सर्वोच्चविरुद्ध जाने गोविन्द केसी भगवान होइनन्, दोषी पाइए जेल हाल्नुपर्छ

विभु कुमार प्रकाशित: २०७४-९-२५ गते | 3316 पटक हेरिएको
सर्वोच्चविरुद्ध जाने गोविन्द केसी भगवान होइनन्, दोषी पाइए जेल हाल्नुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहितका नेताहरूले सर्वोच्च अदालतका विरुद्ध प्रदर्शन र अभिव्यक्ति दिएर कानूनी शासनको खिल्ली उडाएको आरोप लागेको छ ।

बाबुराम भट्टराई, गगन थापा, रविन्द्र मिश्र जस्ता व्यक्तिहरू बिहानै सडकमा उत्रिएर न्यायालयविरुद्ध उत्रिनु ठीक होइन । उनीहरू राजनीतिक व्यक्ति हुन् । डा.गोविन्द केसीको पक्षमा केही समयका लागि समर्थन देखिएल । तर, त्यसले न्यायालयमाथिको विश्वासलाई झन् संकटमा पारिदिनेछ ।

सर्वोच्च अदालतले गरेको आदेश र फैसलाहरू त्रुटि हुन सक्छ । तर, सडकमा उत्रिएर सर्वोच्च अदालत जस्तो निकायको विरोध गर्नु आफैमा कानूनी शासनविरुद्ध रहेको टिप्पणी हुन थालेको हो । त्यसो भए आफूलाई चित्त नबुझेवित्तिकै विपक्षमा फैसला आउनेले अब सडकमा गएर आन्दोलन गर्नेछ । अनसन बस्नेछ । यही बाटो सिकाउन लागेका हुन् यी नेताहरूले ?

डा.गोविन्द केसीको पक्षमा सडकमा उत्रिएकाहरूले सर्वोच्च अदालतको यसरी मानमर्दन हुने गरेर अभिव्यक्ति दिनु कुनै पनि अवस्थामा राम्रो होइन भन्नेहरू धेरै देखिएका छन् । गोविन्द केसीलाई पक्राउ गर्नै नहुने जस्तो गरेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरू रंगिएका छन् । गोविन्द केसीको विरुद्धमा लेख्ने वा बोल्नेवित्तिकै कुटाइ खानुपर्ने अवस्था सिर्जना भएको छ ।

डा.गोविन्द केसीले उठाएका कतिपय मागहरू जायज छन् । उनको पक्षमा धेरै सर्वसाधारण होलान् । तर, उनै डा.गोविन्द केसीले सीमित मेडिकल माफियाको माग पूरा हुने गरेर नयाँ मेडिकल कलेजहरू खोल्न पाइन्न भन्ने मागलाई किन जोडतोडले उठाइ रहेका छन् ? डा.गोविन्द केसीले मेडिकल कलेजमा कति विद्यार्थीले पढ्न पाउने भनेर कोटा निर्धारण गर्न दवाव दिए । सोही दवावका कारण मेडिकल कलेजहरूमा कोटा निर्धारण भएको छ । त्यसको सिधामार विद्यार्थी र अभिभावकहरूलाई परेको छ ।

अहिलेको जमानामा नयाँ मेडिकल खोल्न दिनु हुँदैन भन्नु कत्ति पनि विज्ञानसम्मत छैन । मेडिकल कलेज जति धेरै खुल्यो त्यति धेरै प्रतिस्पर्धा हुन्छ । त्यसको फाइदा विद्यार्थी र अभिभावकलाई हुन्छ । धेरै मेडिकल कलेज खुल्यो भने गुणस्तर पढाइ हुँदैन भन्ने तर्क दिइन्छ । गुणस्तरीय शिक्षा दिन नसक्ने मेडिकल कलेजलाई नियमन गर्नुपर्छ ।

डा.गोविन्द केसीले राम्रा माग पनि उठाएका छन् । तर, त्यही मागका नाममा उनले जथाभावी गर्नु कदापि हुँदैन । त्रिवि शिक्षण अस्पतालको जागिरे चिकित्सक भएर डा.गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन लोकमान कार्कीलाई हटाउन माग गरेर अनशन बसे । मन्त्री हटाउनु प¥यो भनेर अनशन बस्लान् । भोलि प्रधानमन्त्री हटाएर मलाई प्रधानमन्त्री बनाइदिनु प¥यो भन्लान् । के ती सबै जाजय हुने छन् ?

