राजीनामा माग्दा कड्किए प्रदेश २ का मुख्यमन्त्री राउत, संसदबाट विरोध गर्ने ओलीलाई काउन्टर

नेपाल पाना प्रकाशित: २०७५-१-३१ गते | 55088 पटक हेरिएको
राजीनामा माग्दा कड्किए प्रदेश २ का मुख्यमन्त्री राउत, संसदबाट विरोध गर्ने ओलीलाई काउन्टर

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा भएको विभेदबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु बोलेको कुरा सहि भएको तर्क गरेका छन्। संसदबाट विरोध जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत काउन्टर दिँदै मुख्यमन्त्री राउतले आफ्नो सम्बोधनको बचाउँ गरेका हुन्। मोदीका अगाडि देशको आन्तरिक कुरा गरेर देशको स्वाधिनता र सार्वभौमताको धज्जी उडाएको भन्दै आफ्नो चर्काे आलोचना भइरहेका बेला मुख्यमन्त्री राउतले आफूले जनताको कुरा बोलेको प्रष्टिकरण समेत दिए।

भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण राउत विवादमा तानिएका छन् । वैशाख २८ गते वाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा मुख्यमन्त्री राउतले राज्यको विभेदकारी नीतिका कारण मधेश पछाडि परेको अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री जस्तो व्यक्तिले विदेशी पाहुनाको सामुन्ने त्यस्तो अभिव्यक्ति दिन नहुने धारणाहरु आइरहेका छन् । उनै राउतसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

तपाईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु व्यक्त गरेको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी ओलीलेसमेत कटाक्ष गर्नुभयो । के भन्नुहुन्छ ?
प्रधानमन्त्री ओलीले के भन्नुभयो मलाई थाहा छैन । तर मैले मधेशी दलहरुले उठाउँदै आएका मुद्दाहरुलाई प्रस्तुत गरेको हुँ । मधेश केन्द्रित दलहरुले अहिले पनि मुलुकका उत्पिडित, जनजाती, दलितसहित सदियौँदेखि उपेक्षामा रहेका जनताको पक्षमा बोल्दै आएको छ । मैले पनि त्यही कुरा गरेको हुँ ।

यो कुरा त सबै नेपालीलाई थाहा छ नि । मोदीलाई किन सुनाउनुपर्यो ?
मैले उठाएको कुरा नयाँ हो र ? नयाँ कुरा त होइन नि । लामो समय अघिदेखि भन्दै आएका छौँ नि ।

तर अहिले त तपाई प्रदेश नम्बर दुईको मुख्यमन्त्री हो । फोरमको नेताको हैसियतले किन बोल्नुभयो ?
यहाँका जनताको चाहना र भावनाअनुसार मुख्यमन्त्री बोल्ने कि नबोल्ने ? मुलुकका उत्पिडित, जनजाती, दलितसहित सदियौँदेखि उपेक्षामा रहेका जनताले अझै पनि अपनत्व ग्रहण गर्न सकेका छैनन् । संविधानले नै अपनत्व गराउन नसकेकाले कुरा राखेको हुँ ।

कमजोरी र समस्या त छ, तर ति समस्या मोदीलाई किन भन्नुपर्यो ? यसले त देशको बेइज्जत हुन्छ नि ?
यो कुरा दुनियाँको सामु भन्दै आएको हो । सबैलाई थाहा छ । यसले देशको बेइज्जत गरेको होइन । करोडौँ जनताको भावनालाई मञ्चमा राखेर बताउनु खोजेको हुँ । अहिले पनि संविधानमा रहेका त्रुटीमा सच्याएर मात्रै देशको भलो हुन्छ ।

संविधानमा भएका त्रुटी सच्याउनुपर्छ । तर मुख्यमन्त्रीजस्तो व्यक्तिले विभेदकारी कुरा गर्न मिल्छ ?
यो कुरा त नयाँ होइन । पुरानै कुराको निरन्तरता हो । यस प्रदेशका जनताको भावना र चाहनाअनुसार कुरा राख्नु त मेरो कर्तव्य हो । यो एजेण्डा भनेको कुनै पार्टीको होइन । जनताको एजेण्डा हो । संविधानलाई सबैले अपनत्व गर्ने एजेण्डा हो । नागरिकलाई भेदभाव गरेर बनेको संविधान सबैको हुनै सक्दैन ।

तर संविधानलाई त तपाईहरुले पनि स्विकार गरिसक्नुभयो । संविधान संशोधनको प्रस्ताव त बेमौसमको बाजा भइसक्यो नि ?
संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिकता हामीले स्विकार गरेका छौँ । तर पनि यो संविधान सबैको संविधान बन्न सकेको छैन । जुन कुरा मैले उठाएको छु, त्यो कुरा अहिले पनि जहाँ पनि भन्न तयार छु । संविधानलाई सबैको अपनत्व गराउनु छ भने संविधान संशोधन अपरिहार्य छ ।

