गृहमन्त्रीलाई घरमै बोलाएर थर्काए प्रचण्डले, ठेकेदारको कारवाही रोक्न प्रमकै दबाब

नेपाल पाना प्रकाशित: २०७५-२-२५ गते | 88344 पटक हेरिएको
गृहमन्त्रीलाई घरमै बोलाएर थर्काए प्रचण्डले, ठेकेदारको कारवाही रोक्न प्रमकै दबाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलको सातो पाएका छन्। ‘कामचोर’ ठेकेदारहरूको सूची बनाएर  कारबाहीको तयारी थालेपछि प्रचण्डले गृहमन्त्री बादललाई आफ्नै निवास खुमलटारमा बोलाएर हप्काएका हुन्। बादललाई हप्काउनुको कारण प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारी काम नगर्ने ठेकेदारको सूचीमा दोस्रो नम्बरमा पर्नु। 

बादलले सूची तयार पारेर कारबाही थालेपछि धेरै शीर्ष नेताहरू तर्सिएका बेला आफ्नै पार्टीका अध्यक्षले ठग ठेकेदारहरूलाई कारबाही नगर्न दबाब दिएका हुन्। प्रचण्डले गृहमन्त्री थापालाई आफ्नै निवास खुमलटारमा बोलाएर ‘ठेकेदार शारदा अधिकारीलाई किन कारबाहीको सूचीमा राखेको ?’ भन्दै हप्काएको स्रोतले बतायो।

उनीनिकट उच्च स्रोतले भन्यो, ‘प्रचण्डज्यूले गृहमन्त्रीलाई बोलाएर सिंघम बन्न लागेको भन्दै ठेकेदार शारदा अधिकारीलाई कुनै पनि प्रकारको दवाव वा कारबाही नगर्न निर्देशन दिनुभएको छ ।’

गृहमन्त्री थापाले काठमाडौंको कलंकी–नागढुंगा सडकसहितका आयोजनाहरू ओगटेर काममा ढिलाइ गरिरहेका शैलुङ कन्ट्रक्सनका मालिक एवम् ठेकेदार अधिकारीलाई कारबाही गर्ने तयारी गरेपछि ‘प्रचण्ड’ले आक्रोशित भएका हुन् ।

‘तपाई पहिला रक्षामन्त्री हुँदा प्रधासेनापतिलाई नचलाउनुस् भन्दा मान्नुभएन । अन्टसन्ट काम गर्नुभयो । अहिलेफेरि शारदा अधिकारीलाई चलाउन थाल्नु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सिंघम बन्ने तयारीमा हुनुहुन्छ है ? अफ्ठेरो पर्ला है !’

प्रचण्डको कदममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समर्थन जनाएको बुझिएको छ। गृहमन्त्री थापाले तत्कालिन एमालेसँग आबद्ध थुप्रै ठेकेदारलाई कारवाही थालेपछि ओली पनि दबाबमा परेका थिए। उनले तत्कालिन माओवादीका नेता गृहमन्त्री थापालाई प्रचण्डमार्फत हप्काउन लगाएको बुझिएको छ।

गृहमन्त्री थापाले कामचोर ठेकेदारहरूको सूची तयार पारेर पक्राउ गर्नुका साथै कारबाही थालेपछि जनसमर्थन बढेको थियो । तर, राजनीतिक संरक्षणमा रहेका ठेकेदारहरूले गृहमन्त्री थापाको कार्यशैलीलाई रुचाएका छैनन् ।

अध्यक्ष दाहाल उनै ठेकेदार अधिकारीले उपलब्ध गराएको घरमा बस्दै आएका छन् । दाहाल बस्ने खुमलटार, ललितपुरको घर उनै ठेकेदार अधिकारीले दिएका हुन् । त्यति मात्रै होइन, ललितपुर मानभवनमा रहेको ठेकेदार अधिकारीको घरमा तत्कालीन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्ने गरेको थियो ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 
चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि एकीकृत पार्टी (नेकपा)को सबै मुख्य पद तत्कालिन एमालेका नेताको हातमा सुम्पेका छन्। ओलीले माओवादीतर्फबाट अर्का अध्यक..

प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?
प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?

काठमाडौं । पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले केपी शर्मा ओली नेतृत्वको सरकारले काम भन्दा पनि गफ मात्रै ठूलो गरिरहेकोमा असन्तुष्टि जनाएका छन्। प्रधानसेनापति पदमा पुष्पकमल द..

चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !
चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्रका प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको भन्दै भारतीय प्रधानमन्त्रीकाे भ्रमणका क्रममा अाएका भ..

रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 
रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 

चितवन । तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद सुरु भएको छ। हे..