नेकपाका सांसदले सभामुखलाई भातको खर्च कसले दिने भनेर सोधेपछि.....

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-२-२६ गते | 4076 पटक हेरिएको
नेकपाका सांसदले सभामुखलाई भातको खर्च कसले दिने भनेर सोधेपछि.....

काठमाडौं । नेकपाका सांसद खगराज अधिकारीले संसद् सचिवालयले आफूहरूलाई दिएको तालिममा खुवाइएको खाना कसको खर्चबाट बेहोरिएको हो भन्दै सभामुखसँग जानकारी मागेका छन् ।

नेमकिपाका सांसद प्रेम सुवालले नियमावली संशोधनकर्ताको हैसियतले रोस्ट्रममा बोलिरहँदा अधिकारीले नियमापत्ति जनाउँदै ‘संसदीय प्रक्रियाको जानकारीमूलक कार्यक्रम’ मा खुवाइएको खानाबारे आफू प्रस्ट हुन चाहेको बताए ।

‘माननीय प्रेम सुवालले जुन कुरा बोलिरहनुभएको छ । यो गम्भीर प्रश्न हो । हामी हिजो प्रशिक्षणमा सहभागी भयौं,’ उनले भने, ‘यो सबै खर्च संसदको आफ्नै हो कि, गैरसरकारी संस्थाबाट १७ सय रुपैयाँको भात खाएका हौं रु हामी प्रस्ट हुन जरुरी छ ।’

राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० ले बुधबार र बिहीबार प्रतिव्यक्ति १ हजार ६ सय ९५ रुपैयाँ खर्चेर सांसदहरूलाई प्रशिक्षणका साथै खाना पनि खुवाएको थियो । सुवालले उठाएको कुरा सही हो भने प्रशिक्षणमा सहभागी सांसद आत्मआलोचित हुनुपर्ने अधिकारीले बताए । यस विषयमा रुलिङ गरिदिन उनले माग गरे । सभामुख कृष्णबहादुर महराले अधिकारीले उठाएको विषयलाई आफूले गम्भीर रूपमा लिएको बताए ।

सांसद सुवालले संसद्लाई जनताप्रति जवाफदेही बनाउन एनजीओरआईएनजीओलाई प्रवेश गराउन नहुने बताए । ‘संसद् सदस्यलाई यूएनडीपीको पैसामा प्रशिक्षण दिइयो भनेर विरोध भइरहेको छ । हाम्रो आफ्नै बजेट हुँदाहुँदै किन यस्तो भयो रु’ उनले भने, ‘मित्र देशको सहयोग हामीलाई आवश्यक छ । जलविद्युत्, सडक अन्य पूर्वाधार निर्माण गर्न बिनासर्त सहयोग लिनुपर्छ । सानो काम गर्न सहयोग आवश्यक छैन ।’ संसद्मा गाडीदेखि अन्य सामान खरिदमा समेत सहयोग लिएर लज्जित बनाइएको उनले बताए । सुवालले संसद्मा एनजीओ र आईएनजीओलाई प्रवेश दिनु हुँदैन भनेर संशोधन राखेका थिए ।
‘सार्वभौम संस्थामा कुनै पनि एनजीओ, आईएनजीओ, दातृ संस्थाको सहयोग लिनु हुँदैन,’ उनले भने, ‘जानकारीमूलक कार्यक्रम गर्नुपर्छ तर, सरकारको स्रोत साधनबाट गर्नुपर्छ ।’ विदेशीको पैसाले प्रशिक्षण लिएर लज्जाको विषय भएको उनले बताए । यस्ता कार्यक्रम गर्दा बजेट कहाँबाट आउने हो रु संसद् सदस्यहरूलाई अग्रिम जानकारी हुनुपर्ने उनले बताए ।

सरकारको आफ्नै बजेट हुँदाहुँदै पनि यूएनडीपीको खर्चमा तालिम सञ्चालन भएको समाचार कान्तिपुरमा प्रकाशित भएपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारकै खर्चमा कार्यक्रम गरिएको भन्दै ढाकछोप गरेका थिए । सभामुखले सांसदलाई वितरण गरिएको झोलामात्रै यूएनडीपीले दिएको बताएका थिए । ‘सभामुखले यूएनडीपीको खर्चमा प्रशिक्षण भएको हो भन्नसमेत सक्नुभएन । हामी दुस्खित छौं,’ यूएनडीपीका एक उच्च अधिकारीले भने, ‘हामी कुनै दाता होइनौं । सरकारकै सहयोगी अंग हौं ।’ यूएनडीपीले संसद्मा १० वर्षदेखि ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’ चलाएर सहयोग गरिरहेको जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल
डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

काठमाडौं । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पि..

ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी
ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

काठमाडौं । पछिल्लो समय नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम..

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि
नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्..

पूर्वयुवराज पारस प्रहरीको फन्दामा....
पूर्वयुवराज पारस प्रहरीको फन्दामा....

काठमाडौं । घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । ब..