प्रचण्डसँग झुकेनन गृहमन्त्री थापा, घरबेटी ठेकेदारमाथि कारवाही अघि बढ्यो

नेपाल पाना प्रकाशित: २०७५-२-२८ गते | 7746 पटक हेरिएको
प्रचण्डसँग झुकेनन गृहमन्त्री थापा, घरबेटी ठेकेदारमाथि कारवाही अघि बढ्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदा अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कारबाहीमा पर्ने भएको छ । सो कम्पनीको सूची गृहमन्त्रालयमा पुगेको छ ।

भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । भक्तपुर प्रशासनले अधिकारीसहित समयमा काम सम्पन्न नगर्ने १० आयोजनाका छ ।

अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो ।

ठेकेदार अधिकारीले नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएका छन् । गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले दवाव दिएर अधिकारीलाई कारबाही नगर्न यसअघि नै दवाव दिएको समाचार दैनिक नेपालले सार्वजनिक गरिसकेको छ ।

चार वर्षमा ३ पटक म्याद थपे पनि ४३ प्रतिशत मात्रै काम सकिएको छ । तेस्रोपटक थपिएको म्याद पन यिहि असार मसान्तमा सकिँदै छ ।
गृह मन्त्रालयले समयमै विकास निर्माणका काम सम्पन्न नगर्ने कम्पनीहरूको नाम पठाउन निर्देशन दिएपछि प्रशासन कार्यालयले यो विवरण पठाएको हो ।

ठेकेदारले समयमा काम नसक्दा सडकमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण विदेशी पर्यटकसहित यात्रुले कष्टपूर्ण यात्रा गर्नुपरेको छ ।

प्रशासनले डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भक्तपुर र चाागु नारायण नगरपालिका अन्तर्गतका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेकोले कारवाहीको लागि गृहमा सिफारिस गरेको हो ।

भक्तपुर प्रशासनले निर्माण व्यवसायी दीपक राना मगरको लोहनी एण्ड ब्रदर्श(लालीगुराास निर्माण सेवा जेभीले ठेक्का लिएका तीनवटा योजना समयमा पूरा नभएको विवरण गृहलाई पठाएको छ ।

त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले दुईवटा योजना समयमा नसकेको पाइएको छ ।

विष्णु लामाको वल्र्डवाइड–विष्णु जेभी कन्स्ट्रसकन र सञ्जीव शाहको शाह इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सनले एक–एकवटा योजना ओगटेर समयमा सम्पन्न गरेका छैनन् ।

श्यामकुमार श्रेष्ठसहित तीनजनाका कम्पनीले मनोहरा पुल–इन्द्रायणी सााखु सडक योजना अलपत्र पारेको प्रशासनको विवरणमा छ ।


ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा
ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा

जुम्ला । संघीय सरकारले आवश्यक ऐन कानून नबनाउँदा प्रदेश सरकार अन्योलमा परेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् । संघमा रहेको प्रधानम..

चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते
चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते

चितवन – इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्..

दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू
दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू

काठमाडौं । विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दि..

सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..