२१ हजार बालबालिका हराए, के गर्दैछ सम्बन्धित निकाय

नेपालपाना प्रकाशित: २०७५-१-३० गते | 1319 पटक हेरिएको
२१ हजार बालबालिका हराए, के गर्दैछ सम्बन्धित निकाय

काठमाडौं । बाह्र वर्षमा देशभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् ।

बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३र६४ देखि २०७४र७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ ।

चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ । केन्द्रका अनुसार पाँचदेखि १८ वर्ष उमेर समूहका बालबालिका र युवा गरीबी, गालीगलौज र घर छाडेर भाग्ने गरेका छन् ।

केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले चालू आवमा हराएका एक हजार ६०८ मध्ये ६६५ पुरुष र ९४३ महिला हराएको उजुरी केन्द्रमा परेको जानकारी दिनुभयो ।

“चालू आवको साउनदेखि चैत मसान्तसम्म हराएकामध्ये ५३९ जनालाई फेला पारेका छौँ”, उहाँले भन्नुभयो । फेला परेकामध्ये सबैलाई परिवारको जिम्मामा लगाइसकिएको उहाँको भनाइ थियो ।

बाह्र वर्षमा हराएका २१ हजार ४३५ मध्ये पुरुष १० हजार ४६२ र महिला १० हजार ९७३ छन् । सोमध्ये १० हजार ७४४ फेला परेको र १० हजार ६९१ अझै बेपत्ता छन् ।

यसैगरी चालू आवमा बेवारिसे ३२६ जना फेला पारेका छन् । फेला पारिएका बेवारिसेमध्ये २०३ लाई परिवारसँग पुनर्मिलन गराइदिएको, १२१ लाई संरक्षणगृहमा राखिएको र दुई जना पुनः बालगृहबाट भागेको केन्द्रले जनाएको छ । आव २०६३र६४ देखि २०७४र७५ सम्म चार हजार ४९९ जना बेवारिसे अवस्थामा फेला परेका छन् ।

तीमध्ये दुई हजार ९८१ पुरुष र एक हजार ५१८ महिला छन् । बेवारिसे अवस्थामा फेला पारिएकामध्ये तीन हजार ४३८ लाई सम्बन्धित परिवारको जिम्मा लगाइएको र ८८३ जनालाई संरक्षणमा राखिएको छ ।

यसैगरी संरक्षणमा राखिएको अवस्थामा १२ वर्षका अवधिमा १६९ जना भागेका छन् । “परिवारको पत्ता नलागेका र घर फर्काउन सक्ने अवस्थामा नरहेकाहरुलाई संरक्षणगृहमा राखिएको हो”, प्रमुख रिजालले भन्नुभयो ।

केन्द्रीय बालकल्याण समितिका अधिकृत रामबहादुर चन्दले गरीबी, मानव बेचबिखन, सामाजिक मूल्यमान्यता, परिवारले बेवास्ता गर्नुलगायत कारणले हराउने गरेको जानकारी दिनुभयो ।

उहाँले हराएकाहरुलाई खोजी गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । चन्दले हराएका बालबालिकालाई चाँडो खोजी गर्नका लागि समितिले सम्बन्धित निकायलाई खबरदारी गर्ने काम गरिरहेको पनि स्पष्ट पार्नुभयो

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


कांग्रेसले उठायाे यस्ताे मुद्दा, कम्युनिष्ट सरकारकाे हल्लियाे शासन सत्ता
कांग्रेसले उठायाे यस्ताे मुद्दा, कम्युनिष्ट सरकारकाे हल्लियाे शासन सत्ता

विराटनगर । नेपाली कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले नेपाली जनताले चाहेकाे कुरालार्इ पार्टीले मुद्दा बनाएर उठाउने बताएका छन्। उनले हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो ज..

अाेली सरकारकाे यसरी हुँदैछ कन्तविजाेक, महिला नै अर्धनग्न भएर नयाँ एेन विरुद्ध उत्रिए
अाेली सरकारकाे यसरी हुँदैछ कन्तविजाेक, महिला नै अर्धनग्न भएर नयाँ एेन विरुद्ध उत्रिए

काठमाडौँ – बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर..

प्रचण्डपछि ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवा पक्राउ
प्रचण्डपछि ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवा पक्राउ

काठमाडौं । प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने आधा दर्जन युवालार्इ प्रहरीले पक्राउ गरेकाे छ। प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्री..

अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसकारण गरे यी प्रेमीले हत्या
अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसकारण गरे यी प्रेमीले हत्या

मोरङ । मोरङमा एक युवकले डेटिङमा बोलाएर आफ्नो प्रेमिकालाई बिभत्स तरिकाले हत्या गरेका छन् ।   जिल्लाको ग्रामथान गाँउपालिका ५ सिद्राहाका ३० वर्षिय दिनेश भट्टराईले उनको प..