कम्युनिष्टको दादागिरीविरुद्ध उत्रियो कांग्रेस, नविना र सञ्चारमन्त्रीलाई अभिषेककाे काउन्टर

नेपाल पाना प्रकाशित: २०७५-२-३० गते | 141914 पटक हेरिएको
कम्युनिष्टको दादागिरीविरुद्ध उत्रियो कांग्रेस, नविना र सञ्चारमन्त्रीलाई अभिषेककाे काउन्टर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मिडियामाथि सेन्सर लगाउन खोज्ने सरकारको कदममा कडा आपत्ति जनाएको छ। कम्युनिष्ट सरकारले बहुमतको नाममा प्रेसविरुद्ध दादागिरी देखाएको भन्दै कांग्रेसका नेता तथा सांसद विरोधमा उत्रिएका हुन्। 

यसैक्रममा कांग्रेसका युवा नेता एवं सांसद अभिषेकप्रताप शाहले मिडियामाथि आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भन्दै प्रेसमाथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिएका छन्। नेकपाकी नेतृ एवं सांसद नविना लामाले गुण्डा लगाएर कार्यालयमै पुगेर पत्रकार धम्क्याउने तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो झुट पकडिदा टेलिभिजन कार्यक्रम नै बन्द गरिदिएपछि कांग्रेस नेता तथा सांसद आक्रोशित बनेका हुन्। बुधबार नेपालपानासँग कुरा गर्दै सांसद शाहले प्रेस स्वतन्त्रता र न्यायपालिकामा अकुंश लगाई सत्ता कब्बा गर्ने कम्युनिष्टहरुको उद्देश्य रहेको र यसबाट लोकतन्त्रको घाटी रट्ने प्रयास भइरहेको बताए। उनले यस्तो प्रयास नेपाली जनता, कांग्रेस र अन्तर्राष्ट्रिय जगतलाई स्वीकार्य नहुने चेतावनी दिए। ‘यस्तो प्रयासलाई भोलाभाला नेपाली जनताले कदापि हुन दिदैन’, उनले भने। 

उनले पत्रकार धम्क्याउनु र आफ्नो आलोचना हुँदा ठाडै सेन्सर लगाउनु संविधान विपरित भएको र यसका विरुद्ध कांग्रेसले संघर्ष गर्ने चेतावनी समेत दिए। 

यता नेपाल प्रेस युनियनले मन्त्री बास्कोटाले आफ्नो पोल खुलेपछि कार्यक्रम नै बन्द गर्न निर्देशन दिएपछि भत्सर्ना गरेको छ। 

युनियनको विज्ञप्तीको पूर्ण पाठ यस प्रकार रहेको छः

नेपाल टेलिभिजनमा विगत १२ बर्षदेखि प्रस्तोता राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रम 'सिधा प्रश्न' नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकार नियन्त्रित नेपाल टेलिभिजनमा केहि लोकप्रिय कार्यक्रम मध्ये रहेको थापाको'सिधा प्रश्न' प्रत्येक शनिवार राती ८ः४५ मा प्रसारण हुँदै आएको थियो। नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई 'सिधा प्रश्न' कार्यक्रम अब प्रसारण नुहने जानकारी मंगलवार गराएका थिए। मन्त्री वास्कोटासँग लिएको अन्तर्वार्ता पछि आफ्नो कार्यक्रम बन्द गर्ने आदेश आएको थापाले जनाएका छन्।
 
'सिधा प्रश्न' मा सम्पति विवरणका बारेमा प्रश्न उत्तर हुने क्रममा मन्त्री वास्कोटा कार्यक्रम प्रस्तोता थापासँग रिसाएका देखिएका थिए। सम्पति विवरणमा दाइजो सम्वन्धि प्रसङगमा अझ रिसाएका मन्त्री वास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिएपछि नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब आइन्दा कार्यक्रम प्रसारण नुहने जानकारी दिएका हुन्।
 
कार्यक्रम'सिधा प्रश्न'रोकिएको यो घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भए यता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको छ। पत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ। हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको छ। 

लोकतन्त्रमा हरेक नागरिकले जिम्मेवार निकायमा रहेकाहरुलाई प्रश्न सोध्ने हैसियत र तागत राख्छ भन्ने न्यूनतम ज्ञान समेत नरहेका वास्कोटाले प्रश्न नै गर्ने कर्म भएका एक जना पत्रकारलाई उनले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द गर्न आदेश दिनुले मन्त्री वास्कोटा सहित केपी ओली नेतृत्वको सरकारको नियत पनि उदाङगिएको छ। प्रश्न गर्ने जनताको प्रतिनिधी पात्रको रुपमा रहेका थापाले सञ्चालन गर्ने कार्यक्रम बन्द गराएर मन्त्री वास्कोटा र केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखाएको छ। यो घटनाले सरकार अधिनायकवादको यात्रातर्फ उद्यत भएको प्रष्ट भएको छ। 

केहि दिन अघी सरकारको नेतृत्व गरेको नेकपाकै सांसद नविना लामाले हाम्राकुरा डटकमको कार्यालयमा गुण्डाहरु पठाएर समाचार मेटाउन धम्की दिएको घटनापछि नेकपाकै नेता तथा मन्त्री वास्कोटाले सञ्चारकर्मीको 

कार्यक्रम वन्द गर्न गरेको ठाडो हस्तक्षेपले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर अवस्थामा पुगेको पुष्टी गरेको छ। आवरणमा लोकतन्त्र भएपनि सरकार निरंकुशतातर्फ अघी बढेको यि घटनाहरुले पुष्टी गरेको छ। आम सञ्चारकर्मीको अधिकार रक्षाका लागि समेत क्रियाशिल हुनुपर्ने मन्त्री आफै सञ्चारकर्मीको कार्यक्रम बन्द गर्न निर्देशन दिदै हिड्नुले 'जो अगुवा उही बाटो ...'जस्तो भएको छ। 

नेपाल प्रेस युनियन मन्त्री वास्कोटाले कार्यक्रम बन्द गर्न नेपाल टेलिभिजनलाई दिएको निर्देशनको घोर भत्सर्ना गर्दै तत्काल प्रस्तोता थापाको कार्यक्रम 'सिधा प्रश्न' सुचारु गर्न माग गर्दै आम सञ्चारकर्मीलाई स्वतन्त्र र भयरहित वातावरणमा सञ्चारकर्म गर्न पाउने वातावरण मिलाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा मन्त्रालय र सरोकारवाला निकायसँग जोडदार माग गर्दछ। 
धन्यवाद।

अजयबाबु शिवाकोटी
महासचिव 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल
ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !
प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ । स्थानीय निर्वाचनमा बिबादित रहेको&n..

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !
बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !

काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् । स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्..

नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !
नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध..