प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कसकाे कति छ ?

रासस प्रकाशित: २०७५-२-९ गते | 1532 पटक हेरिएको
प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कसकाे कति छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले आज सम्पत्ति सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा ४२ लाख रुपैयाँबाहेक बाँकी सबै सम्पत्ति श्रीमती राधा शाक्यको नाममा रहेको देखाइएको छ । रु ४२ लाख भने प्रधानमन्त्री ओलीले तलबमार्फत आर्जन गरेको भनी उल्लेख गरिएको छ । यस्तै, श्रमती राधाको नाममा भक्तपुरमा डेढ रोपनी र झापामा १० कठ्ठा जमिन रहेको छ । भक्तपुरमा एक रोपनीमा बनेको ढाई तलाको पक्की भवन समेत सम्पत्ति विवरणमा देखाइएको छ । राधाका नाममा रहेका सबै सम्पत्ति स्वआर्जन भनी उल्लेख गरिएको छ ।

यस्तै, राधाको नाममा रु १० लाख माछापुच्छे बैंक र प्रभु बैंकमा रहेको देखाइएको छ । उहाँको नेपाल राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी हुँदा रु २५ लाख राष्ट्रिय बचत पत्रमा रहेको उल्लेख गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा र टोखामा पैतृक घर तीन तले घर रहेको सम्पत्ति विवरणमा देखाइएको छ । मन्त्री पोखरेलको नाममा इन्भेष्टमेन्ट बैंकमा सात लाख रुपैयाँको शेयर रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाकीे श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा एक कठ्ठा ०।७५ धुर जग्गा रहेको छ । सम्पत्ति विवरणमा सुन छ तोला र नगद तीन लाख रहेको देखाइएको छ ।

त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको चार आना जमीनमा काठमाडौँमा बनेको दुई तले पक्की घर रहेको छ । रु दुई लाख ५७ हजार एभरेष्ट र रु दुई हजार कृषि विकास बैकमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको रु एक करोड ४९ लाख बराबरको जग्गा रहेको छ । उक्त रकम बराबरको जग्गा डा खतिवडा र श्रीमतीको संयुक्त नाममा रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको मोरङ विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँले आफूसँग पुरानो एक थान साइकल रहेको पनि जनाउनुभएको छ । त्यसैगरी, कानूनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर रहेको छ । मन्त्री तामाङको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


अन्ततः व्यापारीसँग झुक्यो ओली सरकार, एक सातामै निर्णय फेरियो
अन्ततः व्यापारीसँग झुक्यो ओली सरकार, एक सातामै निर्णय फेरियो

काठमाडौं । सुशासन र समृद्धिको कुरा गरिरहेको केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापारीसँग घुँडा टेकेको छ। प्रसंग हो बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्..

सरकारले गर्याे अायकरमा हेरफेर, कति कमाउनेले कति कर तिर्नुपर्छ ?
सरकारले गर्याे अायकरमा हेरफेर, कति कमाउनेले कति कर तिर्नुपर्छ ?

काठमाडौं । वामपन्थीकाे कम्युनिष्ट सरकारले आयकरका ब्यापक हेरफेर गरेको छ। ‘नेपाल सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वायन गर्न बनेको विधेयक’मा आयकरसम्बन्धित प्..

बजेट ल्याएकै ओली सरकारलाई लाग्यो ठूलो झट्का, बजारमा एकाएक देखियो असर
बजेट ल्याएकै ओली सरकारलाई लाग्यो ठूलो झट्का, बजारमा एकाएक देखियो असर

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।  नेपाल स्टक एक्स्चेन्जका..

अागामी अार्थिक वर्षकाे लागि १३ खर्ब १५ अर्ब १४ करोडकाे बजेठ(पूर्णपाठ)
अागामी अार्थिक वर्षकाे लागि १३ खर्ब १५ अर्ब १४ करोडकाे बजेठ(पूर्णपाठ)

काठमाडौं । सरकारले अागामी आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌काे संयुक्त बैठकमा मंगलबार बजेट प्रस्तुत गरेका छन्।..