गुण्डा पाल्ने नवीनालाई विश्वप्रकाशले दिए ठाडो उठ्नै नसक्नेगरी दनक

नेपाल पाना प्रकाशित: २०७५-२-२६ गते | 388373 पटक हेरिएको
गुण्डा पाल्ने नवीनालाई विश्वप्रकाशले दिए ठाडो उठ्नै नसक्नेगरी दनक

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाकी सांसद एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामालाई काउन्टर अट्याक गरेका छन्। गुण्डा पठाएर पत्रकार धम्क्याएको खबर सार्वजनिक भएपछि शर्माले नवीनाको कदम निन्दनीय रहेको टिप्पणी गरेका छन्। 

उनले सांसद भइसकेको व्यक्तिबाट कार्यालयमा गुण्डा पठाएर पत्रकारलाई धम्क्याउने कुरा सभ्य समाजमा नसुहाउने भन्दै संयमित अभिव्यक्ति राख्न र आलोचना सुन्ने धैर्य बढाउन सुझाव समेत दिएका छन्। 

उनले ट्वीटरमा लेखेका छन्– ‘कुनै समाचार चित्त नबुझे खण्डन गर्ने गराउने निस्चित प्रक्रिया हुन्छन् र छन् । फोन, धम्की या कार्यालयमा हुलहुज्जत सभ्य समाजमा सुहाउन्न । ‘हाम्रा कुरा’प्रतिको ब्यवहार निन्दनीय छ । संयमित अभिव्यक्ति राखौं,आलोचना सुन्ने धैर्य बढाऔं । प्रेस स्वतन्त्रताको मर्यादा हामी सबैको कर्तव्य हो ।’

नवीनाले पेट्रोलियम पदार्थ वृद्धि विरुद्ध नबोलेको भन्दै चर्काे आलोचना भएपछि हाम्रा कुरा अनलाइन पत्रिकाले समाचार प्रकाशित गरेको थियो। सोही समाचारलाई लिएर नवीनाले कार्यालयमै अनेरास्ववियु सम्बद्ध केही गुण्डा पठाएर धम्क्याउन लगाएकी थिइन्। यो कदमको चौतर्फी विरोध भइरहेको छ। 


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..