गगनले गरे प्रधानमन्त्रीको भण्डाफोर, पोल खुलेपछि बालुवाटार ९ रेक्टरको भुइँचालो !

नेपाल पाना प्रकाशित: २०७५-२-२९ गते | 26453 पटक हेरिएको
गगनले गरे प्रधानमन्त्रीको भण्डाफोर, पोल खुलेपछि बालुवाटार ९ रेक्टरको भुइँचालो !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघीयताका लागि पूर्वराजा नभई प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा ठूलो खतरा भएको खुलासा गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने ड्युटी कांग्रेसको भएको उनको भनाई छ। 

नेविसंघ काठमाडौंको भेलालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीलाई संघीयता नै मन नपरेको दाबी गरे । यो व्यवस्थालाई ठूलो खतरा को बाट छ भन्ने प्रश्न गर्दै उनले भने, ‘पूर्वराजाबारे टिप्पणी गर्न आश्वयक ठान्दिनँ । नागरिक भएर बस्नु भएको छ, आफ्नो स्वतन्त्रता प्रयोग गर्नु भएको छ । स्वतन्त्र नागरिकले उपयोग गर्ने अधिकार प्रयोग गर्ने छुट पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि छ । विप्लव माओवादीबाट पनि खतरा देखेको छैन। जनताबाट सबैभन्दा बढी मत प्राप्त गरेर दुई तिहाई बहुमतका साथमा जसले सरकार चलाइरहेको छ, व्यवस्थालाई ठूलो खतरा त्यहाँबाट छ।’

उनले प्रधानमन्त्री ओली नै कसरी संघीय व्यवस्थाका लागि खतरा हुने भन्ने उदाहरण सहित प्रष्ट पारे। पार्टीमा ३३ प्रतिशत महिला सहभागिता नभएको भन्दै गुनासो गर्न पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले ‘ट्याउँट्याउँ कराउने होइन’ भनेको सुनाउँदै थापाले भने, ‘यो संविधानको आधारभूत कुरालाई नै प्रधानमन्त्रीले स्वीकार नगरेको प्रमाण हो ।’

उनले संघीयता सबैभन्दा मन नपराउने चित्रबहादुर केसी नभई प्रधानमन्त्री ओली भएको दाबी गरे । उनले भने, नेपालमा सबैभन्दा संघीयता मन नपराउने मानिस दुर्भाग्यवश प्रधानमन्त्री केपी शर्मा ओली हो । चित्रबहादुर केसीले त बाहिर भन्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त संघीयता भन्ने व्यवस्था नै मन पर्दैन ।’

त्यही कारण प्रदेशको मन्त्री र मुख्यमन्त्रीले नै संघीयता कतैबाट लादिएको भन्न थालेको उनको दाबी छ । कांग्रेसकै कतिपय नेतालाई पनि संघीयता मन नपर्ने भन्दै उनले भने, ‘समावेशीता र संघीयताविरुद्ध बोल्ने अधिकार नागरिकलाई दिएको छ तर, नेपालको प्रधानमन्त्रीलाई यसबारे सोच्ने अधिकार पनि दिएको छैन ।’ प्रधानमन्त्रीलाई नै संघीयता, समावेशीता मन नपरेका कारण खतरामा पर्न सक्ने उनको विश्लेषण छ । कांग्रेस सशक्त रुपमा उभिए प्रधानमन्त्रीले चाहे पनि संघीयता र समावेशीताविरुद्ध केही गर्न नसक्ने उनले विश्वास गरे।

सरकारले संस्थाहरु बलियो बनाउनुपर्छ, कानुनबाट शासन गर्नुपर्छ भन्ने विश्वास नगरेको थापाको आरोप छ । ३० वर्षको स्थिर पञ्चायतले विकास गर्न नसकेको उदारहरण दिँदै उनले संस्थाहरु बलियो नभई विकास सम्भव नहुने बताए । कांग्रेस नेता थापाले राजश्व अनुसन्धानदेखि थुप्रै विभागलाई प्रधानमन्त्रीको मातहतमा लैजानु स्वभाविक भए पनि यसको मक्सद के हो बुझ्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले ‘अब स्थिरता भयो, संस्था, अड्डा अदालत केही काम लाग्दैन, काम गर्न सक्ने व्यक्ति म मात्र हो भन्ने सोच राखेका छन्, यो कस्तो संकेत हामीले समयमै बुझ्नुपर्छ।’ 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!
अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!

काठमाडाैँ । १ भदौ नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नांङ्गै प्रदर्शन गरेका छन् । ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागू गर, नत्र मुलुकी ऐन संशोधन गर र रा..

पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !
पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारको एकलौटी निर्णय र सर्वसत्तावादी रवैयाका कारण निजी क्षेत्र उपक्षेति हुन पुगेका छन्। उनले लगानीका लागि..

ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!
ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको एक निर्णयले उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्षले कुनै पद नपाउने उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष निराश भएका छन्। साउन २४ गते गरिएको एक नि..

विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!
विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!

काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले काे-काे संग चन्दा उठाएकाे गाेप्य कागजात प्रहरीले फेला पारेकाे छ। प्रकाण्ड एक..