तर अहिले संविधान संशोधन गर्न प्रधानमन्त्री तयार हुनुहुन्न । एमाले र माओवादी संशोधनका लागि तयार छैन । कसरी संविधान संशोधन हुन्छ ?
तपाईले सत्य कुरालाई दबाएर सक्नुहुन्न । केही समयका लागि बहुमतले दबाउन सकिएला । झुटो कुरालाई पनि साँचो बनाउन सकिएला । तर झुटो कुरालाई सधैँभरी साँचो बनाउन सक्नुहुन्न । यो कुरा सबैले बुझ्नुपर्छ ।

नेपालको संविधानलाई त भारतले पनि मानिसक्यो । मोदीलाई यो कुरा सुनाएर के हुन्छ त अब ?
सबै जनताले समान अधिकार प्राप्त गर्न सकेका छैनन् । यो कुरा सबैलाई थाहा छ ।

तर नेपालको संविधान त उत्कृष्ट संविधान हो नि ?
संविधान त ४७ सालको पनि उत्कृष्ट नै थियो नि । तर समाप्त भयो नि । अहिलेको संविधानलाई पनि जनताको चाहनाअनुसार करेक्सन गर्नुपर्छ ।

यही संविधानअनुसार तपाई मुख्यमन्त्री बन्नुभएको होइन ?
विना तागतको मुख्यमन्त्री छु ।

उसोभए तपाई राजिनामा दिनुहुन्छ ?
किन राजिनामा दिने ? तपाईले भनेर राजिनामा दिने हो र ? मैले त लाखौँ जनताको माझमा आफ्नो कुरा राखेको हुँ । लाखौँ जनताले ताली बजाएको सुन्नुभएन ? मधेशका सम्पूर्ण उत्पिडित समुदायले मेरो कुरा सुनेर ताली बजाएका छन् । मैले सही भनेँ वा गलत भन्ने कुरा जनताले मूल्याङ्कन गरेका छन् ।

तपाईले भारतका प्रधानमन्त्री मोदीलाई अगाडि राखेर प्रदेश नम्बर दुईका जनता गरिब छन्, अशिक्षित छन् भन्न मिल्छ ?
गरिब र अशिक्षित कसले बनाएको ? शाषन सत्तामा मुट्ठीभर समुदाय बस्ने अनि आरोप अरुलाई लगाउने ? तपाई मलाई बढी बोल्न नलगाउनुस् ।

तपाई त मुख्यमन्त्री हो नि । मर्यादा राख्नुपर्दैन ?
अनि मैले केही भन्न नपाउने ? मुख्यमन्त्री भएपछि जनताको चाहना र भावनाअनुसार बोल्नु परेन । नत्र त मेरो कुर्सी गइहाल्छ त ।

त्यसोभए मोदीलाई सुनाएर के पाउनुभयो त ?
मैले मोदीलाई सुनाएको होइन, दुनियाँलाई सुनाएको हुँ । यो देशका शाषक जातिलाई सुनाएको हुँ ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


फाेरम र राजपाकाे सरकार ढालेर प्रदेश २ पनि कब्जा गर्ने तयारीमा नेकपा, अाेलीले बनाए यस्ताे याेजना
फाेरम र राजपाकाे सरकार ढालेर प्रदेश २ पनि कब्जा गर्ने तयारीमा नेकपा, अाेलीले बनाए यस्ताे याेजना

काठमाडाैं । नवगठित नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नम्बर २ मा अाफ्नै नेतृत्वमा सरकार बनाउने तयारी थालेकाे छ। एमाले र माअाेवादी केन्द्रबीच एकीकरण सम्पन्न गरेर शत्तिशाली पार्टी..

पार्टी एकीकरण भएकै भोलिपल्ट ओलीले खोसे प्रचण्डको ठूलो सपना, यी हुनेभए भावी अध्यक्ष
पार्टी एकीकरण भएकै भोलिपल्ट ओलीले खोसे प्रचण्डको ठूलो सपना, यी हुनेभए भावी अध्यक्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत नेपाल कम्युनिष्ट पार्टीका नेता प्रचण्डको सपनालाई चुनौती दिएका छन्। एमाले नेताहरुका अनुसार ओलीले विष्णू पौडेललाई एकीकृत पार्टीक..

जनार्दन शर्माले ओली–प्रचण्डको नयाँ पार्टी फुटाउँदै, शुक्रबार बिहानै गोप्य बैठक
जनार्दन शर्माले ओली–प्रचण्डको नयाँ पार्टी फुटाउँदै, शुक्रबार बिहानै गोप्य बैठक

काठमाडौं । एमाले र माओवादी केन्द्रलाई मिलाउन पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले चरम असन्तुष्टि जनाएका छन् । नौ सदस्यीय हाइकमाण्डमा सदस्य..

पार्टी एकताको मुख्य डिजाइनरलाई सुरुमै भयो धोखा, एमालेका पौडेललाई पुरस्कार
पार्टी एकताको मुख्य डिजाइनरलाई सुरुमै भयो धोखा, एमालेका पौडेललाई पुरस्कार

काठमाडौं । पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई सुरुवाती चरणमै ठूलो झट्का लागेको छ । एमाले–माओवादी केन्द्रको एकतापछि बनेको &lsqu..