कम्युनिष्ट सरकारले यसरी देखायो दम्भ, मन्त्रीको झुटको पर्दाफास गर्दा प्रेसमाथि डाठो हस्तक्षेप

नेपाल पाना प्रकाशित: २०७५-२-३० गते | 2697 पटक हेरिएको
कम्युनिष्ट सरकारले यसरी देखायो दम्भ, मन्त्रीको झुटको पर्दाफास गर्दा प्रेसमाथि डाठो हस्तक्षेप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुईतिहाई बहुमतको दभ्म सार्वजनिक रुपमै देखाउन थालेको छ। यसको पछिल्लो उदाहरण बनेको छ नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा रहेको ‘सिधा प्रश्न ?’ नामक बहस कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ठाडो आदेशमा बन्द हुनु। 

कार्यक्रम संचालनका क्रममा सञ्चारमन्त्री बाँस्कोटाले झुटो बोलेको रहस्य खुलेपछि उनले कार्यक्रम नै बन्द गरिदिएका हुन्। कार्यक्रम संचालक राजु थापाले मन्त्रीको आदेशमा कार्यक्रम बन्द भएको बताए । 

हुनत वर्तमान सञ्चारमन्त्री बाँस्कोटा पत्रकार नै हुन् । उनी अझैसम्म पनि नेपाल पत्रकार महासंघको सदस्य छन् । 

प्रश्न सोधेरै भरमा कार्यक्रम नै बन्द गर्ने हैसियतमा संचारमन्त्री पुगेका हुन् भने यो दुई तिहाइ सरकारले देखाएको दम्भ भएको समेत चर्चा चलेको छ । 

कार्यक्रम सञ्चालक थापाले कम्युनिस्ट सरकारका मन्त्रीहरुको दाइजोको प्रसंग उठाएपछि मन्त्री आक्रोशित हुँदै जाँदा अन्ततः कार्यक्रम नै बन्द भयो । 

भिडियो: 

मन्त्री बाँस्कोटासंगको कार्यक्रममा भएको चाहिँ के थियो त ?
मन्त्री – कम्युनिस्टको हुँदा चाहिँ के हुनुपर्ने तपाईँ बताइदिनु त मलाई।
सञ्चालक – तपाईँहरु त दाइजो विरोधी।
मन्त्री – दाइजो भनेर क–कसले राख्या छ ?
सञ्चालक – दाइजो भनेर नभने पनि श्रीमतीको विवाहमा आएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री – श्रीमतीको विवाहमा आएको रे ?
सञ्चालक – विवाहमा माइती पक्षले दिएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री – कति राख्या छ ?
सञ्चालक – तपाईँले १७ तोला त सुन राख्नुभा छ। ६० तोला चाँदी राख्नुभाछ।
मन्त्री – हो तर श्रीमतीको विवाहमा आएको भनेर मैले राख्या छैन।
सञ्चालक – माइतीबाट 
मन्त्री – छैन। तपाईँ झुट बोल्दै हुनुहुन्छ।
सञ्चालक – म तपाईँलाई देखाइदिउँ ?
मन्त्री – मसित झुट बोल्नुपर्दैन। चार पाँच तोला श्रीमतीबाट आए होला। हो ? १७ तोला
सञ्चालक – तपाईँको सम्पति विवरण मसँग छ सर ।
मन्त्री – ठीक छ, ल्याउनुस्। दुनियाँलाई देखाउन राखेको हो।
सञ्चालक – तपाईँको सम्पति विवरणमा ।
मन्त्री – ठीक छ, राख्नुस्।
सञ्चालक – १७ तोला सुन
मन्त्री – हो।
सञ्चालक – र ६० तोला चाँदी चाहिँ
मन्त्री – हो।
सञ्चालक – विवाहमा दिएको माइतीले भनेर लेख्नुभा छ।
मन्त्री – हो।
सञ्चालक –अघि हैन भन्नुभो।
मन्त्री – हो दिएको हो। तर सबै दिएको हैन।


ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा
ओली सरकारको निकम्मापनले प्रदेश सरकारलाई फसाद, प्रहरी र लोकसेवामा संघकै कब्जा

जुम्ला । संघीय सरकारले आवश्यक ऐन कानून नबनाउँदा प्रदेश सरकार अन्योलमा परेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् । संघमा रहेको प्रधानम..

चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते
चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते

चितवन – इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्..

दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू
दशैंमा टीका लगाइदिँदा कुन श्लोक उच्चारण गर्ने ? पढ्नुस् उत्तम श्लोकहरू

काठमाडौं । विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दि..

सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..