सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता, यस्ताे भयाे सहमति

रासस प्रकाशित: २०७५-२-९ गते | 5349 पटक हेरिएको
सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता, यस्ताे भयाे सहमति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा संसद् नियमावली, संसदीय समिति गठन, संसद्को अन्तरिम कायविधि, सरकारको नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने विषयमा सहमति गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गर्नुभयो ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ सहभागी हुनुभएको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी दलकातर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र डा मीनेन्द्र रिजाल सहभागी हुनुहुन्थ्


ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा
ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा

जुम्ला । संघीय सरकारले आवश्यक ऐन कानून नबनाउँदा प्रदेश सरकार अन्योलमा परेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् । संघमा रहेको प्रधानम..

चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते
चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते

चितवन – इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्..

दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू
दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू

काठमाडौं । विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दि..

सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..