मन्त्रीले नै मागे प्रधानमन्त्री ओलीको राजीनामा, यादवले दिए मुखभरीको जवाफ

नेपाल पाना प्रकाशित: २०७५-२-१ गते | 56240 पटक हेरिएको
मन्त्रीले नै मागे प्रधानमन्त्री ओलीको राजीनामा, यादवले दिए मुखभरीको जवाफ

काठमाडौं। प्रदेश नम्बर दुईका आन्तरिक मामलामन्त्री विजय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतमाथि भएको आलोचनाको औचित्य नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुईका जनताको भावनाअनुसार भारतीय प्रम नरेन्द्र मोदीसामु कुरा राख्दा विरोध गर्न नहुने बताए । “यहाँको समस्या र जनताको भावनाअनुसार मुख्यमन्त्रीले बोल्नुभएको हो । जनताले उहाँलाई मुख्यमन्त्री बनाएका हुन् ।” यादवले भने ।

राष्ट्रिय झण्डाको स्वरुप विगारेर कार्यक्रममा राखिनु केन्द्र सरकारको गल्ती भएको यादवको जिकिर छ । “रक्षामन्त्री ईश्वर पोखरेले केका लागि हेलिकप्टर चढेर यहाँ आउनुभयो ? हामी त कोअर्डिनेशन गर्न मात्रै बसेका थियौँ । चारजना मन्त्रीहरु आएका थिए । झण्डा बिगारिएको किन देखेनन् ? केपी ओलीजीको जिम्मेवारी होइन ?” यादवले भने ।

प्रदेश नम्बर दुईको सरकारको पनि जिम्मेवारी भएको तर केन्द्र सरकारको निर्देशनअनुसार आफूहरु चलेकाले केन्द्र सरकाले पनि जिम्मेवारी लिनुपर्ने उनको तर्क छ ।

“तीनवटै तहको सरकारको गल्ती हो ।” यादवले भने । सबै पक्षले जिम्मेवारी लिने हो भने प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत राजिनामा दिन तयार रहेको यादवको भनाई छ ।

मुख्यमन्त्री राउतको सम्बोधन गलत भए केन्द्र सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि राजिनामा दिनुपर्ने यादवको तर्क छ ।

“उहाँ पनि आउनुभएको थियो । उहाँले पनि राजिनामा दिनपर्छ । यो कुरा उठाउनुस् त । नैतिकताको आधारमा परराष्ट्रमन्त्री ज्ञवालीले राजिनामा दिनुपर्छ ।” उनले भने ।  भारतीय जनता पार्टीका सासंद कीर्ते आजादले जनकपुर भारतको हो भन्नु गलत भएको यादवले बताए ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


ठेक्का लागेको वर्ष दिनपछि सम्झौता
ठेक्का लागेको वर्ष दिनपछि सम्झौता

खोटाङ । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गतको तावाखोलाको सडक पुल निर्माणका लागि ठेक्का लागेको झन्डै वर्ष दिनपछि मात्र सम्झौता भएको छ । करिब रु चार करोडको लागतमा वर..

बिहीबारदेखि पहाडी जिल्लामा चार्टर उडान बन्द
बिहीबारदेखि पहाडी जिल्लामा चार्टर उडान बन्द

नेपालगन्ज । नेपालगन्जबाट प्रदेश ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर उडान बिहीबारदेखि बन्द हुने भएको छ । चार्टर उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि सरका..

अाेली सरकारलार्इ कांग्रेसले दियाे ठाडाे काउण्टर, विज्ञ बाेलाएर निकाल्याे यस्ताे निष्कर्ष
अाेली सरकारलार्इ कांग्रेसले दियाे ठाडाे काउण्टर, विज्ञ बाेलाएर निकाल्याे यस्ताे निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।..

भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात
भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर।  खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ ।  चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार..