ठेक्का लागेको वर्ष दिनपछि सम्झौता

रासस प्रकाशित: २०७५-२-९ गते | 772 पटक हेरिएको
ठेक्का लागेको वर्ष दिनपछि सम्झौता

खोटाङ । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गतको तावाखोलाको सडक पुल निर्माणका लागि ठेक्का लागेको झन्डै वर्ष दिनपछि मात्र सम्झौता भएको छ ।

करिब रु चार करोडको लागतमा वर्ष दिनभित्र सम्पन्न गर्ने गरी नेशनल–सिद्धिसायी–महावीर निर्माण कम्पनी र जिल्ला प्राविधिक कार्यालय खोटाङबीच वर्षदिनपछि पुल निर्माणको सम्झौता भएको हो ।

अघिल्लो वर्षको जेठ अन्तिम साता बोलपत्र आह्वान गरी असारको तेस्रो साता सम्बन्धित निर्माण कम्पनीलाई आशयपत्र दिए पनि विभिन्न बहानामा सम्झौता हुन सकेको थिएन । कतिपयले भने ठेकेदार र कर्मचारीबीच कमिसनको मोलमोलाई नमिलेपछि सम्झौता हुन नसकेको आरोप लगाउँदै आएका थिए ।

ठेक्का लागेपनि सडक पुल नबन्दा दिप्रुङ चुइचुम्मा सडकसमेत अवरुद्ध छ । यसले यात्रुलाई मात्र नभई विकास निर्माणका काममा समेत बाधा पुगेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

तावाखोलामा पुल नबन्दा वैशाख पहिलो साता आएको बाढीले बा २ ख ४८९६ नं को बस बगाएको थियो । त्यसो त यो सडकखण्डमै पर्ने साप्सुखोलाको पुल निर्माणसमेत दुई वर्षदेखि अलपत्र परेको छ । यसले नियमित यातायात संचालनमा समस्या भएको छ । पुल निर्माण कम्पनीको बेवास्ताले स्थानीयले सास्ती खेप्नुपरेको छ । यसबारेमा पटकपटक पहल गर्दासमेत निर्माणमा संलग्नले बेवास्ता गरेको जनप्रतिनिधिको भनाइ छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोलामा दुई वर्षअघि निर्माण थालिएको सडक पुल अलपत्र परेपछि निर्माण कम्पनी सम्बद्धमाथि कारबाहीको मागसमेत भएको छ । यद्यपि अहिलेसम्म त्यसको सुनुवाइ हुन सकेको छैन ।

दुई वर्षदेखि पुल अलपत्र परेपनि सम्बन्धित निकाय चुप लागेर बसेको नेकपा (माले)का केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताउनुभयो । जिल्ला प्राविधिक कार्यालयमार्फत सरकारको डेढ करोड लागतमा १८ महिनामा सक्ने गरी २०७३ वैशाखमा सम्झौता गरिएको यो पुल अहिलेसम्म पनि बन्न सकेको छैन ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!
अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!

काठमाडाैँ । १ भदौ नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नांङ्गै प्रदर्शन गरेका छन् । ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागू गर, नत्र मुलुकी ऐन संशोधन गर र रा..

पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !
पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारको एकलौटी निर्णय र सर्वसत्तावादी रवैयाका कारण निजी क्षेत्र उपक्षेति हुन पुगेका छन्। उनले लगानीका लागि..

ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!
ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको एक निर्णयले उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्षले कुनै पद नपाउने उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष निराश भएका छन्। साउन २४ गते गरिएको एक नि..

विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!
विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!

काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले काे-काे संग चन्दा उठाएकाे गाेप्य कागजात प्रहरीले फेला पारेकाे छ। प्रकाण्ड एक..