अन्ततः व्यापारीसँग झुक्यो ओली सरकार, एक सातामै निर्णय फेरियो

नेपाल पाना प्रकाशित: २०७५-२-२३ गते | 19116 पटक हेरिएको
अन्ततः व्यापारीसँग झुक्यो ओली सरकार, एक सातामै निर्णय फेरियो

काठमाडौं । सुशासन र समृद्धिको कुरा गरिरहेको केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापारीसँग घुँडा टेकेको छ। प्रसंग हो बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णय । जसबाट सरकार पछि हटेको छ। व्यापारीको आन्दोलनपछि सरकारले अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने जनाएको छ। 

लगानीकर्ता र ब्रोकर कम्पनी कारोबार नै बन्द गरेर विरोधमा उत्रिएपछि अर्थ मन्त्रालयले पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्ने स्पषट पारेको हो । मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर लगाउनु भनेर आन्तरिक राजस्व विभागलाई पत्र पठाएको बताए।

सेयर बजारका लगानीकर्ताहरुले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै बुधबार धितोपत्र बोर्ड घेराउ गरेका थिए । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकरहरुको गएर कारोबार नै ठप्प पारेका थिए ।


घट्यो सूनको मुल्य, अति पुग्यो?
घट्यो सूनको मुल्य, अति पुग्यो?

काठमाडौं । आइतबार सूनको मुल्य घटेको छ । सूनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ६० हजार रुपैयाँ प्रतितोला रहेको सूनको मुल्य आइतबार ५९ हजार ड सय कायम गरि..

सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?
सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?

काठमाडौं । सूनको पछिल्लो समय पाँच वर्षयताकै महंगो भएको छ । शुक्रबार र शनिबार सूनको मुल्य प्रतितोला ६० हजार रुपैयाँ रहेको सूनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।..

५ सय प्रतिशतसम्म नाफा खाने कोरियन सपमा सिलबन्दी
५ सय प्रतिशतसम्म नाफा खाने कोरियन सपमा सिलबन्दी

काठमाडौं । उपभोक्ताबाट चर्को मुल्य लिएर व्यापक ठगी गर्दै आएको जमलको द कोरियन सपमा सिलबन्दी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य ल..

पशुपन्छी मन्त्रीले भने काठमाडौंमा राँगाँको मासु नखानुस्
पशुपन्छी मन्त्रीले भने काठमाडौंमा राँगाँको मासु नखानुस्

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले काठमाडौं उयपत्यकामा  हुने गरेको राँगाको मासु खान योग्य नरहेको बताएका छन् । काठमाडौं उपत्यकामा राँगाको मासु ध..