एमालेमा यस्तो छ नयाँ वरियताक्रम, को पछि को ?

नेपालपाना प्रकाशित: २०७५-२-१ गते | 5907 पटक हेरिएको
एमालेमा यस्तो छ नयाँ वरियताक्रम, को पछि को ?

काठमाडौँ । नेकपा एमालेले नेताहरुको नयाँ वरियताक्रम सार्वजनिक गरेको छ। पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको वरियताक्रमको अलग अलग अभ्यास एमालेले थालेको छ ।

पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् ।
एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङ माथिल्लो वरियतामा छन् ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल तथा माधव नेपालपछि सुवास नेम्वाङको वरियता कायम भएको छ ।

पार्टी र संसदीय फाँटको वरियता अलग अलग हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
एमाले संसदीय दलको बरियतामा उपनेता नेम्वाङपछि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई छन् ।


सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते
सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

रामेछाप – रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।  मृत्य..

दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन
दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन

काभे्रपलाञ्चोक । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढुंग..

कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या
कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या

उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट शासनमा दण्डहीनता बढ्दै गएपछि आपराधिक घटनामा पनि बढोत्तरी भएको छ । बलात्कार, हत्या, हिंसाका घटना बढिरहेका बेला..

दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते
दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिन्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका..