ओलीको ईच्छा, मोदीको दिक्षा

रमेश विश्वकर्मा प्रकाशित: २०७५-१-२९ गते | 2068 पटक हेरिएको
ओलीको ईच्छा, मोदीको दिक्षा

दुई दिने राजकिय भ्रमणको सिलसिलामा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालमा छन । सन २०१४ मा प्रधानमन्त्रिमा निर्वाचित भए यता भारतिय प्रधानमन्त्रि मोदिको यो तेश्रो नेपाल भ्रमण हो । उच्च राजनितिक स्तरबाट भारतिय प्रधानमन्त्रिले आफ्नो कार्यकालमा यति धेरै चोटी नेपालको भ्रमण गरेको नजिर हो । आतिथ्य राष्टको नागरिकको हैसियतले हाम्रो माटोमा मोदिलाई स्वागत र सम्मान जाहेर गर्नै पर्छ । तथापी मोदीको भ्रमण सँगै हामी नेपाली नागरिकको आखाँ अगाडी विगतको तिता यर्थातहरु ताजा भएर आएका छन, नेपाल माथी भारतिय आतंकका ति दिनहरु विर्सिन दशकौ लाग्ला । मोदिका विगत नेपाल भ्रमणहरु सौहार्द र सम्मान पुर्वक रहे पनि यो भ्रमण नेपाली समाज र नेपाली राजनितिमा विवादित दर्ज हुने निश्चित छ । 

विश्व भु अर्थ राजनितिमा आफुलाई अव्वल रुपमा प्रस्तुत गर्न क्षमता राख्ने भारतले नरेन्द्र मोदिको आगमन सँगै छिमेक नितिमा केहि सुधारका छनकहरु देखाउने प्रयासहरु गर्यो । तर पनि नेपाल भारत सम्बन्धमा मोदीका ति सवै प्रयासहरु मिथ्या सावित भए, भारतिय शासक वर्गका विगतका केहि तुच्छ व्यावहारले नेपाली नागरिकमा भारत विरोधी भावहरु सम्प्रेषण गरेको छ, अहिले पनि भारत विरोधी खेमा ससक्त र आक्रामक नै छ  । ईतिहासका कालखण्डहरुमा मुख्यतया प्रजातन्त्र स्थापना पश्चातका समयहरुमा भारतीय सासक र नेपाली सासकका केहि ईच्छाहरु नबाझिएका होईन्न, केहि उतार चढावहरु नआएका होईन्न, तर पनि पछिल्लो समयमा नेपाली समुदायमा भारत सम्बन्धि नकारात्मक मनोविज्ञान छायाँको रुपमा विकास भएको पाईन्छ । जहा भारतको नेतृत्व हिड्छ त्यहाँ नेपाली जनताको भारतीय शासक वर्ग प्रतिको घृणाले फैलन्छ । दुई असल छिमेकिमा देखिएको यो द्धवन्द र भावनालाई नेपाल भारतको राजनितिक नेतृत्वले जनस्तर देखि सम्बोधन गर्नु पर्छ ।

विगत फरक थियो, नेपालको राजनितिमा परिवर्तनका मुद्धा र संविधानका सवालमा केहि पेचिलो बहसहरु हुदै थिए, मधेसवादी राजनितिक दल वाहेकका सवै राजनितिक दलहरु संविधान घोषणाको पक्षमा थिए । नागरिकता, निर्वाचन क्षेत्र निर्धाराण, समावेशीता लगायतका केहि मुद्धामा मधेशीदलहरु असन्तुष्ट थिए, तथापी काग्रेस एमालेको बलियो सरकारले संवेदनशिल मधेश र समग्र उत्पिडित समुदायका मुद्धाहरुमा कम नजर अन्दाज गर्दा संविधान घोषणा पश्चात राष्टिय एकताले अकार लिन सकेन, संविधान सर्वस्विकार्य हुन सकेन, मधेश मुद्धाका सवालमा उद्धार भावना भएको माओवादी भने कम्जोर र मसिनो आवाजको प्रतिपक्ष थियो उसका आवाजले खासै प्रभाव पार्न सकेन ।

तत्कालिन शुसिल कोईरालाले एमालेको समर्थनमा सरकारको नेतृत्व गरेकै वेला, २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको ऐतिहासिक संविधानको घोषणा भयो । संविधान घोषणा पश्चात काग्रेस एमाले विच सरकार सञ्चालनमा पुर्व भद्र सहमति पालना हुन सकेन, फलस्वरुप कांगे्रस एमाले समिकरण वामसमिकरणमा परिणत भयो । माओवादी पाटीको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रि बने ।

प्रचण्डले ओलीलाई प्रधानमन्त्रिमा सहयोग गर्दा भारतलाई चित्त बुझेन, भारतले मधेश मुद्धामार्फत आफ्ना असन्तुष्टिहरु प्रवाह गर्यो । मधेसी दलको असन्तुष्टि सँग भारत प्रत्यक्ष जेडिएर आउदा देशले नाकाबन्दिको सामना गर्नु पर्यो । भुकम्प बाट थिलो थिलो भएको नेपाल माथी नाका बन्दि मार्फत र मधेश माग मार्फत ओलीको सत्ता धरापमा पर्यो । भारतको त्यो गतिविधि सार्वभौम नेपाल र नेपाली जनता माथीको अपमान थियो । 

एमाले माओवादीको सहकार्य पनि कांग्रेस एमालेको जस्तै दिगो बन्न सकेन, करिव नौ महिनामै सिमित रह्यो, विविध राजनितिक कारण प्रधानमन्त्रि ओली माथी संसदमा अविश्वासको प्रस्ताव दर्ज हुदा कांग्रेस, माओवादी र मधेशवादी दल एक ठाउमा उभिए । रुखो राजनितिक स्वभाव र मधेशी र माओवादी प्रति अनुदार ओली अन्तः अपदस्त बने । यहि विन्दु बाट सुरु भएको राष्टवादको पुर्व पश्चिम मार्चपास मधेश र भारत विरोधी राष्टवादको रुपमा विकास भयो । यो राष्टवादका प्रहार पक्ष मुख्यरुपमा ३ वटा पक्ष सँग जोडिएर आए पहिलो भारत, दोश्रो मधेशी दल र तेश्रो माओवादी । छोटो समयकै अन्तरालमा यी सवै पक्ष एमालेका लागी मुख्य चुनौती बनि सकेका थिए ।

एमालेले मधेशीलाई भारत सँग जोड्दा मधेशीले एमालेलाई पहाडे राष्टवादको विल्ला मात्र भिराएन मधेश विरोधी पाटीको रुपमा मधेशमा निशेध नै गर्यो, यति चुनौतीपुर्ण समयमा माओवादीले राष्टिय एकता हिमाल पहाड तराई जोड्ने एकहोरो गित गाई रह्यो ।

उखान बाट सुरु भएको बोली युद्ध बखान हुदै मधेमा ओलीलाई निशेध सम्म पुग्यो, यति सम्मकि एमाले मुख्यतः उसको नेतृत्वलाई मधेशको राजनितिक मुद्धा गम्भिर चुनौती बनि सकेको थियो । ओलीको मधेस र मधेशी प्रतिको अशहिष्ण व्यावहारका कारण ओलीले मधेसमा लामो समय प्रवेश पाएन्न । एमाले नेतृत्वकै असहिष्ण व्यावहारका कारण स्थानिय चुनावमा एमाले मधेशमा कम्जोर राजनितिक धरातलमा सानो पाटीको रुपमा अस्तित्वमा आयो । 

