प्रचण्ड र माधवहरुलाई काउन्टर दिँदै ओलीले फेरि देखाए असली राष्ट्रवाद, नेकपामा खैलाबैला

नेपाल पाना प्रकाशित: २०७५-२-२५ गते | 365148 पटक हेरिएको
प्रचण्ड र माधवहरुलाई काउन्टर दिँदै ओलीले फेरि देखाए असली राष्ट्रवाद, नेकपामा खैलाबैला

काठमाडौं । संविधान संशोधनमा दबाब र भारतीय नाकाबन्दीविरुद्ध खरो रुपमा उत्रिँदै राष्ट्रवादी चरित्र देखाएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक राष्ट्रवादी अडान देखाएका छन् । उनले राष्ट्रवादी अडान एकीकृत पार्टीभित्रैबाट देखाएका हुन्। पार्टीभित्र रहेका भारतनिकट नेताहरुलाई काउन्टर दिँदै ओलीले यसको शुभारम्भ गरेका छन् । 

प्रसंग हो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको । केही दिनअघि पोखरा पुगेर प्रचण्डले राज्यको शासकीय स्वरुप नै फेर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा सबै दलको सहमति भइसकेको कुरा सार्वजनिक गरे ।   

तर, यो कुरामा प्रधानमन्त्री ओली सहमत छैनन्। किन सहमत छैनन भने अहिले जून संसदीय व्यवस्था छ यसमा जनसंख्या र भुगोललाई एक मानेर भोटिङ हुन्छ निर्वाचित भएर आउछन् । तर प्रत्यक्ष कार्यकारी निर्वाचित भएपछि भुगोलको कुनै अस्तित्व नै रहन्न। एउटा भोट मात्रै हुन्छ ।

जस्तो मनाङमा कम जनसंख्या छ त्यहाँबाट हरेकको भोट काउन्ट हुन्छ जितेर आउँछ।  तर, जस्तो मधेसको छ, यहाँको सर्लाही जिल्लामा १० लाख जनसंख्या छ, मनाङमा २ लाख छ। २ लाखले गर्ने भोट र १० लाखको भोट छ। जसले जहाँ जनसंख्या बढी त्यहाँ त्यसैको आधारमा भोटिङ हुन्छ। र जित्छ। जस्तो मधेसको एकजुट भएर भोट हाल्यो भने ठूलो प्रभाव पर्छ तर मनाङ मुस्ताङको हुन्न्, फरक पर्दैन ।

त्यसकारण यो भौगलिक र जनसंख्याका हिसाबले पनि गलत छ र दीर्घकालमा नराम्रो असर पर्छ भन्ने निष्कर्षका साथ ओली विपक्षमा उभिएका हुन्। 
अर्कोतर्फ ओलीले शासन व्यवस्थान फेर्ने कुरा भारतीयहरुको डिजाइन भएको र आफ्ना पार्टी नेताहरु प्रयोग भएको विश्लेषण गरेका छन्।

बालुवाटार निकट उच्च स्रोत भन्छ– ‘यहाँ प्रत्यक्ष कार्यकारी कार्यकारी व्यवस्था भएपछि सबैसँग डिल गर्न नपरोस । प्रधानमन्त्रीसँग उपप्रधानमन्त्रीसँग भन्दा एउटा मान्छेसँग हामीले डिल गर्यो भने पुग्छ भन्ने भावनाअनुसार भारतीयहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी लाद्न खोजका हुन भन्ने कुरा प्रधानमन्त्रीले थाहा पाउनुभएको छ। त्यसकारण पार्टीभित्र आफू एक्लो परेपछि स्वीकार गर्नुभएको छैन् ।’ स्रोतका अनुसार ओलीलाई पार्टीभित्र ईश्वर पोखरेलले साथ दिएका छन् ।
 
उता प्रचण्डको पक्षमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई लगायत रहेका छन् । यी नेताहरुलाई भारतनजिकको रुपमा चित्रण गर्दै ओलीले भिडेर जाने निष्कर्ष निकालेका छन् । यो कुरा थाहा पाएपछि नेकपाभित्र प्रचण्ड समूह आक्रोशित बनेको बुझिएको छ । 

यता भौगलिक हिसाबमा, जनसंख्याको हिसाबमा भारतको डिजाइनविरुद्ध प्रधानमन्त्रीले लिएको अडानमा कांग्रेसले पनि समर्थन गर्नसक्ने सम्भावना देखिएको छ। किनकी कांग्रेस पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा छ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..