’

स्रोतका अनुसार ओलीले ‘यस पटक यस्तै भयो । तपार्इंको समर्थन भइहाल्छ भन्ने लाग्यो’ भन्ने जवाफ दिएका थिए । दाहालले माओवादीतर्फबाट योजना आयोगका लागि विद्यावारिधि उपाधिप्राप्त दुई व्यक्तिको नाम पनि दिएका थिए । ओलीले तिनलाई राखेनन् । माओवादीसँगको सल्लाहबिनै योजना आयोगलाई पूर्णता दिए । योजना आयोग पाँच सदस्यीय हुने गरी कार्यविधि बनाउँदा पनि दाहाल अनभिज्ञ रहे ।

यसअघि, सरकारका ३० सचिवको सरुवाबारे पनि माओवादी मन्त्रीहरूले निर्णय भइसकेपछि मात्र थाहा पाएका थिए । ती सचिवको सरुवा प्रधानमन्त्री ओली र एमालेका मन्त्रीहरूले गरेका थिए । त्यसमा माओवादी मन्त्रीले आपत्तिसमेत जनाएका थिए । माओवादीका एक मन्त्रीले सरुवा भएर आएका सचिवले आफ्नो निर्देशन आलटाल गर्न थालेको गुनासो गरेका छन् । ती सचिवहरूले ‘प्रधानमन्त्रीको आदेश यस्तो छ’ भन्दै माओवादी मन्त्रीलाई टेर्न छाडेको स्रोतको भनाइ छ ।

ओलीले आफू प्रधानमन्त्री भइसकेपछि कार्यविभाजन नियमावली हेरफेर गरी गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याए । जबकि यो कुरा गृहमन्त्री रामबहादुर थापाले निर्णय भइसकेपछि मात्र थाहा पाए । पहिले थापासँग कुनै परामर्श गरिएन । मन्त्री थापा मात्र होइन, यसले दाहाललाई समेत आश्चर्यमा पारेको एक नेताले जनाए । यसबारे दाहालले ओलीसँग कुरा गर्दा ‘शक्तिशाली प्रधानमन्त्री भएको तपार्इंलाई राम्रै लाग्छ’ भनेर टारेको एक माओवादी नेताको भनाइ छ ।

स्रोतका अनुसार ओलीले प्रधानमन्त्रीको शपथ (फागुन ३) लिने दिन माओवादीले मन्त्री नपठाउनुमा अघिल्लो दिन ललितपुरमा पार्टी एकतासम्बन्धी छलफलमा उत्पन्न असहज परिस्थिति कारक थियो । छलफलमा एमाले नेताहरूले जनताको बहुदलीय जनवाद मान्नैपर्ने जिकिर गरेपछि खासगरी दाहाललाई मन्त्री पठाउन मन लागेन । एमालेको बहुदलीय जनवाद र एक्काइसांै शताब्दीको जनवादलाई आगामी महाधिवेशनमा लैजाने सहमति भइसकेको थियो । ओलीको शपथग्रहणमा माओवादीले मन्त्री नपठाएर असन्तुष्टि प्रकट गरेको थियो ।

माओवादी नेता पार्टी एकता गर्न तयार भएर गएको बैठकमा असहज अवस्था सिर्जना भएपछि शंका उब्जियो । ‘हामीलाई विलय गराउने गरी ओलीलगायतको प्रस्ताव आएको थियो,’ बैठकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जबकि त्यो विषय पहिले नै महाधिवेशनमा लैजाने सहमति भएको थियो ।’ असहमतिको शृंखला यतिले मात्र टुंगिँदैन । चैत २ मा मन्त्रिपरिषद् विस्तार गर्दा सहरी विकासबाट खानेपानी मन्त्रालय टुक्र्याइयो ।

त्यसअघि ऊर्जा, जलस्रोतबाट सिँचाइ मन्त्रालय टुक्र्याउने निधो भएको थियो । त्यतिबेला एमाले, माओवादी र संघीय समाजवादी फोरमबीच भएको छलफलमा फोरमलाई सहरी विकास र खानेपानी मन्त्रालय दिने निधो भएको स्रोतको भनाइ छ । मन्त्रिपरिषद् विस्तारका दिन प्रधानमन्त्रीले सत्तासाझेदारसँग सल्लाह नगरी मन्त्रालय टुक्र्याएको माओवादीको आरोप छ । स्रोतका अनुसार दाहालकी बुहारी बिना मगरलाई सिँचाइमन्त्री बनाउने तय भएको थियो । ‘सिँचाइमन्त्री हुन गएकी बिना खानेपानी मन्त्री भइन्,’ स्रोतले सुनायो, ‘सहरी र अर्को एक मन्त्रालय लिन तयार भएको फोरम पनि बिच्कियो । अझै सरकारमा सहभागी भएको छैन ।’

