दक्षिण र उत्तर कोरियाबीच पहिलोपटक नयाँ सहमति

नेपाल पाना प्रकाशित: २०७४-९-२५ गते | 1342 पटक हेरिएको
दक्षिण र उत्तर कोरियाबीच पहिलोपटक नयाँ सहमति

काठमाडौं। आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडी तथा समर्थक पठाउन उत्तर कोरिया सहमत भएको छ । दुई कोरियाका उच्च अधिकारीबीच मंगलबार बिहान भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाउने बताएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

दक्षिण कोरियाको प्रस्तावमा पान्मुन्जोम गाउँस्थित पिस हाउसमा दुई देशबीच वार्ता भएको हो । पछिल्लो दुई वर्षमा दुई कोरियाबीच भएको यो पहिलो उच्चस्तरीय वार्ता हो । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियासँग सम्बन्ध सु्धार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए ।

त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै दुई कोरियाबिच पछिल्लो दुई वर्षमा पहिलो पटक छलफल भएको हो ।

दुई कोरियाबीच यसअघि सन् २०१५ मा वार्ता भएको थियो । त्यसयता उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको थियो । यो वार्ताले दुई कोरियाबिचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


ट्रक दुर्घटनामा १९को मृत्यु, ११ घाइते
ट्रक दुर्घटनामा १९को मृत्यु, ११ घाइते

काठमाडौं । टर्कीको पश्चिमी प्रान्त इज्मीरमा ट्रक दुर्घटनामा १९ जनाको ज्यान गएको छ । आप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको र  ११ जना घाइते भएका अन्तर..

न्यायधिश पत्निलाई सुरक्षाकर्मीद्धारा गोली प्रहार, अवस्था नाजुक
न्यायधिश पत्निलाई सुरक्षाकर्मीद्धारा गोली प्रहार, अवस्था नाजुक

काठमाडौं । भारतमा न्यायधिशको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले न्यायधिशकी पत्नि र छोरालाई गोली हानेका छन् । भारतको भारतको गुरुग्राममा न्यायाधीशको सुरक्षामा खटिएको एक सुरक्..

 भारतमा प्राकृतिक प्रकोप, २१ जनाको मृत्यु, ४ बेपत्ता
 भारतमा प्राकृतिक प्रकोप, २१ जनाको मृत्यु, ४ बेपत्ता

काठमाडौं ।  भारतमा आँधी आउँदा २१ जनाको मृत्यु भएको छ । भारतको उडिसा राज्यमा आएको आँधीका कारण २१ जनाको मृत्यु भएको र ४ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जानकार..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की!
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की!

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई इमेलमार्फत् ज्यान मार्ने धम्की दिइएको हो । उनलाई दिइएको ज्यान मार्ने धम्की दिल्ली प्रहरीक..