सर्वोच्च अदालतका प्रधानमन्त्री न्यायाधीश गोपालप्रसाद पराजुली र उनको टिमले गरेको काम ठीक छैन भने त्यसलाई हेर्ने निकाय छ । विधि छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गरेका धेरै फैसलाहरू त्रुटिपूर्ण छन् भनेर सबैले भनेकै थिए । त्यसबेला यिनी डा.गोविन्द केसी किन अनसन बसेनन् । किन भने त्यस बेला सुशीला कार्कीले डा.गाविन्द केसी र उनको समूहको इच्छाअनुसारको फैसला गरिदिएकी थिइन् ।

अहिलेका प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको सुनेका छैनन् । उनले कानून र संविधान हेरेर धमाधम फैसला गरेका छन् । गोपाल पराजुलीको फैसला गर्ने आँटबाट केही समीमित व्यक्तिहरू डराएका छन् । ती डराएका व्यक्तिहरूले फेरि डा.गोविन्द केसीलाई उचालेर आफ्नो स्वार्थपूर्ति गर्न खोजेका छन् । डा.गोविन्द केसी संविधान र कानूनभन्दा माथि छैनन् । उनलाई राज्यको कुनै पनि निकायले कारबाही गर्न सक्छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई नेपाली कांग्रेस भनेर आक्षेप लगाइन्छ । सर्वोच्च अदालतमा एमालेको सांसद भइसकेको व्यक्ति न्यायाधीश भएको छ कि छैन ? एमालेको सक्रिय सदस्यता लिएको व्यक्ति न्यायाधीश भएको छ कि छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा दलीय भागण्डाका आधारमा सुशीला कार्कीले न्यायाधीश भर्ति गरेकी हुन् कि होइनन् ? कांग्रेस भएको आरोप गोपाल पराजुलीलाई मात्रै किन ? गोपालप्रसाद पराजुलीले गरेको फैसलामा कांग्रेस भनेर देखिएको छ र ?

गोपालप्रसाद पराजुलीले डा.गोविन्द केसीविरुद्धको अवहेलानासम्बन्धी निवेदन फाष्टट्रयाकबाट आदेश दिएको भनेर आरोप लगाइएको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले नवराज सिलवाललाई आईजीपी बनाउने विषयमा मन्त्रिपरिषदले गर्दै नगरेको निर्णय विरुद्ध बिहानै आदेश दिएको अहिले आएर किन भुल्ने ? नजिर त सुशीला कार्की कै छ । मन्त्रिपरिषदले आईजीपीमा नवराज सिलवाललाई बढुवा नगरेर जयबहादुर चन्दलाई गर्दै छ भनेर सोही बिहान रिट दायर गरेर मन्त्रिपरिषदको निर्णय आउनुभन्दा पहिला रोक्न सुशीला कार्कीले आदेश दिइएकी थिइन् । सोही कारण अहिले नवराज सिलवाल लुकेर हिँड्नु परेको छ ।

डा.गोविन्द केसीलाई पक्राउ गरेर अन्याय गरिएको हो । त्यसमा बहस गर्न सकिन्छ । अदालतको फैसला र आदेश गलत हुन सक्छ त्यसमा सम्बन्धित निकायमा बहस हुन सक्ला । तर, अदालतका विरुद्ध यसरी सडकमा उत्रिएर तथानाम गर्नु लोकतान्त्रिक मूल्यमान्यता भएको देशमा सुहाउँदैन । सर्वोच्च अदालतले जे गरेको छ गर्न दिनुपर्छ । उनको आदेश, फैसला र निर्णयप्रति कसैले पनि हस्तक्षेप गर्नु हुँदैन । सर्वोच्च अदालत ठीक छैन भने त्यसलाई कसरी ठेगान लगाउने हो कानूनी र संवैधानिक बाटो खोज्नुपर्छ ।


नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?
नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?

माननीय सांसद नवीना लामा ज्यू नमस्कार, कुशल रही कुशलताको कमना गर्दछु । तपाईंलाई सम्बोधन गरेर यो खुल्ला पत्र लेख्न धेरै दिनदेखि हिम्मत जुटाउन सकिरहेको थिएन तर आज हिम्मत..

प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।
प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।

आदरणीय प्रधानमन्त्री ज्यू, तपाईको जनकपुर आगमन र प्रदेश सभालाई सम्बोधन गर्ने खबर विभिन्न संचार माध्यमबाट अवगत भयो। प्रधानमन्त्रीको आगमन प्रदेशवासीको लागी हर्ष र उल्लासको विषय..

डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?
डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?

अादारणीय डा. गाेविन्द केसी ज्यू, डा. गाेविन्द केसी ज्यू तपाइकाे देशलार्इ अझैपनि खाँचाे रहेका छ। तपार्इ अगाडी अाएर देशमा रहेका बेथितिलार्इ ठिक पार्न सक्ने क्षमतावान हुनुहुन..

‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..