सुन तस्करीको ‘ठूलो माछा’ प्रधानमन्त्री नै भएको खुलासा ! 

नेपाल पाना प्रकाशित: २०७५-२-१८ गते | 1176880 पटक हेरिएको
सुन तस्करीको ‘ठूलो माछा’ प्रधानमन्त्री नै भएको खुलासा ! 

काठमाडौं । संसद बैठकमा सुन तस्करको ‘ठूलो माछा’बारे प्रधानमन्त्रीमाथि नै प्रश्न उठेको छ। नेमकिपाबाट निर्वाचित सांसद प्रेम सुवालले साढे ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन् भन्दै संसदमा प्रश्न उठाएका हुन्। 

३३ किलो सुन तस्करीबारे सभामुख महोदय अर्थमन्त्री भएका बेला भन्नुभएको म त भुरा मात्र हुँ, धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिर आँउछ,’ सुवालले भने, ‘अहिले यो विषय सामाजिक सञ्जालमा पुनः छाएको छ, मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त होला नि ?

सुन तस्कर प्रकरणमा गोरे पक्राउ परेसँगै एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका बेला सांसद सुवालले संसदमै प्रश्न उठाएका हुन्। यसबाट प्रधानमन्त्री नै शंकको घेरामा परेका छन्। 

प्रहरीभन्दा चोर अगाडि बढ्नु पुँजीवादी गणतन्त्रकै कारण भएको टिप्पणी गर्दै सांसद सुवालले भारतमा ७० वर्ष अगाडिदेखि देखिएको यो प्रवृत्ति नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षमा नै देखिएको बताए। उनले नेपाली पानीजहाज र नेपालमा रेल कुदाउनु ठूलो कुरा नभएको भन्दै बालुवाटारलाई ठगहरुबाट जोगाउनुपर्ने तर्क गरे।


भोलि हुँदैछ ओली सरकारका मन्त्री फेर्ने कुरा, गृहमन्त्री बादलदेखि को–को छन् खतरामा ?
भोलि हुँदैछ ओली सरकारका मन्त्री फेर्ने कुरा, गृहमन्त्री बादलदेखि को–को छन् खतरामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट सरकारप्रति दिनदिनै असन्तुष्टि बढ्दै जान थालेपछि अन्ततः सरकारका मन्त्री फेरिने भएका छन् । भोलि आईतबार हुने नेपाल कम्युनि..

ओली सरकारमाथि गम्भीर आरोप, समाजमा सरकारको यस्तो ताण्डब नृत्य !
ओली सरकारमाथि गम्भीर आरोप, समाजमा सरकारको यस्तो ताण्डब नृत्य !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुईतिहाईको दम्भ देखाएर लोकतान्त्रिक..

कांग्रेसले जितेको नगरपालिकामा थोरै खर्चमा बन्दैछ कार्यालय भवन, सरकारी बजेट बच्यो
कांग्रेसले जितेको नगरपालिकामा थोरै खर्चमा बन्दैछ कार्यालय भवन, सरकारी बजेट बच्यो

वालिङ । नेपाली कांग्रेसका नेता छायाराम खनालले नगर प्रमुख (मेयर) पदमा जितेको स्याङ्जाको भिरकोट नगरपालिकामा सरकारी बजेट बचाएर कार्यालय भवन बन्न शुरू भएको छ । आफ्नै भवन नभएर स..

बडादशैं हर्षाेल्लासपूर्वक मनाइँदै, दशमीको टीका साइत ०९ बजेर ५१ मिनेटमा
बडादशैं हर्षाेल्लासपूर्वक मनाइँदै, दशमीको टीका साइत ०९ बजेर ५१ मिनेटमा

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।  दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज..