राजपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले गरे खतरनाक ‘सहमति’, जुन देउवाले मानेका थिएनन्

नेपाल पाना प्रकाशित: २०७५-२-२९ गते | 326491 पटक हेरिएको
राजपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले गरे खतरनाक ‘सहमति’, जुन देउवाले मानेका थिएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन गम्भीर कदम चालेका छन्। ओलीले टीकापुर घटनामा मुख्य योजनाकार रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ खुवाउने तयारी गरेर राजपालाई सरकारमा ल्याउने कसरत थालेका हुन्। 

बालुवाटार निकट उच्च स्रोतका अनुसार संविधान संशोधन मुद्दासहित संघीय समाजवादी फोरम सरकारमा सहभागी भइसकेको र राजपाले 'रेशम चौधरीको सपथ गराइदिनुस हामी सरकारमा आउँछौं' भनेकाले ओलीले राजपालाई सरकारमा ल्याउन चौधरीको सपथको तयारी थालेका हुन्। उनले चौधरीको सपथको वातावरण बनाइदिने भनेर राजपाका नेतासँग आन्तरिक सहमति समेत गरिसकेका छन्। चौधरीको सपथ सुनिश्चित गराउन पनि ओलीको दल नेकपा फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने अडानबाट पछि हटेको थियो। निलम्बन शब्द हटाएर संसद नियमावली गर्न ओली तयार भएका थिए। 

रेशम चौधरी टीकापुरमा २ वर्षअघि नेपाल प्रहरीका एसएसपी र नाबालकसहित ७ जनाको हत्या गरिएको घटनाका मुख्य योजनाकार हुन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ बाट उनी राजपाको उम्मेदवार भई अत्यधिक मतले विजयी भएका थिए। विजय भएपछि दुई वर्षदेखि फरार उनले अदालतमा आत्मसमर्पण गरेका थिए। उनी अहिले जेलमा छन्। 

टीकापुर घटनाका पीडित परिवारले चौधरीलाई उन्मुक्ति नदिन बारम्बार अनुरोध गर्दै आएका छन्। आफ्नो आशुमा राजनीतिक नगर्न उनीहरुले आग्रह गर्दै हत्यारालाई कारवाही गरी न्याय दिन माग गर्दै आएका छन्। पीडित परिवारको न्याय याचनापछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई सपथ गराएका थिएनन्। चौधरी निर्वाचित हुँदा देउवा प्रधानमन्त्री थिए। एकै ठाउँका (सुदूरपश्चिम) भएपनि उनले सपथ गराएनन्। तर, देउवालाई विस्थापित गर्दै प्रधानमन्त्ती बनेका ओलीले बहुमतको सरकार हुँदाहुँदै राजपालाई सरकारमा सहभागी गराउन हत्या जस्तो जघन्य अपराधका मुख्य योजनाकारलाई सपथ दिलाएर पुरस्कार दिने प्रपञ्चमा लागेका छन्। 

चौधरीको सपथ हुनेवित्तिकै सरकारमा जान्छौं : राजपा

यता राजपाका महासचिव केशव झाले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने उनले जिकिर गरे। नेता झाले यही आउने बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथ ग्रहण भए त्यसको एक–दुई दिनभित्रै पार्टी सरकारमा जाने दोहोर्याए। 

‘सरकारमा जान हामीलाई कुनै आपत्ति छैन, प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारका मन्त्रीहरुले पनि सकारात्मक प्रयत्न गरिरहनुभएको छ, म फेरि पनि दोहोर्याएर भन्छु हाम्रो पार्टीका सांसद रेशम चौधरीको सपथको वातावरण बन्यो र संविधान संशोधनमा सहमति भयो भने हामी सरकारमा जान्छौं’, उनले स्पष्ट पारे।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल
ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !
प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ । स्थानीय निर्वाचनमा बिबादित रहेको&n..

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !
बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !

काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् । स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्..

नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !
नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध..