पूर्व एमाले उपेन्द्र यादवले घुँडा टेक्ने, संघीय फोरम बिघटन हुँदै

नेपाल पाना प्रकाशित: २०७५-२-२१ गते | 25744 पटक हेरिएको
पूर्व एमाले उपेन्द्र यादवले घुँडा टेक्ने, संघीय फोरम बिघटन हुँदै

काठमाडौं  । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पनि मिसिने भएको छ । नेकपा र फोरमका नेताहरूबीच पार्टी एकीकरणलाई लिएर अनौपचारिक छलफल सुरु भइसकेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी भइसकेको छ । कुराकानी भए पनि एकताको प्रक्रियाले अझै आकार लिन नसकेको संघीय फोरमका एक नेताले बताए । ‘हामी सम्मानजनक अवस्थामा नेकपासँग पार्टी एकता गर्न चाहन्छौँ’, ती नेताले भने, ‘नेकपाबाट कस्तो कुरा आउँछ ।’

संघीय फोरमका नेताहरूले पार्टी एकीकरणमा नेकपाद्वारा औपचारिक प्रस्ताव आयो भने कुरा अगाडि बढाउन सहज हुने बताएका छन् ।
दुवै पार्टीमा कम्युनिस्टहरू भएको र दुवै पार्टीबीच आर्थिक क्रान्ति गर्दै समाजवाद स्थापना गर्ने प्रमुख दायित्व भएकाले राजनीतिमा असम्भव केही नभएको नेताहरूको भनाइ छ । फोरमले उठाउँदै आएको मुद्दाका साथै सिद्धान्त, विचार एवं नीति तथा कार्यक्रम मिल्ने पार्टीसँग एकता हुने बताइएको छ ।

फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन् । फोरम नेपालको अध्यक्ष हुनुअघि उनी तत्कालीन नेकपा (एमाले) हुँदै नेकपा (माओवादी) राजनीतिमा सक्रिय थिए ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (गैरसरकारी संस्था) गठन गरेर मधेस आन्दोलनमार्फत चर्चामा आएका फोरम नेपालका अध्यक्ष यादव नेतृत्वको पार्टीमा अहिले तत्कालीन एमालेमा रहेका जनजाति समुदायका नेताको बाहुल्य छ ।

एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी गठन गरेका जनजाति समुदायका नेताको नेतृत्व गर्ने अशोक राईलगायतका नेता अहिले फोरम नेपालमा निर्णायक नेतृत्वमा छन् ।

फोरम अध्यक्ष यादव आँफै कम्युनिस्ट हुन् र फोरममा पूर्वएमालेका कम्युनिस्ट नेताहरूको निर्णायक सहभागिता हुनुले फोरम र नेकपाबीचको पार्टी एकता सम्भव रहेको एक नेताले बताए । फोरम नेपालमा रहेका कतिपय नेता पुनः एकीकृत नेकपामै फर्किन चाहनुले पनि एकता सम्भव रहेको बताइएको छ ।
संघीय सरकारको नेतृत्व गरिरहेको नेकपासँग १७४ सिट छ भने फोरम नेपालसँग १६ र राजपा नेपालसँग १७ सिट रहेको छ ।

फोरम नेपाल सरकारमा सहभागी भएपछि सरकारसँग १९० सिट भएको छ । प्रतिनिधिसभाको जम्मा संख्याको ६९ दशमलव ९ प्रतिशत हो ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल
डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

काठमाडौं । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पि..

ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी
ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

काठमाडौं । पछिल्लो समय नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम..

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि
नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्..

पूर्वयुवराज पारस प्रहरीको फन्दामा....
पूर्वयुवराज पारस प्रहरीको फन्दामा....

काठमाडौं । घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । ब..