नविनाको दादागिरीविरुद्ध उत्रिए गगन थापा, चकनाचुर पारे सत्ता घमण्ड!

नेपाल पाना प्रकाशित: २०७५-२-२७ गते | 330357 पटक हेरिएको
नविनाको दादागिरीविरुद्ध उत्रिए गगन थापा, चकनाचुर पारे सत्ता घमण्ड!

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले नविना लामाले देखाएको दादागिरी व्यवहारको कडा शब्दमा आलोचना गरेका छन्। एमालेका तर्फबाट समानुपातिक सांसद समेत रहेकी नविनालाई सांसदको पदीय मर्यादा र गरिमालाई ख्याल गर्न सचेत समेत गराएका छन्। 

आइतबार नेपाल पानासँग कुरा गर्दै नेता थापाले लोकतन्त्रमा सत्ताको घमण्ड देखाउँदै गुण्डा लगाएर पत्रकार धम्क्याउने विषय गम्भीर भएको बताए। ‘माननीय नविना लामाले पत्रकारलाई गुण्डा लगाएर धम्क्याएको सुन्नमा आएको छ। यो एउटा सांसदले गर्न त के सोच्नसक्ने विषय पनि होइन। सांसद भइसकेपछि संविधान, कानूनी प्रक्रिया र लोकतान्त्रिक विधिलाई ख्याल गर्नुपर्छ। समाचारमा चित्त नबुझे वैधानिक बाटोबाट समाधान खोज्न सकिन्छ’, उनले भने– ‘सत्ताको मातमा यसरी सिधै पत्रकार धम्याउनु ठिक होइन। म उहाँलाई पदको मर्यादा कायम राख्न भन्छु। कुनैपनि सांसदले सत्ताको आडमा कानूनविपरित हिड्ने, जे पनि गर्ने अधिकार छैन्।’

गगनले यसरी पदीय मर्यादा सम्झाएर नविनाको सत्ता घमण्ड तोडेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नबोलेको भन्दै नविनाको चर्काे आलोचना भएपछि हाम्रा कुरा डटकम अनलाइनले समाचार प्रकाशित गरेको थियो। उक्त समाचारको विषयलाई लिएर नविनाले हाम्रा कुराको कार्यालयमै अनेरास्ववियुमा आबद्ध केही गुण्डा पठाएर धम्की दिएकी थिइन्। उनले समाचार नहटाए ठिक नहुने चेतावनी दिएकी छिन्। जसको पत्रकार महासंघले पनि निन्दा गरिसकेको छ। साथै सर्वत्र आलोचना भइरहेको छ। 

यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि नविनालाई आलोचना सुन्ने बानीको विकास गर्न र धर्य गर्न आग्रह गरेका थिए। उनले सांसद भएर धम्क्याउने कुरा अशोभनिय भन्दै आलोचना गरेका थिए। 

अघिल्लो देउवा सरकारले एक पटक मूल्य वृद्धि गर्दा सडकमा उत्रिएर कोलाहल मच्चाउने नविना ओली सरकारले ५ पटक वृद्धि गर्दा अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजना भएको भनी बचाउमा उत्रिएपछि चौतर्फी विरोध भइरहेको छ। आफूले गर्दा ठिक अरुले गर्दा बेठिक हुने भन्दै उनी आलोचनाको तारो बन्न पुगेकी छिन्। 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल
ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !
प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ । स्थानीय निर्वाचनमा बिबादित रहेको&n..

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !
बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !

काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् । स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्..

नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !
नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध..