प्रदेश २ मा तत्काल विश्वासको मत लिनु नपर्ने

रासस प्रकाशित: २०७५-२-१५ गते | 2283 पटक हेरिएको
प्रदेश २ मा तत्काल विश्वासको मत लिनु नपर्ने

महेन्द्रनगर, धनुषा। प्रदेश २ मा लालबाबु राउत नेतृत्वको सरकारलाई अहिले तत्काल विश्वासको मत लिनु नपर्ने स्थिति देखिएको छ । 

प्रदेश २ का सभामुख सरोज यादवले गठबन्धन दल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत माग्नु पर्ने स्थिति आउने बताउनुभयो । 

सभामुख यादवले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री राउत नेतृत्वको गठबन्धन तत्काल नढल्ने बताउनुभयो । उहाँका अनुसार कानूनतः सरकार बाहिर रहेका दलले समर्थन फिर्ता लिँदा कुनै असर पर्दैन । 

सभामुख यादवले भन्नुभयो, “राजपाले पनि समर्थन फिर्ता लिएको भए मुख्यमन्त्रीले विश्वासको मत लिनुपथ्र्यो तर, अहिले त्यो अवस्था छैन । राजपा सरकार मै छ ।” 

नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब प्रमुख प्रतिपक्षी बन्न पुगेको छ । सदनमार्फत सरकारको समर्थन फिर्ता लिएपछि कानूनतः अब नेकपा प्रतिपक्षी दल बनेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सदनमा नेकपाको सदस्य संख्या ३२ छ । अहिलेसम्म प्रमुख प्रतिपक्षीको हैसियत पाएको काँग्रेससँग १९ सांसद छन् । नेकपा ठूलो प्रतिपक्षी दल बनेपछि अब यो हैसियत उसले नै पाउने प्रदेशसभा सचिवालयले जनाएको छ । अब हुने सदनको बैठकमा नेकपालाई प्रमुख प्रतिपक्षी दल बनाउने तयारी सरकारले गरेको बताइएको छ । 

काँग्रेस प्रदेशसभा संसदीय दलका नेता रामसरोज यादवले अब नेकपालाई प्रमुख प्रतिपक्षी दल बनाउँदा आपत्ति नहुने बताउनुभयो । प्रदेशसभामा १०७ सिट छ जसमा फोरम–राजपा गठबन्धनसँगै सरकार गठनका लागि आवश्यक संख्या छ । 

सरकार गठनका लागि ५४ सिटको आवश्यकता पर्छ । गणितीय आधारमा बाँकी सबै दल एक हँुदा पनि सरकार गठनका लागि आवश्यक सिट संख्या अपुग हुने देखिन्छ । नेकपा, काँग्रेस, संघीय समाजवादी पार्टी र स्वतन्त्रको सिट संख्या जोड्दा ५३ मात्र पुग्छ । 

यता प्रदेशसभाको आइतबारको बैठकमा राजपा नेता मनिष सुमनले सरकारबाट हालसम्म विभिन्न कमीकमजोरी भएको भन्दै आलोचना गर्नुभएको थियो । 

उहाँले भन्नुभयो, “हामीले सरकारलाई समर्थन दिनुको अर्थ आफ्नो हात बाँधेको होइन, सरकारले जनभावनाअनुरुप काम गर्न सकेन भने हामी पनि सोच्न बाध्य हुनेछौँ ।”

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


कांग्रेसले उठायाे यस्ताे मुद्दा, कम्युनिष्ट सरकारकाे हल्लियाे शासन सत्ता
कांग्रेसले उठायाे यस्ताे मुद्दा, कम्युनिष्ट सरकारकाे हल्लियाे शासन सत्ता

विराटनगर । नेपाली कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले नेपाली जनताले चाहेकाे कुरालार्इ पार्टीले मुद्दा बनाएर उठाउने बताएका छन्। उनले हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो ज..

अाेली सरकारकाे यसरी हुँदैछ कन्तविजाेक, महिला नै अर्धनग्न भएर नयाँ एेन विरुद्ध उत्रिए
अाेली सरकारकाे यसरी हुँदैछ कन्तविजाेक, महिला नै अर्धनग्न भएर नयाँ एेन विरुद्ध उत्रिए

काठमाडौँ – बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर..

प्रचण्डपछि ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवा पक्राउ
प्रचण्डपछि ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवा पक्राउ

काठमाडौं । प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने आधा दर्जन युवालार्इ प्रहरीले पक्राउ गरेकाे छ। प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्री..

अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसकारण गरे यी प्रेमीले हत्या
अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसकारण गरे यी प्रेमीले हत्या

मोरङ । मोरङमा एक युवकले डेटिङमा बोलाएर आफ्नो प्रेमिकालाई बिभत्स तरिकाले हत्या गरेका छन् ।   जिल्लाको ग्रामथान गाँउपालिका ५ सिद्राहाका ३० वर्षिय दिनेश भट्टराईले उनको प..