मोदी भ्रमणः भीम रावलले खोले आफ्नै अध्यक्ष ओलीको असली पोल, भारतलाई यस्तो चेतावनी

नेपाल पाना प्रकाशित: २०७५-१-३१ गते | 12200 पटक हेरिएको
मोदी भ्रमणः भीम रावलले खोले आफ्नै अध्यक्ष ओलीको असली पोल, भारतलाई यस्तो चेतावनी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल भएको भन्ने अभिव्यक्तिको आलोचना गरेका छन् । आइतबार संसद बैठकमा बोल्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सफल भएको र नेपालको हितमा भएको बताएका थिए। उक्त भनाईमा एमालेकै उपाध्यक्ष रावलले असहमति जनाएका हुन्। 

रावलले मोदीलाई भ्रमणलाई अहिले नै सफल र नेपालको पक्षमा भएको भन्न नसकिने टिप्पणी गरेर आफ्नै अध्यक्ष ओलीलाई चुनौती दिएका छन् । एमालेमा योगेश भट्टराईले अध्यक्ष ओलीलाई चुनौती दिँदै आएकोमा पछिल्लो समय रावल पनि अध्यक्षका गलत कामको विरोध गर्नेमा थपिएका छन् । यसअघि ओली भारत भ्रमणमा जाँदा पनि रावलले भ्रणण उपलब्धीमुलक नभएको भन्दै आलोचना गरेका थिए। उनले चीनको बोआओ फोरम छाडेर भारत गएको भन्दै असन्तुष्टि नै जनाएका थिए। 

सोमबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपाध्यक्ष रावलले भारतले यो गरिदिने, उ गरिदिने भनेर आश्वासन दिँदैमा भ्रमण सफल भएको भन्ने गरिएकोमा कार्यान्वयनमा नगएसम्म सफल भन्न नसकिने आसय व्यक्त गरे। प्रतिबद्धता र सम्झौता कार्यान्वयनमा भारतले सधै आलटाल गर्दै आएको सम्झिदै रावलले यसै विषयमा भ्रमण सफल भए नभएको प्रष्ट हुने तर्क गरे।

उनले नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न भारतलाई समेत सचेत गराए। 

दुई देशबीचको सम्बन्धमा समग्रतामा के भयो भन्ने कुरा महत्वपूर्ण हुने उनले बताए । मोदीको नेपाल भ्रमणका क्रममा भएको १६ बुँदै संयुक्त विज्ञप्तिका बुँदा हेर्दा भविष्यमा सकारात्मक परिणाम दिने अपेक्षा रावलको छ ।

मोदीको भ्रमण नेपालका पक्षमा भयो भन्ने प्रधानमन्त्री ओलीको भनाईको खण्डन गर्दै रावलले भने, “मोदीको भ्रमण नेपाल वा भारतको पक्षमा भयो भन्दा पनि नेपाल र भारतबीचमा भएका थुप्रै समस्याहरु समाधानका लागि भएका प्रयास सकारात्मक छ ।”

भएका सम्झौता कार्यान्वयन हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीलाई बलियो बनाउन खोजेको रावलको दाबी छ । १६ बुँदै विज्ञप्तिलाई आफूले सकारात्मक रुपमा लिएको उनले बताए । मोदीको भ्रमणप्रति आफ्नो कुनै विमति नरहेको उनले स्पष्ट पारे ।

तर नेपाल भारतबीचका समस्या समाधानका लागि विगतमा पनि भएका मौखिक र लिखित सम्झौता कार्यान्वयन नभएकोप्रति उनले असन्तुष्टी जनाए । “आजसम्ममा कतिपय गर्छु भनेका कुरा गरिएको छैन । जलविद्युत, सडक, पञ्चेश्वर, हुलाकी मार्ग, महाकाली सन्धी लगायतका सम्झौता पूरा भएका छैनन् ।” उनले भने ।

प्रधानमन्त्री ओली भारत जाँदा र मोदी नेपाल आउँदा तपाईले असन्तुष्टी किन जनाउनुभएको भन्ने प्रश्नमा उनले भने, “मैले प्रधानमन्त्रीको भारत भ्रमणका बेला भ्रमण गर्नु, मिठा कुरा गर्नु राम्रो कुरा हो भनेको थिएँ । तर नेपाल–भारतबीचका समस्या एक, दुई, तीन भनेर जबसम्म समाधान हुँदैनन्, तबसम्म सम्बन्ध भयङ्कर राम्रो भयो भनेर निष्कर्ष निकाल्न सकिदैन भनेको हुँ । त्यो कुरा अहिले पनि भन्छु । यसलाई असन्तुष्टी भन्न मिल्दैन ।”

“विराटनगरमा रहेको भारतको अनधिकृत कार्यालय हट्नुपर्छ भन्नु विरोध हो ? भारतीय जनता पार्टीका सासंद किर्ते आजादले जनकपुर भारतको हो भनेर बोल्दा समर्थन गर्ने ?” रावलले प्रश्न गरे ।

आजादको अभिव्यक्तिबारे भारत सरकारले बोल्नुपर्ने रावलको भनाई छ । नेपाल र भारतबीचको सम्बन्ध समानताका आधारमा हुनुपर्ने उनको ठहर छ ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


फाेरम र राजपाकाे सरकार ढालेर प्रदेश २ पनि कब्जा गर्ने तयारीमा नेकपा, अाेलीले बनाए यस्ताे याेजना
फाेरम र राजपाकाे सरकार ढालेर प्रदेश २ पनि कब्जा गर्ने तयारीमा नेकपा, अाेलीले बनाए यस्ताे याेजना

काठमाडाैं । नवगठित नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नम्बर २ मा अाफ्नै नेतृत्वमा सरकार बनाउने तयारी थालेकाे छ। एमाले र माअाेवादी केन्द्रबीच एकीकरण सम्पन्न गरेर शत्तिशाली पार्टी..

पार्टी एकीकरण भएकै भोलिपल्ट ओलीले खोसे प्रचण्डको ठूलो सपना, यी हुनेभए भावी अध्यक्ष
पार्टी एकीकरण भएकै भोलिपल्ट ओलीले खोसे प्रचण्डको ठूलो सपना, यी हुनेभए भावी अध्यक्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत नेपाल कम्युनिष्ट पार्टीका नेता प्रचण्डको सपनालाई चुनौती दिएका छन्। एमाले नेताहरुका अनुसार ओलीले विष्णू पौडेललाई एकीकृत पार्टीक..

जनार्दन शर्माले ओली–प्रचण्डको नयाँ पार्टी फुटाउँदै, शुक्रबार बिहानै गोप्य बैठक
जनार्दन शर्माले ओली–प्रचण्डको नयाँ पार्टी फुटाउँदै, शुक्रबार बिहानै गोप्य बैठक

काठमाडौं । एमाले र माओवादी केन्द्रलाई मिलाउन पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले चरम असन्तुष्टि जनाएका छन् । नौ सदस्यीय हाइकमाण्डमा सदस्य..

पार्टी एकताको मुख्य डिजाइनरलाई सुरुमै भयो धोखा, एमालेका पौडेललाई पुरस्कार
पार्टी एकताको मुख्य डिजाइनरलाई सुरुमै भयो धोखा, एमालेका पौडेललाई पुरस्कार

काठमाडौं । पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई सुरुवाती चरणमै ठूलो झट्का लागेको छ । एमाले–माओवादी केन्द्रको एकतापछि बनेको &lsqu..