कांग्रेसले संसदमै लियाे प्रम ओलीको सातो, बचाउ गर्न नेकपाका सांसदको हारगुहार

नेपाल पाना प्रकाशित: २०७५-२-३० गते | 17581 पटक हेरिएको
कांग्रेसले संसदमै लियाे प्रम ओलीको सातो, बचाउ गर्न नेकपाका सांसदको हारगुहार

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानविपरित हिड्न खोजेको भन्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सातो लिएका छन्। 

संघीय संसदको बुधबारको बैठकको शुरुमै विशेष समय लिएर बोल्दै प्रमुख सचेतक खाँडले संविधानअनुसार संसदको सभामुख र उपसभामुख एउटै पार्टीको नहुने व्यवस्था भएको तर प्रधानमन्त्री ओलीको नेकपाले त्यसलाई उल्लंघन गरेको भन्दै आपत्ति जनाए। संविधान र कानुनी व्यवस्था कार्यान्वयन गर्नका लागि सभामुख वा उपसभामुखमध्ये एक अलग पार्टीको हुनुपर्नेमा जोड दिँदै उनले सभामुख र उपसभामुख भइसकेपछि राजीनामा दिए पनि त्यो दलत्याग नमानिने कानुनी व्यवस्थासमेत स्मरण गराए ।

‘सभामुख उपसभामुखको पदीय जिम्मेवारी सम्हाल्ने उद्देश्यका साथ यदि दल परित्याग गरियो भने दल परित्याग गरेको नमानिने राजनीतिक दल सम्बन्धी ऐनमै व्यवस्था छ । सभामुख र उपसभामुख महोदयको भूमिकालाई म उच्च कदर गर्दै कानुनी व्यवस्था कार्यन्वयन गर्न आग्रह गर्दछु’, उनले भने। 

खाँडले सभामुख र वा उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्छ भनेर प्रधानमन्त्री ओलीमाथि दबाब पार्न खोज्दा नेकपाका सांसदले बचाउका लागि संसदमै हारगुहार गरेका थिए। खाँड बोलिरहेकै बेला नेकपाका सांसद खगराज अधिकारीले आफ्नो पार्टी र अध्यक्षको बचाउ गर्न नियमापत्ति जनाएका थिए। तर, सभामुख कृष्ण महराले खाँड बोलिसकेपछि मात्र अधिकारीलाई समय दिए ।

नेकपा सांसद अधिकारीले सभामुख र उपसभामुख अहिले कुनै पनि दलसँग सम्बन्धित नभएकाले यो कुरा बारम्बार उठाउनुको अर्थ नरहेको बताए । अधिकारीले भने – सभामुख र उपसभामुख अहिले कुनै पनि दलमा आवद्ध हुनुहुन्न । बारम्बार उठाइरहँदा संसदको माखौल उडाउने काम भएको छ । यस्तो कुरा बन्द गरियोस् ।

कांग्रेस सांसद तेजुलाल चौधरीले संवैधानिक प्रश्न उठाउँदा सत्तापक्षले प्रतिवाद गर्नु दुई तिहाईको दम्भ प्रकट भएको बताए । उनले गलत कुरा तथा संविधानविरुद्धको विषयमा पार्टी नेतृत्वलाई जोगाउन सत्तारुढ सांसदले हारगुहार गरेको टिप्पणी समेत गरे। 

पछिल्लो समय सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने वा नपर्ने विषय संदमा प्रवेश गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर एउटै पार्टी बनेकाले सभामुख र उपसमुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान लागु गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

तत्कालीन माओवादीबाट निर्वाचित बनेका सभामुख कृष्णबहादुर महरा र तत्कालिन एमालेबाट निर्वाचित उपसभामुख शिवमाया तुम्बाहम्फेमध्ये एकजनाले राजीनामा दिनुपर्ने माग कांग्रेसले संसदमा राखेको छ । नेकपाले भने सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा दिइसकेकाले कांग्रेसको माग औचित्यहीन रहेको जवाफ दिँदै आएको छ।


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..