सर्बोच्चको आदेशलाई लत्याउँदै मन्त्री महासेठले गर्दैछन यस्तो खतरनाक खेल, प्रशासनको पनि मिलेमत्तो

नेपाल पाना प्रकाशित: २०७५-२-२४ गते | 9948 पटक हेरिएको
सर्बोच्चको आदेशलाई लत्याउँदै मन्त्री महासेठले गर्दैछन यस्तो खतरनाक खेल, प्रशासनको पनि मिलेमत्तो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कानून विपरित फेरि माल कमाउने योजना फेरि कार्यान्वयनमा ल्याएका छन् ।

सर्वोच्चको अन्तरिम आदेशलाई अवज्ञा गर्दै स्थानीय प्रशासनले निर्वाधरुपमा बढी भारवहन क्षमताका मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई मिलेमतोमा सञ्चालन गर्न दिएको छ ।

बीपी राजमार्गमा बढी भरवहन भएका सवारी साधनलाई रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २० गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठूला सवारीलाई रोक लगाएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत जेठ १३ मा बीपी राजमार्गमा ठूला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए । त्यसविरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

यातायात व्यवस्था विभागले बीपी राजमार्गमा बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आदेशअनुसार सूचना नै प्रकाशन गरेर मापदण्ड तोकी बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने यातायात व्यवस्था विभागले निर्णय गरेकामा कानुनविपरीत भएको भन्दै रिट परेको हो । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधन ह्लिवेस चार हजार दुइसय २५ एमएमको चालकसहित ३२ सिट भएको विहान ५ देखि बेलुका ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभागले मालबाहक सवारी साधनमा समेत ६ टन भारवहन क्षमता वृद्धि गरी चल्न दिने निर्णय गरेको छ । मालवाहक सवारी जिभिडव्लु ९कुल वजन० १६२०० किलो ९१६।२ टन० ह्लिवेस चार हजार दुइसय २५ एमएमसम्मका सवारी साधन प्रति एक्सल भार १०।२ टन नबढ्ने गरी राति ९ देखि बिहान ५ बजेसम्मका लागि अनुमति दिएको थियो ।
अन्तरिम आदेश भएको चार दिन बित्दा समेत स्थानीय प्रशासनले जानकारी नभएको भन्दै निर्वाध बढी भारवहन क्षमता भएका सवारी साधन सञ्चालन गर्न दिएको छ । आधिकारिक पत्र प्राप्त नभएकाले बढी भारवहन क्षमताका सवारी साधनलाई रोक नलगाइको कामु प्रजिअ ज्ञानप्रसाद ढकालले बताए ।

सुनकोसी नदी आसपासमा खोलिएका क्रसर नेताको भएकाले उनलाइ दवाव भएको जानकारी प्राप्त भएको छ । बुधबार निर्वाध बढी भारवहन भएका सवारी साधन दिउँसो र राति सञ्चालनमा छन् । व्यवसायीका अनुसार प्रतिसवारी साधन एक हजार पाँच सयदेखि दुइ हजार पाँच सयसम्म लिने गरिएको छ । स्रोतका अनुसार दिउँसो र राति गरी बढी भारवहन क्षमताका दुई हजार सवारी साधन बीपी राजमार्गमा चल्ने गरेका छन् । यो समाचार तयार गर्दासम्म बढी भारवहन क्षमता भएका सयौं सवारी साधन राजमार्गमा निर्वाध सञ्चालन भइरहेका छन् ।

प्रजिअको आदेश अनुसार सवारी साधन सञ्चालनमा रोक नलगाएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए ।

स्थानीय दीपक मिश्रका अनुसार प्रशासनले अन्तरिम आदेशको पत्र लुकाएर रकम असुल गरि राजमार्गलाइ तहस नहस बनाउन खोजेको छ ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल
डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

काठमाडौं । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पि..

ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी
ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

काठमाडौं । पछिल्लो समय नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम..

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि
नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्..

पूर्वयुवराज पारस प्रहरीको फन्दामा....
पूर्वयुवराज पारस प्रहरीको फन्दामा....

काठमाडौं । घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । ब..