देउवाले एकाएक किन गरे कांग्रेस भंग गर्ने कुरा ? 

नेपाल पाना प्रकाशित: २०७५-२-२५ गते | 6294 पटक हेरिएको
देउवाले एकाएक किन गरे कांग्रेस भंग गर्ने कुरा ? 

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भंग गर्ने चेतावनी दिएका छन्। भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने योजना बनाएको भन्दै उनले यसमा विरोध भए भंग गर्ने चेतावनी दिएका हुन्। 

शुक्रबार कैलाली जिल्लाको अधिवेशनमा पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताएका देउवाले कांग्रेसले अन्तरघातकै कारण कांग्रेसले २५ देखि ३० सिट गुमाएको विश्लेषण सुनाए। हारको मुख्य कारण अन्तरघात भएको भन्दै उनले उनीहरुलाई कारबाही गरिछाड्ने बताए । उनले भने, ‘यो देशमा अब मेरो एउटै काम छ, अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र म विश्राम लिन्छु ।’ कृष्णप्रसाद भटटराईको पालादेखि सुरु भएको अन्तरघात सदासदाका लगि अन्त्य गर्ने उनको दाबी छ ।

टिकट नपाउनासाथ पार्टीका उम्मेदवारलाई हराउन लाग्ने हो भने पार्टी अघि बढ्न नसक्ने उनको धारणा छ । उनले अघि भने, अनुशासनहीन काम गरेर पार्टीलाई नै हराउनेलाई कुनै हालतमा माफ गर्न सकिँदैन । यो अपराध हो । यस्ता अपराधीलाई कारबाही गर्छु ।’ अघि भने, ‘अन्याय भएको छ भने लड्ने आफ्नो ठाउँ छ । पार्टीलाई नै हराएर को बहादुर भएको छ ?’

कांग्रेस सभापति देउवाले अन्तरघातीलाई कारबाही नगर्ने हो भने पार्टी नै भंग गरिदिए हुने टिप्पणी गरे । ‘होइन भने पार्टी भंग गरिदिए हुन्छ । पार्टी चल्दैन’ उनले भने । पार्टी सदस्य भएर पनि भोट नहाल्नेहरु अपराधी हुन् भन्दै देउवाले  उनीहरुको सदस्यता खारेज गर्ने बताए ।


दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू
दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू

काठमाडौं । विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दि..

सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..

निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै
निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाले कञ्चनपुर साउन महिनादेखि शोकमा छ । बलात्कारी–हत्या पत्ता लगाउन देशभर आन्दोलन हुँदा पनि कम्युनिस्..

यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण
यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको घोषणा गरेका छन् ।..