नाकाबन्दी बिर्सिदै नेपालीले मोदीलाई दिए न्यानो माया, मुक्तिनाथमा भव्य स्वागत (फोटो फिचर)

नेपाल पाना प्रकाशित: २०७५-१-२९ गते | 36201 पटक हेरिएको
नाकाबन्दी बिर्सिदै नेपालीले मोदीलाई दिए न्यानो माया, मुक्तिनाथमा भव्य स्वागत (फोटो फिचर)

मुस्ताङ । दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीबाट न्यायो माया पाएका छन्। ६ महिने लामो कष्टकर नाकाबन्दीको लागि माफी दिँदै नेपाली नागरिकले ‘अतिथि देवो भव’ अर्थात पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्ने परम्पराअन्तर्गत मोदीको स्वागतमा पनि कुनै कमी हुन दिएनन्। 

दिल्लीबाट सिधै जनकपुर ओर्लिएका मोदीले त्यहाँ न्यायो माया पाए। नागरिक अभिनन्दन मात्र होइन १२१ किलो मालाको तीन वटा सम्मान समेत पाए। उनको एक झलक पाउन नागरिक भिड नै लाग्यो। 

त्यसैगरी शनिबार विहान मुस्ताङमा पर्ने पवित्र तिर्थस्थल मुक्तिनाथ पुगेका मोदीले त्यहाँ पनि न्यायो माया पाए । स्थानीयले उनलाई भव्य स्वागत गरे। जुन तस्बिरमा देख्न सकिन्छ । मुक्तिनाथको दर्शनका लागि पुगेका मोदीलाई स्वागत गर्न स्थानीयहरु टाढा टाढाबाट आइपुगेका थिए। मोदीले पनि स्थानीयसँग अंगाल्नो हालेर, हात समातेर हार्दिकता बाँडेका थिए, अपनत्व महसुस गराएका थिए। 

स्थानीयको भव्य स्वागत पाएका मोदीले मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरे। उनलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए। भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरे। पूजापछि उनी करिब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए। त्यसक्रममा उनसँग सेल्फी लिने र भलाकुसारी गर्ने स्थानीयको भीड लागेको थियो।

नाकाबन्दी बिर्सिएर आफूलाई स्वागत गर्न नेपाली माफीको भावमा प्रस्तुत भएपछि मोदीले भित्रैदेखि पश्चताप समेत गरिरहेका देखिन्थे। उनको भावले मैले नाकाबन्दी लगाएर गल्ती गरेको रहेछु भन्ने महसुस गराइरहेको थियो। 

अब नेपालीले दिएको मायालाई कसरी सदुपयोग गर्ने र बढाउने भन्ने रणनीति मोदीले अख्तियार गर्ने नै छन् । राजनीतिक, कुटनीतिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै कसरी निकटतातिर लैजाने भन्ने विषय मोदीको आगामी नीतिले देखाउनेछ। यद्यपी उनले जनकपुरको सम्बोधनमा नेपाल सधै भारतको प्राथमिकतामा रहेको बताइसकेका छन्। अब यो व्यवहारमा देखिनुपर्छ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..