आन्तरिक र वाह्य राजनितिलाई राम्रो सँग बुझेका एमाले भित्रका राजनितिक विष्लेषकहरुले भारत, मधेशवादी दल र माओवादी सँग मिल्नै पर्ने दवाव नेतृत्वलाई दियो । माओवादीलाई संघिय र प्रदेशको चुनावमा तालमेल हुदै पार्टी एकिकरण सम्मको अस्त्र प्रयोग गर्दै आफ्नो प्रभावमा पार्न सफल भयो । भलै दुई पाटी विचको एकिकरण निष्कर्षमा पुग्न सकेको छैन । अरु दुई पक्ष मधेश र भारत सँग उसले एक साथ विश्वास प्राप्त गर्ने सम्भावना थिएन ।

स्मरणिय के छ भने ओली लाई मधेशले अहिले पनि विश्वास गर्न सकिरहेको छैन, ओली सिंगो देशको प्रधानमन्त्रि बन्न सकिरहेका छैन्न, यसर्थ भारतिय प्रधानमन्त्रिको जनकपुर भ्रमण ओलीका लागी एक वाण दुई तिर भएको छ । मोदीको जनकपुर भ्रमण राष्टिय हितको लागी भन्दा पनि ओली मोदीको व्याक्तिगत सम्बन्धका सवालमा मधेशलाई जानकारी दिनु हो । ताकि मधेशले मोदीको रोहवरमा ओलीलाई विश्वास गर्ने वातावरण बनोस । यो भ्रमण सँग जोडिएको ओलीको भित्रि चाहाना अहिले सामाजिक सञ्जाल र पत्र पत्रिकामा आए भन्दा नितान्त फरक छन ।

ओली मोदीको भित्रि चाहाना :

पहिलोः भारतीय पक्षले गरेको नाकाबन्दि पश्चात नेपाली जनतामा देखिएको मोदी प्रतिको सेन्टिमेन्टलाई जनकपुरमा नागरिक अभिनन्दन गरि स्वयम मोदी र भारत प्रतिको नेपाली नागरिकको नकारात्मक मनोविज्ञानलाई डाईभर्ट गराउन चाहान्छ । जस्को शन्देश तत्कालिन नाका बन्दि भारतको नभएर मधेशी र मधेशका राजनितिक दलहरुले गरेको हो भन्ने शन्देश दिन खोजेको पाईन्छ । मोदीले जनकपुर भ्रमण गरेर दिन खोजेको दोश्रो शन्देश अझै पनि भारत मधेशकै पक्षमा छ, वा संविधान संसोधनकै पक्षमा छ, यसका लागी भारतले अप्रत्यक्ष रुपमा सहयोग गर्न तयार भएको शन्देश छोड्न चाहान्छ ।

यता, एमाले र अहिलेको प्रधानमन्त्रि प्रति मधेसमा अहिले पनि मधेश विरोधीको रुपमा चित्रित छ । ओली प्रतिम मधेस र मधेशीले विश्वास गर्न सकेको छैन ।सस्थानिय चुनाव देखि प्रधानमन्त्रि भई सक्दा सम्म ओलीले मधेशको भुमि छुन पाएको छैन । हिजो ओलीलाई निशेध गरेको मधेशमा सान्दार रुपमा प्रवेश मात्र होईन, नरेन्द्र मोदि सँगै कुम जोडेर मधेशी जनता र मधेशको राजनितिमा कुरुप ओली मधेशका मुद्धा समाधानका पक्षमा रहेको सकारात्मक शन्देश दिन चाहान्छन । 

