‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’

नेपाल पाना प्रकाशित: २०७५-२-६ गते | 11351 पटक हेरिएको
‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’

चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक्षको रुपमा देखिएको छ । यिनै सन्दर्भमा ऋषि धमलाले कांग्रेस नेता अर्जुननरसिंह केसीसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार छ । अब नेपाली कांग्रेसको भूमिका के हुन्छ ?
नेपाली कांग्रेस प्रतिपक्षमा छ । कांग्रेसले लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेको पार्टीलाई जनताले प्रतिपक्षको भूमिका दिएको छ । प्रतिपक्षमा रहेर पहरेदारको भूमिका खेल्छ । सरकारको कामलाई गुण र दोषका आधारमा खबरदारी गर्छौँ ।

देश नै कम्युनिष्टमय भयो । प्रधानमन्त्री केपी ओलीले दश वर्षमा देशको मुहार फेर्ने दाबी गर्नुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?
ओली देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँको भनाईमाथि टिप्पणी गर्न चाहन्न । हामी पनि देशको विकास नै चाहन्छौँ । तर उहाँ कहिले के भन्नुहुन्छ ठेगान हुँदैन । देशको जिम्मेवार प्रधानमन्त्रीले ठट्टा र जोक्स गर्नुहुँदैन । प्रजातन्त्रको यो अवस्थामा वामपन्थीलाई पनि कांग्रेसले नै पुर्याएको हो । अहिले च्यवनप्रास र वर्नभिटाको कुरा गर्नुपर्दैन । हिजोको निरङ्कुश र सर्वसत्तावादी शाषन हामीले नै हटाएको हो ।

कम्युनिष्ट एकतालाई कसरी लिनुहुन्छ ?
उहाँहरुको एकतालाई त हामीले सकारात्मक रुपमा लिएका छौँ । कसले के भन्यो त्यो व्यक्तिगत कुरा हो । मिल्नुपथ्र्यो, मिल्नुभयो, त्यसलाई हार्दिकताका साथ स्वागत गर्छौँ । उहाँहरुको जुन प्रतिवद्धता छ त्यो अनुसारको काम होस् । हामी प्रतिपक्ष पनि हौँ, प्रतिस्पर्धी पनि हौँ । उहाँहरुको एकताले कांग्रेसभित्रको विकृति, मनोमानीलाई तोडेर नयाँ रणनीतिमा जान बाध्य बनाएको छ । यो हाम्रा लागि सकारात्मक कुरा हो ।

केपी ओलीसँग दुई तिहाई बहुमत छ । शक्तिशाली प्रधानमन्त्रीलाई कसरी खबरदारी गर्न सक्नुहुन्छ ?
प्राविधिक रुपमा उहाँ बलियो हुनुहोला । देशको प्रधानमन्त्री शक्तिशाली होस भन्ने हामी पनि चाहन्छौँ । आवश्यकताअनुसार समर्थन र खबरदारी गछौँ । कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन । सकारात्मक ढंगले देशको विकासमा योगदान दिन सक्छौँ । हामी विरोधको नाममा विरोध गर्दैनौँ ।

केपी ओलीले त अब कांग्रेस प्रतिस्र्धी नै रहेन भन्नुभयो नि ?
केपी ओली नेतृत्वको सरकार प्रतिपक्ष नै स्विकार नगर्ने निरङ्कुशतार्फ उन्मुख भएको हो ? प्रतिपक्ष भनेको संख्याका आधारमा बलियो वा कमजोर हुने होइन । यो त लोकतान्त्रिक मूल्य मान्यताका आधारमा बलियो हुन्छ । वर्तमान संविधान मान्दा प्रतिपक्ष पनि मान्नुपर्छ । जनमतको दृष्टीकोणले पनि हामी कमजोर छैनौँ । संविधानविपरित प्रतिपक्षलाई जिस्क्याएर प्रतिपक्षविहिन भन्दै हिँड्ने ? यो त अलोकतान्त्रिक पद्धतिको उदाहरण हो कि होइन ?

कांग्रेस आन्तरिक रुपमा नै कमजोर छ । विवाद छ । सत्तापक्षलाई दोष दिएर हुन्छ ?
कांग्रेसको अहिलेको आन्तरिक विवाद र द्धन्द्ध आफ्नो ठाउँमा छ । अहिलेको कार्यशैली, सोच र नेतृत्वबाट कांग्रेसमा सुधार हुँदैन भन्ने कुरा त मैले नै भनिरहेको छु नि । म नै पार्टी सुधारको लडाई लडिरहेको छु ।

तपाई सभापति शेरबहादुर देउवाको विपक्षमा उभिनुभएको हो ?
म पक्ष विपक्षभन्दा पनि सुधारको पक्षमा छु । तर अहिलेको नेतृत्वले अबको बाटो तय गर्न सक्दैन कि भन्ने हो । पार्टीभित्र सामुहिकता र पद्धति विकास गरौँ । गल्ती गरे पनि त्यसलाई सच्याउनुपर्छ । म अहिलेको नेतृत्वको होइन, शैलीको विपक्षमा हो । गिरोहवादबाट पार्टी चल्न सक्दैन भन्ने मेरो ठहर हो ।

सुधारका लागि नेतृत्व तयार हुन्छ त ?
नेतृत्व तयार होला, नभए तयार गरिएला । त्यो परिस्थितीअनुसार हाम्रो आन्तरिक कुरा मिलाउँछौँ ।

सभापति देउवाले म शक्तिशाली छु, मैले जे गर्या त्यही हुन्छ भन्नुभएको छ । यसरी पार्टीमा सुधार हुन्छ ?
देउवाले के भन्नुभयो मलाई थाहा छैन । तर संसारमा म नै राज्य हुँ, राज्य नै म हुँ भन्नेहरु त रहेनन् । यदी त्यसो भनेको हो भने आफ्नै पतनलाई आमन्त्रण गरेको हुनेछ ।


नेता वामदेवले भने ‘संसदमा म जस्तो नेता को छ ?’, प्रधानमन्त्री परे जिल्ल!!!
नेता वामदेवले भने ‘संसदमा म जस्तो नेता को छ ?’, प्रधानमन्त्री परे जिल्ल!!!

काठमाडाैँ । नेपाल (साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छ..

यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता
यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता

मधेस केन्द्रित दलहरूले सिङ्गो तराईलाई ‘एक मधेस एक प्रदेश’ नारासहित आन्दोलन चर्काइ रहेका बेला जन्मिएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तत्कालीन नेकपा (एमाले)मा..

मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)
मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजस्थानी पोशाक लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी गरेको टिप्पणी गरेका छन..

पदाधिकारी मनोयनमा देउवाले एकलौटी गरेपछि गर्जिए डा. शेखर कोइराला: आयो यस्तो प्रतिक्रिया, अब के होला?
पदाधिकारी मनोयनमा देउवाले एकलौटी गरेपछि गर्जिए डा. शेखर कोइराला: आयो यस्तो प्रतिक्रिया, अब के होला?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै असहमतिकाबीच पदाधिकारी मनोनयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प..