प्रधानमन्त्री ओलीले सत्तासाझेदार दलसँग परामर्शबिना सरुवा गरेका सचिवले माओवादी मन्त्रीको स्पिरिटमा काम नगर्दा प्रभावकारी काम हुन नसकेको माओवादीको बुझाइ छ । ‘सुन प्रकरण, सिन्डिकेटबाहेक अरू देखिने गरी सरकारको काम हुन सकेको छैन,’ एक नेताले भने, ‘सचिवहरू प्रधानमन्त्रीतिर ढल्कँदा मन्त्रीलाई काम गर्न सजिलो हुँदैन ।’ स्रोतले सचिवहरू माओवादीको भन्दा एमालेको मुद्दालाई प्राथमिकता दिन केन्द्रित भइरहेको बतायो । एमाले–माओवादी पार्टी एकताका लागि भएका छलफलमा पछिल्लो समय खास उत्साह छैन । समानताका आधारमा पार्टी एकता हुनुपर्ने माओवादी प्रस्तावलाई एमालेले बेवास्ता गर्दै आएको छ । सैद्धान्तिक विवादलाई आगामी दिनमा टुंग्याउने गरी एकता गर्नेबारे खास विवाद छैन । तर एमाले पक्षबाट पछिल्लो समय एकताका लागि तदारुकता नदेखाइएको माओवादीको भनाइ छ ।

यही बुझेर हुनुपर्छ, माओवादी अध्यक्ष दाहालले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवसँग ‘एकताको सम्भावना’ मा छलफल गरे । विगतमा माओवादीको मुद्दामा खासै असहमति प्रकट नगर्ने भट्टराई र यादवसँग भएको छलफलको जानकारी ओलीलाई दिइएको थियो । यी घटनाक्रमले ओली र दाहालबीच सम्बन्ध न्यानो रहेको देखाउँदैन । सोमबार ओलीले गरेको ट्विटले पनि यही संकेत गर्छ । ओलीले ट्विटमा भने, ‘हामी विकास र समृद्धिको एजेन्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखा पर्छ । किनकि सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’

यो पढेपछि दाहालले चित्त दुखाए । बुधबार ओलीले यसबारे राखेको जिज्ञासामा ‘सचिवालयले कमजोरी गरेको’ भनेर दाहाललाई बताएको स्रोतको भनाइ छ । माओवादी नेताहरू भने तत्काल त्यति आशावादी देखिँदैनन् । ‘घटनाक्रम सकारात्मक छैन, भत्केको पनि छैन,’ एक नेताको भनाइ छ । ओली–दाहालबीच देखिएको ‘खटपट’ ले पार्टी एकतालाई लम्ब्याइदिएको छ । ओलीका गतिविधिले माओवादी एकताका लागि हतार नगर्ने मनस्थितिमा पुगेको छ । ‘अब सोचेर, सम्झेर पार्टी एकता हुन्छ,’ ती नेताले भने ।

पार्टी एकताका लागि सक्रिय माओवादी नेता जनार्दन शर्माले आशंका मेटाउन बुधबार छलफल भएको बताए । ‘आशंका मेटाएर छिट्टै पार्टी एकता हुने गरी छलफल भइरहेको छ,’ उनले भने । ओली र दाहालबीच बिहीबार पार्टी एकता र बजेटबारे छलफल गर्ने तय भएको छ । कान्तिपुरमा गंगा बीसीले लेखेका छन्।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


प्रदेश २ का मुख्यमन्त्री राउतलाई बर्खास्त गर्ने तयारी, बिखण्डनकारीसँग यस्तो छ साँठगाँठ
प्रदेश २ का मुख्यमन्त्री राउतलाई बर्खास्त गर्ने तयारी, बिखण्डनकारीसँग यस्तो छ साँठगाँठ

काठमाडौं, ८ जेठ । आइतबार राती पौने ११ बजे सकिएको मन्त्रिपरिषदको बैठकले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण रद्द गरिदियो । मधेसी समाज अमेरिकाको निम्तो..

कामचोर ठेकेदार अब प्रहरी खोरमा
कामचोर ठेकेदार अब प्रहरी खोरमा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सडक र ट्राफिक व्यवस्थापनका भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । विगतका निर्णयहरुको कार्यान्वयन फितल..

अतीत सम्झेर मुक्तिनाथमा भावविभोर मोदी
अतीत सम्झेर मुक्तिनाथमा भावविभोर मोदी

पर्वत।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध धामिकस्थल मुक्तिनाथ मन्दिरको पूजा गर्ने क्रममा आफू मुक्तिना पहिले नै आएको खुलासा गरेका छन्।  मुक्तिनामा पूजा..

राजपामा भद्रगोल, ६ अध्यक्षकाे सिन्डिकेट
राजपामा भद्रगोल, ६ अध्यक्षकाे सिन्डिकेट

काठमाडौं । संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल को आन्तरिक अवस्था ‘भद्रगोल’ बन्दै गएकोे छ। भद्रगोल अवस्थाकै कारण जनताबीच पार्टी कमजोर र प..