संविधान घोषणा पश्चात उच्चस्तरको विदेशी राष्ट प्रमुखको भ्रमण यो पाकिस्तानि प्रधानमन्त्रि पछिको  पहिलो हो, यसलाई हामीले सकारात्मक रुपमा लिनै पर्छ । तर विगतका दिनहरुमा देखिएका नेपाल भारतका असन्तुष्टिहरुका सवालमा जनताको चासोलाई कम आक्न भने मिल्दैन । नेपालमा मोदिको भ्रमण हुदै गर्दा नेपाली जनतामा उब्जिएका केहि प्रश्नहरुको उत्तर सरकारले दिनै पर्छ । पहिलो हिजो महाकालीमा बगेको राष्टवाद आज जनकपुरको बाह्र विघामा पुरिएको हो ? दोश्रो, हिजो अन्र्तराष्टिय मन्चहरुमा नेपालको संविधानका सवालमा गरेका अवाफ प्रचारका सवाललमा भारतले माफी मागेको हो ? नाका बन्दि गलत थियो भनि भारतले क्षमा यचना गरेको हो ? नेपालको संविधानका सवालमा भारतिय बार्गेनिंग क्लोज भएको हो ? मधेशी दलका मागहरु सम्बोधन हुन्छन कि हुदैन्न ? नेपालको राष्टवादको नारा भारतको भत्तिगान हो ? नेपाली जनतालाई सटिक उत्तर चाहिएको छ । हैन भने जनताको भावना सँग ब्ल्याकमेलिंग गरेर सत्ता प्राप्तिको भर्याको रुपमा राष्टवाद जस्तो संवेदनशिल पक्षसँग खेल्नु राजनितिक रुपमा स्वयम प्रधानमन्त्रि र प्रधानमन्त्रिको राजनितिक पाटीलाई घातक सावित होला ।

अन्तमाः मोदीको यो भ्रमण आलीलाई काखी च्याप्नेमा मात्र सिमित हुनुहुदैन, बरु नेपाल सरकारका पक्ष बाट भारत सँग जोडिएका तमाम जनगुनासाहरुमा छलफल गर्दै निष्कर्षमा पुग्न सकियोस । महत्वकाक्षी र सुदुर भविष्य सँग होईन अहिलेका जल्दा बल्दा समस्याहरुमा नेपाल सरकारले आवाज उठाओस र भारत सँग राजनितिक सम्बन्ध नयाँ किसिमले विकास होस । सरकारले जल्दा बल्दा मुद्धाहरुलाई प्राथमिकतामा राखेर काम गरोस ।

१. विराट नगरमा रहेको भारतिय सैनिक क्याम्प मोदी फर्किर्दै सँगै फिर्ता होस ।
२. भारत सरकारले नेपाल सरकारलाई दिएकोे भारतिय नोट सटहि सम्बन्धि समस्या तत्काल अन्तहोस ।
३. तराईमा देखिएको मुख्यतः पश्चिम तराईमा भारतीय सिमा सुरक्षा बल बाट भएको सिमा अतिक्रमणका सवालमा ससक्त रुपमा छलफल होस, मिचिएको जमिन तत्काल फिर्ता होस ।
४. भारत सँगको व्यापार घाटाका सवालमा मसिनो छलफल होस ।
५. भारतिय राजदुतावासले सिधै ५ करोड सम्म लगानी गर्न पाउने प्रावधान तत्काल हटाईयोस । 

यी संवेदनशिल पक्षहरुका सवालमा छलफल गर्न यो सरकार चुकेको खण्डमा नेपालको ईतिहासमा ओली सरकार लम्पसारवादी होईन, आत्मसर्मपण वादी सावित हुने पक्का छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..

राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्..

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र
प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र

काठमाडौं ।  विगत ३० वर्षदेखि भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरु तथा स्थानीय भूटानी आदिवासीहरुको निर्वासन, मानवअधिकार तथा भुटान फिर्ति अभियानका अभियन्ता रिजालले भारत..

काँग्रेस नेता डा. शेखर कोइरालाको सनसनीपूर्ण लेख : ओली अधिनायकवादका नौ ढोका
काँग्रेस नेता डा. शेखर कोइरालाको सनसनीपूर्ण लेख : ओली अधिनायकवादका नौ ढोका

प्रधानमन्त्री केपी ओली अधिनायकवादतिर अग्रसर हुनुहुन्छ भन्दा एकथरी साथीहरू राजनीतिक खपतका लागि होला भन्ने ठान्छन् । तर, यो विषय यति हलुका छैन । ओलीको कार्यशैली, वैचारिक आधार, व..