यो हो मोदीको कमाल, जनकपुर र मुक्तिनाथमा भारतीय भक्तजनको घुइँचो

नेपाल पाना प्रकाशित: २०७५-२-१३ गते | 3018 पटक हेरिएको
यो हो मोदीको कमाल, जनकपुर र मुक्तिनाथमा भारतीय भक्तजनको घुइँचो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसँगै भारतीय पर्यटकहरू नेपाल आउने क्रम बढेको छ । विशेष गरेर मोदीले जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेपछि त्यसको महत्व भारतमा अत्याधिक भएको हो ।

मोदीले जानकी मन्दिरमा पूजा गरेको जानकारी पाएपछि भारतीय पर्यटकहरू जनकपुरधाममा ओइरिएका छन् । भारतीय पर्यटकहरू धेरै आएपछि होटेल, लज र धर्मशालामा बस्न समेत अपर्याप्त भएको स्थानीयले बताएका छन् ।

नेपालका धार्मिकस्थलको भ्रमणमा मोदीले देखाएको रुचिले भारतीय पर्यटकलाई पनि ती स्थानमा जान हौसला मिलेको हो । मोदीले अघोषित रुपमा मुक्तिनाथ, जानकी मन्दिर र पशुपतिनाथ मन्दिरमा आएर दर्शन गर्न भारतका जनतालाई निम्तो दिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल बनाउन सबै तयारी गरेका थिए । यो भ्रमणले ओली र मोदीबीच बिग्रिएको सम्बन्धलाई सुधार गर्नुका साथै असमझदारीहरू हटाइदिएको थियो । ओली स्वयंले पनि यो विषयलाई स्पष्ट पारिसकेका छन् ।


ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा
ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा

जुम्ला । संघीय सरकारले आवश्यक ऐन कानून नबनाउँदा प्रदेश सरकार अन्योलमा परेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् । संघमा रहेको प्रधानम..

चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते
चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते

चितवन – इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्..

दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू
दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू

काठमाडौं । विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दि..

सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..