रेल र पानी जहाज चलाउने नाममा ओलीले यसरी गर्दैछन् राष्ट्रघात, भीम रावलले सचेत गराए

नेपाल पाना प्रकाशित: २०७५-२-२८ गते | 238260 पटक हेरिएको
रेल र पानी जहाज चलाउने नाममा ओलीले यसरी गर्दैछन् राष्ट्रघात, भीम रावलले सचेत गराए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले रेल र पानी जहाज आवश्यक नरहेको बताएका छन्। ‘जसरी सरकारले अहिले भारत र चीनबाट रेल ल्याउने भनेको छ, कोशीमा पानी जहाज चलाउने भनेको छ। यो देशको हितमा छैन’, मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा रावलले भने।

रेल र पानी जहाज बनाउने नाममा चुनाव जितेर बहुमतको शक्तिशाली सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिँदै रावलले यथार्थ बोलेका हुन्। उनले रेल र पानी जहाज चलाउने नाममा प्रधानमन्त्री ओलीले राष्ट्रघात गरिरहेको संकेत गर्दै सचेत समेत गराए। 

‘नयाँ जुन रेलमार्गको कुरा आइराखेको छ, मैले यसलाई कसरी बुझेको छु भने धमाधम चीनका रेल नेपालमा आउने, भारतसँग बनाए भारतका रेल आउने, यदि यस्तो हो भने यो रेलमार्ग नल्याए पनि हुन्छ’, उनले भने– ‘बाटो चाहिँ बनाइदिने हो, प्राविधिक सहयोग गर्ने हो । रेल नेपालको चलाउने हो ।’

उनले अगाडि थपे– ‘सीमाना सीमानामा भारतको रेल आउँछ भने त्यो नेपालको हितमा छैन । यो बन्द गर्नुपर्छ । जलमार्ग पनि भारतका स्टिमर ल्याएर कोशीमा चलाउने हो भने काम छैन । बन्द गरिदिए हुन्छ।’

उनले पहाडमा रेल चलाउनका लागि पूँजी सहयोग गरेमात्रै स्वीकार्न सकिने अन्यथा सीमानामा रेल चलाउनु देशका लागि हितकर नभएको स्पष्ट पारे। ‘हामीलाई चाहिएको के हो भने हामीलाई पुँजी दिनुपर्‍यो । हामीलाई सहयोग गर्नुपर्‍यो । हाम्रा पहाडमा यातायातका साधन नभएका ठाउँमा नेपालको रेल चल्नुपर्‍यो’, उनले सरकारलाई सुझाव दिँदै भने– ‘म यस कुरामा सहमत छु कि सम्बन्ध राम्रो भयो भने कहिलेकाहीँ मालबाहक रेल, पर्यटक बोकेका रेल चीनकै पनि यहाँ आउन सक्छन् । त्यसका लागि कानूनी फ्रेमवर्कको काम आजैदेखि हुनुपर्छ।’

उनले आसन्न चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई पहिले गरेका सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गरे। उनले चीनको विश्वास नगुमाउन ओलीलाई सचेत समेत गराए। 


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..