कम्युनिस्टले जबरजस्ती गरे कांग्रेसले असली पावर देखाउने, डराए ओली–प्रचण्ड

नेपाल पाना प्रकाशित: २०७५-२-२८ गते | 12511 पटक हेरिएको
कम्युनिस्टले जबरजस्ती गरे कांग्रेसले असली पावर देखाउने, डराए ओली–प्रचण्ड

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानको व्यवस्थाअनुसार नेपाल कम्युनिस्ट पार्टीले सभामुख वा उपसभामुखमध्ये एक पद छाड्नुपर्ने दाबी दोहो¥याएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पदभन्दा पनि कांग्रेस संविधान कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । उनले भने, ‘कांग्रेसलाई पद चाहिएको होइन । संविधानको व्यवस्थाअनुसार काम होस् भन्ने चाहन्छ ।’ पौडेलले कांग्रेस यो अडानबाट कुनै पनि हालतमा पछाडि नहट्ने चेतावनी दिए ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सभामुख वा उपसभामुख पद संविधानमा भएको व्यवस्थाअनुसार नेकपाले एक पद छाड्नुपर्ने बताए । ‘संसदमा कांग्रेस बहुमत छैन’, उनले भने, ‘बहुमत छैन भन्दैमा संवैधानिक व्यवस्थालाई नेकपाले उल्लंघन गर्न पाइँदैन । बरु कांग्रेसले नपाए पनि केही छैन । अर्को फरक दलले पाउनुपर्छ ।’

संविधानमा एउटै दलको व्यक्ति सभामुख र उपसभामुख हुने व्यवस्था नरहेको बताएका कांग्रेस नेता पौडेलले संघीय संसद र प्रदेश संसदमा त्यही व्यवस्था लागू हुने बताए । सभामुखमा तत्कालीन माओवादीका नेता कृष्णबहादुर महरा र उपसभामुखमा माओवादी तथा राष्ट्रिय सभामा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा माओवादीका तर्फबाट रहेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दल बनेपछि कांग्रेसले सभामुख र उपसभामुखमध्ये एक पदमा दावी पेश गर्दै आएको छ ।

यद्यपि, नेकपाले सभामुख र उपसभामुख स्वतन्त्र व्यक्ति भएका कारण कुनैपनि पद नछाड्ने अडान राख्दै आएको छ । कांग्रेसले अडान झन् बलियो बनाउँदै लगेपछि नेकपाले पनि सो विषयमा प्रमुख नेताहरूसँग आन्तरिक रुपमा परामर्श गर्दै आएको छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


कांग्रेसले उठायाे यस्ताे मुद्दा, कम्युनिष्ट सरकारकाे हल्लियाे शासन सत्ता
कांग्रेसले उठायाे यस्ताे मुद्दा, कम्युनिष्ट सरकारकाे हल्लियाे शासन सत्ता

विराटनगर । नेपाली कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले नेपाली जनताले चाहेकाे कुरालार्इ पार्टीले मुद्दा बनाएर उठाउने बताएका छन्। उनले हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो ज..

अाेली सरकारकाे यसरी हुँदैछ कन्तविजाेक, महिला नै अर्धनग्न भएर नयाँ एेन विरुद्ध उत्रिए
अाेली सरकारकाे यसरी हुँदैछ कन्तविजाेक, महिला नै अर्धनग्न भएर नयाँ एेन विरुद्ध उत्रिए

काठमाडौँ – बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर..

प्रचण्डपछि ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवा पक्राउ
प्रचण्डपछि ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवा पक्राउ

काठमाडौं । प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने आधा दर्जन युवालार्इ प्रहरीले पक्राउ गरेकाे छ। प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्री..

अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसकारण गरे यी प्रेमीले हत्या
अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसकारण गरे यी प्रेमीले हत्या

मोरङ । मोरङमा एक युवकले डेटिङमा बोलाएर आफ्नो प्रेमिकालाई बिभत्स तरिकाले हत्या गरेका छन् ।   जिल्लाको ग्रामथान गाँउपालिका ५ सिद्राहाका ३० वर्षिय दिनेश भट्टराईले उनको प..