यसरी चल्दैछ अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा

रासस प्रकाशित: २०७५-२-१ गते | 652 पटक हेरिएको
यसरी चल्दैछ अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा

काठमाडौँ ।  मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञहरुसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसक्नुभएको छ ।

विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिक लगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तरक्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्त, दुरुस्त बनाउन आग्रह गर्नुभयो ।

“विमानस्थलको एयर ट्राफिक जाम व्यवस्थापनकै कमजोरीले भएको हो । एयर रुट वैज्ञानिक बनाइनुपर्छ, आवश्यकताभन्दा बढी रुट कसैलाई दिनु हँुदैन यही व्यवस्थापनका लागि नै २१ घण्टा विमानस्थल चलाउने भनेको हो यसका लागि कर्मचारीमा कुशल व्यवस्थापन र इच्छा शक्ति दृढ चाहिन्छ,” उहाँले भन्नुभयो ।

विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी भएको उल्लेख गर्दै मन्त्री अधिकारीले सेवालाई प्रभावकारी बनाउन थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधामा कुनै कमी हुन नदिन क्यानको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री अधिकारीले विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकको कुनै एक स्थानमा विमानस्थल जसरी पनि बनाएर छाड्ने उद्घोष गर्नुभयो ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले जेठ ७ गतेदेखि विमानस्थललाई २१ घण्टा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका सबै तयारी भएको जानकारी दिनुभयो ।

सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्तिको समेत व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उहाँले उल्लेख गर्नुभयो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको गरिमालाई ध्यानमा राखी सेवालाई चुस्त र प्रभावकारी बनाउगरी जेठ ७ देखि २१ घण्टा सञ्चालनको तयारीमा जुटेको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन क्यानका अध्यक्ष श्रवणकुमार यादवले विमानस्थलको जनशक्ति व्यवस्थापन तथा प्राविधिक पक्षलाई ध्यानमा राखेर विमानस्थल २१ घण्टा सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

विमानस्थलको इलेक्ट्रिकल मेकानिकल एशोसिएशनका उपाध्यक्ष कुमार सुजकुले विमानस्थलको लाइट व्यवस्थापनका लागि विशेष व्यवस्था गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेपाल एयर ट्राफिक सेफ्टी इलेक्ट्रोनिक एशोसिएशनका सचिव रामचन्द्र अधिकारीले एयर ट्राफिक कन्ट्रोलनर अफिसर (एटिसी) को संख्या बढाई क्षमता अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।
हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै सिफ्टमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्ने जनाइएको छ । क्यानसँग देशभरि गरी करीब २५० एटिसी रहेका छन् ।

विमानस्थलमा कहिलेकाहीँ अपर्भmट विद्युत् आपूर्ति बन्द हुँदा जेनेरेटर सञ्चालन गर्न कम्तीमा पनि १० सेकेण्ड समय लाग्ने हुँदा उक्त अवधिमा हवाई दुर्घटना हुन सक्ने खतरा औँल्याउँदै कर्मचारीले त्यो खतराबाट बच्न अनलाइन युपिएस जडान गरिनुपर्नेे सुझाव छ ।

विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकोप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दा बढी उडान भर्दै आएका छन् ।

उडान चापले एयर ट्राफिकका कारण झण्डै एक घण्टा आकाशमा घुम्नुपर्ने (होल्ड) अवस्था रहेको छ । दैनिक एक हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा दुई हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी निकाय एवम् निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ । अहिले दुई सिफ्टमा कर्मचारीहरुले काम गर्दै आएका छन् ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


हुलाकी राजमार्गको नाम डा.केआई सिंहको नामबाट राख्न मोदीको प्रस्ताव, के गर्छन अाेली ?
हुलाकी राजमार्गको नाम डा.केआई सिंहको नामबाट राख्न मोदीको प्रस्ताव, के गर्छन अाेली ?

काठमाडाैँ । माओवादी सांसद अमनला मोदीले हुलाकी राजमार्गको नाम डा।केआई सिंहको नाममा राख्न पनि उनले सुझाव दिएका छन् । त्यसैगरी पहाडी लोकमार्गका नाम रामराजाप्रसाद सिंहको नामबाट रा..

अाेली र प्रचण्डले गरे यति ठुलाे गल्ती, पत्रकारलार्इ नै बनाए नेकपाको केन्द्रीय सदस्य
अाेली र प्रचण्डले गरे यति ठुलाे गल्ती, पत्रकारलार्इ नै बनाए नेकपाको केन्द्रीय सदस्य

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका द्धय अध्यक्ष प्रधानमन्त्री केपी शर्मा अाेली र प्रचण्डले एक अनलाइन न्युज पोर्टल पत्रिकाकाे प्रधान सम्पादकलार्इ  अाफ्नाे पार्टी..

सुन तस्करी प्रकरण : कहाँ सम्म पुग्याे गोरेको बयान ? यस्ताे  छ थप रहस्य !
सुन तस्करी प्रकरण : कहाँ सम्म पुग्याे गोरेको बयान ? यस्ताे छ थप रहस्य !

काठमाडाैँ । विगत चार वर्षदेखि तस्कारी हुँदै आएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीको बयान बिहीबारलाई निरन्तर राखिएको छ। ३८ सय..

नापी अधिकृतसहित दुई जनामाथि मुद्दा दायर
नापी अधिकृतसहित दुई जनामाथि मुद्दा दायर

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुका नापी अधिकृत भागवत साह र कार्यालय सहयोगी खेमराज भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।..