ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा, कहिले हुन्छ अब?

रासस÷सिन्ह्वा प्रकाशित: २०७५-२-१० गते | 2038 पटक हेरिएको
ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा, कहिले हुन्छ अब?

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरिएको बताउनुभएको छ ।

किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराउनु भएको हो ।
उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गर्नुभएको छ ।
“दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरुका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु,” ट्रम्पले पठाउनु भएको पत्रमा लेखिएको छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेपछि उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको हो ।
 

 

 


ट्रक दुर्घटनामा १९को मृत्यु, ११ घाइते
ट्रक दुर्घटनामा १९को मृत्यु, ११ घाइते

काठमाडौं । टर्कीको पश्चिमी प्रान्त इज्मीरमा ट्रक दुर्घटनामा १९ जनाको ज्यान गएको छ । आप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको र  ११ जना घाइते भएका अन्तर..

न्यायधिश पत्निलाई सुरक्षाकर्मीद्धारा गोली प्रहार, अवस्था नाजुक
न्यायधिश पत्निलाई सुरक्षाकर्मीद्धारा गोली प्रहार, अवस्था नाजुक

काठमाडौं । भारतमा न्यायधिशको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले न्यायधिशकी पत्नि र छोरालाई गोली हानेका छन् । भारतको भारतको गुरुग्राममा न्यायाधीशको सुरक्षामा खटिएको एक सुरक्..

 भारतमा प्राकृतिक प्रकोप, २१ जनाको मृत्यु, ४ बेपत्ता
 भारतमा प्राकृतिक प्रकोप, २१ जनाको मृत्यु, ४ बेपत्ता

काठमाडौं ।  भारतमा आँधी आउँदा २१ जनाको मृत्यु भएको छ । भारतको उडिसा राज्यमा आएको आँधीका कारण २१ जनाको मृत्यु भएको र ४ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जानकार..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की!
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की!

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई इमेलमार्फत् ज्यान मार्ने धम्की दिइएको हो । उनलाई दिइएको ज्यान मार्ने धम्की दिल्ली प्रहरीक..