इद्लिब प्रान्त सिरियाली सेनाको नियन्त्रणमा

रासस/सिन्ह्वा प्रकाशित: २०७४-९-२४ गते | 1011 पटक हेरिएको
इद्लिब प्रान्त सिरियाली सेनाको नियन्त्रणमा

दमासकस ।  सिरियाली सेनाले अल कायदा आतङ्ककारीको बलियो गढ मानिने उत्तरपश्चिमी प्रान्त इद्लिबलाई आइतबार नियन्त्रणमा लिएको छ । 

सरकारी सेनाको विशेष टोलीले रणनीतिक महत्वको ठाँउलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको सैन्य अधिकारीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् । 

सिरियाको दक्षिण भागमा पर्ने इद्लिब प्रान्तको सिन्जार र नजिकैको इलाकामा पर्ने स्थानमा अल कायदा आवद्ध लिभेन्ट लिबरेसन कमिटी (एलएलसी) अर्थात नुस्रा फ्रन्टको नामले चिनिने समूहले पराजय भई सेनाको नियन्त्रणमा आएको थियो । 

यसैबीच राजधानी दमासकसदेखि उत्तर पश्चिममा पर्ने युद्धग्रस्त शहर जाबादानीबाट विस्थापित भएकामध्ये १५ सय घरपरिवार फर्किएका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । सो ठाँउ लिबियासँगको सीमा क्षेत्रमा पर्दछ । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र सो गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र आईएस हाबी हुँदै गएको छ । 

यस कारबाहीमा परी सो समयदेखि हालसम्म ४ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखाँै व्यक्ति घाइते भएका छन् भने अरू लाखौँ देशभित्र र छिमेकी देशमा विस्थापित भएका छन् । 


ट्रक दुर्घटनामा १९को मृत्यु, ११ घाइते
ट्रक दुर्घटनामा १९को मृत्यु, ११ घाइते

काठमाडौं । टर्कीको पश्चिमी प्रान्त इज्मीरमा ट्रक दुर्घटनामा १९ जनाको ज्यान गएको छ । आप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको र  ११ जना घाइते भएका अन्तर..

न्यायधिश पत्निलाई सुरक्षाकर्मीद्धारा गोली प्रहार, अवस्था नाजुक
न्यायधिश पत्निलाई सुरक्षाकर्मीद्धारा गोली प्रहार, अवस्था नाजुक

काठमाडौं । भारतमा न्यायधिशको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले न्यायधिशकी पत्नि र छोरालाई गोली हानेका छन् । भारतको भारतको गुरुग्राममा न्यायाधीशको सुरक्षामा खटिएको एक सुरक्..

 भारतमा प्राकृतिक प्रकोप, २१ जनाको मृत्यु, ४ बेपत्ता
 भारतमा प्राकृतिक प्रकोप, २१ जनाको मृत्यु, ४ बेपत्ता

काठमाडौं ।  भारतमा आँधी आउँदा २१ जनाको मृत्यु भएको छ । भारतको उडिसा राज्यमा आएको आँधीका कारण २१ जनाको मृत्यु भएको र ४ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जानकार..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की!
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की!

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई इमेलमार्फत् ज्यान मार्ने धम्की दिइएको हो । उनलाई दिइएको ज्यान मार्ने धम्की दिल्ली प्रहरीक..