संसदमै टेकेर संसदीय अभ्यासको अन्त्य गर्ने यस्तो छ प्रचण्डको तयारी, बाबुराम र उपेन्द्रको पनि साथ

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-२-२२ गते | 12216 पटक हेरिएको
संसदमै टेकेर संसदीय अभ्यासको अन्त्य गर्ने यस्तो छ प्रचण्डको तयारी, बाबुराम र उपेन्द्रको पनि साथ

काठमाडौं  ।  नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधन मार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासनका लागि बाटो खुलाउने भएको छ ।  

संसदमा दुई तिहाई समर्थन पुर्याउनका लागि संघीय समाजवादी फोरमसँग एकीकरण नै गर्ने सुरु कसेको नेकपाले यस व्यवस्था पारित गराउन दुई तिहाई बहुमतको एकल सरकार बनाउने तयारी पनि गरेको हो । 

फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भइसकेका छन् । उनलाई नेकपाको सचिवालयमा राख्दै एकीकरणका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरिसकेका छन् ।

फोरमसँगै नयाँ शक्ति पार्टी नेपालसँग पनि एकीकरणको तयारी नेकपाले गरेको छ । नयाँ शक्ति संयोजक डा। बाबुराम भट्टराई प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षधर हुन् ।

‘अब विचार मिल्नेसँग एकीकरण गरेर कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुनेगरी नै संविधान संशोधन हुनेछ जसले स्थायी सरकार र विकासको गति लिने विश्वास नेकपाले लिएको छ’, उच्च स्रोतले भन्यो,‘अहिलेसम्मको राजनीतिक अस्थिरता र गतिहिनता संसदीय व्यवस्था र त्यसमा पनि कमजोर अवस्था रहेका कारण भएको ठहरसँगै यस्तो तयारी गरिएको हो ।’

बहुसंख्यक कम्युनिस्ट रहेका कारणले साम्यवादी यात्रामा जान यतिबेला नै सहज अवसर भएको ठान्दै ओली–प्रचण्डले यस अभियानमा मलजल गरेका छन् । जसमा यादव र भट्टराईको पनि साथ रहने पक्का भइसकेको छ ।

‘यो ठ्याक्कै चीनको मोडलमा पनि जाँदैन, उत्तर कोरियाको मोडलमा पनि जाँदैन । मौलिक मोडलको दरिलो अभ्यास हुनेछ’, स्रोतले भन्यो,‘यस विषयमा नेताहरूबीच समझादारी बनेको छ । अब कम्युनिस्ट एकीकरणका लागि अझै सशक्त आह्वानको तयारी भएको छ । विचार मिल्नेहरू त आइ हाल्छन् ।’

संसदमै टेकेर संसदीय अभ्यासको अन्त्य गर्ने परिकल्पना प्रचण्डले नै गरेका हुन् । शान्ति प्रक्रिया र चुनाव मार्फत ०६४ सालमा सरकारको नेतृत्व गर्दा संसदीय अभ्यासमा कमजोर हुँदा काम गर्न नसकेको अवस्थालाई प्रचण्डले निर्वाचन, पार्टी एकीकरणसहित बहुमतमा उभिएर गर्न लागेका हुन् ।

‘त्यसबेला हामीले केही चलाउन पाएनौ, मिलिटरी फोर्सजस्तो एक्कासी हस्तक्षेपको तयारीमा थियौं । तर, अब जनताको शक्तिका आधारमा जनयुद्ध सुरु गर्दाको लक्ष्यलाई हात पार्ने योजना अध्यक्षको हो’, स्रोतले भन्यो ।

त्यसो त प्रत्यक्ष निर्वाचित राष्ट्रपति लक्ष्य नै रहेको प्रचण्डले बताइसकेका छन् । अहिले सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रमुख राख्नेमा सहमत भएका कारणले नै यस्तो सम्भव हुने देखिएको छ ।

चुनावी घोषणापत्रमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, एमालेले प्रधानमन्त्री र फोरमले प्रमुख भनी जनतामाझ पुगेका थिए । माओवादी र एमालेको एकीकरणपछि कम्युनिस्ट पार्टीको समान धारणा बनेको छ भने गठबन्धनमा सामेल भएको फोरमसहित संसद र सरकारमा दुई तिहाई बहुमत पुगिसकेको छ ।

प्रचण्डले राष्ट्रपतीय प्रणाली पक्षधर सबै शक्तिहरू सरकारमा रहेकोले आउँदो चुनाव अगाडि नै संविधान संशोधनमार्फत राष्ट्रपतीय प्रणाली घोषणा गर्ने बताए । गणतन्त्र ल्याउन कम्युनिष्टहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने,‘गणतन्त्रको रक्षा गर्छौँ, अटोक्रेसीतिर त जाने सम्भावना नै छैन, आम नेपाली ढुक्क हुनुहोस् ।’

उनले सरकारलाई दुई तिहाई मत प्राप्तभएसँगै विगतमा भएका राजनीतिक सहमतिअनुसार संविधान संशोधनको बाटो खुलेको बताए । उनले भने,‘अब मधेशका मुद्दा पनि संविधान संशोधनमार्फत समाधान हुनेछन् । संघीय समाजवादी फोरमको सरकारमा सहभागितासँगै प्रदेश नं २ मा कसैले चलखेल गरी अस्थिरता मच्चाउने हुन् कि भन्ने डर र खतरा समेत टरेको उनले बताए ।

‘दुई कम्युनिष्टको एकताले अन्तराष्ट्रिय रुपमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्जल देखाइदिएको छ, दुई कम्युनिष्ट पार्टी एकतासँगै जिम्मेवारी र चुनौति पनि पनि थपिएका छन्’, उनले भनेका छन् ।

प्रचण्डको यो भनाईले नेपाल कम्युनिस्ट शासनतिर बलियो हिसाबले अघि बढिसकेको संकेत गरेको छ । यादवको पृष्ठभुमी पनि एमाले, माओवादी हुँदै मधेस आन्दोलनको रहेका कारणले कम्युनिस्ट शासन स्थातिप गराउन असहज नहुने देखिन्छ । यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपालको मधेस आन्दोलनका कारणले संघीयता मुद्दा संविधानसभामा स्थापित भएको थियो ।

‘अहिले सबै संघीयता पक्षधरको गठबन्धन र एकता हुनुले अब नेपालको शासन एक विचारले मात्र लामो समयसम्म गर्न सक्ने आधार बनेको छ’, स्रोतले भन्यो,‘गठबन्धन भएका पार्टी र नेतृत्वको आन्तरिक व्यवाहार पनि मिलेका कारणले यो सम्भव भएको हो ।’ आजको जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल
डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

काठमाडौं । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पि..

ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी
ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

काठमाडौं । पछिल्लो समय नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम..

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि
नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्..

पूर्वयुवराज पारस प्रहरीको फन्दामा....
पूर्वयुवराज पारस प्रहरीको फन्दामा....

काठमाडौं । घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । ब..